Monday, February 20, 2017

मधेशी मोर्चा द्धारा निर्वाचन विरुद्ध आन्दोलनको घोषणा

आउदो बुधवार मधेश बन्दको घोषणा

सरकारले सोमवार अवेर साझ घोषणा गरेको स्थानिय निकायको निर्वाचन मधेशी मोर्चाले बहिकार गर्ने निर्णय गर्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन । सोमवार साझ एकै दिनमा तेस्रो पटक बसेको मन्त्रीपरिषदको बैठकले आउदो ३१ बैशाखमा स्थानिय निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको बैठक पुर्व देखि नै तमलोपाको पार्टी कार्यलयमा सुरु भएको मोर्चाको बैठक सरकारको निर्णय सार्वजनिक भए संगै सकिए थियो । मोर्चाको बैठक पश्चात मधेशी नेताहरुका अनुसार मोर्चाले सरकारको निर्णय विरुद्ध भोली मधेशमा प्रर्दशन गर्ने र पर्सी ११ गते मधेश बन्दको घोषणा घोषणा गरेको छ । त्यस पछिको १५ दिनमा मधशका जिल्लाहरुमा भण्डाफोर कार्यक्रम गर्ने कार्यक्रम सार्वजनिक भएको मोर्चाको गरेको छ ।

सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार सविधान संशोधन विना सरकारले घोषणा गरेको निर्वाचनमा मोर्चा सहभागी नहुने र त्यसको विरुद्धमा आन्दोलनमा जाने मोर्चाले निर्णय गरेको छ । मधेशी मोर्चालेकै समर्थनमा बनेको माओवादी काग्रेसको सत्तागठवन्धनले मोर्चाको सहमती वेगर निर्वाचनको मिती घोषणा गरेको छ । यद्यपी आजै विहान पहिलो पटक बसेको मन्त्रीपरिषद बैठकले भोली देखि संसदमा सविधान संशोधन विद्येयक समेत अगाडी वढाउने निर्णय गरेको थियो । तर मोर्चा र संघिय गठवन्धनले सरकारले द्धारा प्रस्तुत गरिएको संशोधन विद्येयक अपुरो रहेको भन्दै परिमार्जन सहित पास हुनु पर्ने औपचारिक निर्णय गरेको थियो ।

पछिल्लो केहि दिन यता लागातार रुपमा मोर्चा र सतारुढ दलहरु विच यो विषयमा छलफलहरुचले पनि सहमती बनेको थिएन । मोर्चा पहिला सविधान संशोधन हुनु पर्नेमा अडान लिदै खाएका थिए भने सतापक्ष पहिला निर्वाचनको मिती घोषणा गर्ने र त्यस पछि संशोधन प्रस्ताव अगाडी वढाउने पक्षमा उभिदै आएका थिए । हिजो राती प्रधानमन्त्री र काग्रेस सभापति देउवाले अन्तिम पटक मोर्चाका चार जना अध्यक्षहरु निर्वाचनको सन्दर्भमा छलफल गरेका थिए ।
 
त्यस पछि सोमवार विहानै देखि राजनिती वृतमा निर्वाचनको मिती घोषणा हुने चर्चा छाएको थियो । यता हिजो देखि सुरु भएको मधेशी मोर्चाको बैठक पनि दिउसो अढाई वजे देखि नै तमलोपाको कार्यलयमा सुरु भएको थियो । अहिले साझ मन्त्रीपरिषदको बैठकले निर्वाचनको मिती औपचारिक रुपमा घोषणा गरे संगै मोर्चाले समेत आफनो विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका छन ।

No comments:

Post a Comment