Sunday, February 19, 2017

आन्तरिक रणनिती बनाउदै मधेशी मोर्चा

सरकार निर्वाचनको मिती घोषणाको अन्तिम कसरतमा जुटे पछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्तरिक रणनिती बनाउन व्यस्त देखिएका छन । शनिवार वालुवाटारमा सतारुढ घटकहरुलाई संशोधन विनाको निर्वाचनमा आफुहरु भाग नलिने वरु आन्दोलतमा जाने चेतावनी दिएको मोर्चाले औपचारिक बैठक आइतवार देखि सुरु गरेको छ । अघिल्लो हप्ता मात्रै मोर्चाको अनौपचारिक बैठक बसेको थियो । आइतवार देखि तमलोपा पार्टी कार्यलयमा सुरु भएको मोर्चाको बैठक सोमवार दिउसो २ वजे पुन बस्ने छ । आइतवार तमलोपाको पार्टी कार्यलयमा बसेको बैठकमा ४ ओटा विषयहरु प्रस्तुत भए पनि भोली त्यस वारेमा छलफल र निष्कर्ष निकालीने नेताहरुले बताएका छन ।

आइतवार साझ पुन प्रधानमन्त्रीले छलफलका लागी शिर्ष मधेशी नेताहरुलाई वोलाए पछि मोर्चा आन्तरिक रणनिती बनाउन विभिन्न तहको छलफलहरुलाई तीव्र बनाएको छ । शनिवार मात्रै मोर्चा र सतारुढ घटकहरुको छलफल वालुवाटारमा भएको थियो । जाहा मोर्चाका नेताहरुले सतारुढ घटकको प्रस्तावलाइृ अस्विकार गरेका थिए । तर आइतवार विहानै सतारुढ घटकहरु माओवादी र काग्रेसको बैठकले निर्वाचनको मिती घोषणा गरे पचि मोर्चाले आफनो बैठक डाकेका हुन । यस अघि दखि नै सरकारले निर्वाचनको मिती घोषणा गरे आफुहरुले तत्काल आन्दोलनमा जाने चेतावनी मोर्चाले दिदै आएका छन । आइतवार साझ पुन प्रधानमन्त्रीले मोर्चालाई वार्तामा डाके पछि मोर्चाको तर्फवाट महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव र महेन्द्र यादव वालुवाटार गएका थिए ।

वालुवाटार जानु अघि तमलोपाको पार्टी कार्यलयमा बसेको मोर्चाको बैठकमा हिजो कै कुरालाई पुन प्रधानमन्त्रीलाइृ काहा दोह्याउने निष्कर्ष मोर्चाले गरेको थियो ।
 
मोर्चाका नेताहरुका अनुसार तमलोपाका पार्टी कार्यलयमा आइतवार बसेको मोर्चाको बैठकमा ४ ओटा विषयहरु प्रधानमन्त्री सगको शनिवारको बैठक, आइतवार हुने वैठक, स्ववियु निर्वाचन र सरकारले निर्वाचन घोषणा गरे पछि मोर्चाले घोषणा गर्ने आन्दोलनको वारेमा विषय प्रस्तुत भएको छ । मोर्चाको पुन सोमवार बस्ने बैठकले यी सवै विषयहरु वारेमा औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन ।
 
यता राजनितीक सरगर्मी वढीरहेको वेला  मोर्चाका एक जना वरिष्ठ नेता फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दिल्ली आइतवार दिल्ली पुगेका छन । आइतवार दिउसो यादव दिल्ली गएको हो ।

No comments:

Post a Comment