Saturday, February 18, 2017

संशोधन विना निर्वाचनको मिती घोषणा भए आन्दोलनमा जाने सतारुढ घटकलाई मधेशी मोर्चाको चेतावनी

स्थानिय निकायको निर्वाचन मिती घोषणा गर्ने सतारुढ दलहरुको प्रस्तावलाई अस्विकार गर्दै मधेशी मोर्चाले आन्दोलनको चेतावनी दिएको छ । पछिल्लो समयमा प्रमुख तीन दल निर्वाचनको मिती घोषणा गर्न सहमत भए पछि मोर्चाले सार्वजनिक रुपमै वहिष्कार गर्ने चेतावनी दिदै आएका थिए । आज प्रधानमन्त्रीले मोर्चालाई छलफलका लागी वालुवाटारमा डाकेका थिए । आजको वालुवाटार बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्वाचनको मिती घोषणा गनुृ पर्ने सरकारको बाध्यता रहेको भन्दै मिती घोषणा पछि संशोधनको प्रक्रिया समेत अगाडी वढाउने आश्वसन मोर्चालाई दिएको थियो । तर प्रधानमन्त्रीको प्रस्तावलाई अस्विकार गर्दै मोर्चाको तर्फवाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरुले त्यो सम्भव नरहेको भन्दै संशोधन विना निर्वाचनको मिती घोषणा भए आफुहरु तत्काल आन्दोलनमा जाने चेतावनी दिएका थिए ।

मधेशी मोर्चा र संघिय गठवन्धन सरकारले भन्दै आएको स्थानिय निकायको पुनसंरचना समबन्धी आयोगको रिर्पोटप्रति सुर देखि नै असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन । सरकारले हालको २ नम्बर प्रदेशमा केहि संख्या वढाउन सक्ने बताउदै आए पनि मोर्चा स्थानिय निकायलाई प्रदेशको मातहत राख्नु पर्ने माग गर्दै आएका छन ।

आजको वालुवाटार बैठकमा सतारुढ दलहरुको तर्फवाट प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिले एउटै कुरा राखे पछि मोर्चाका नेताहले वर्तमान सतारुढ घटकहरु संगको सम्बन्ध तोडदै आन्दोलनमा जाने आफनो धारणा राखेका थिए । मोर्चाको तर्फवाट सवै भन्दा पहिला महन्थ ठाकुर, त्यस पछि उपेन्द्र यादव, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा, केशव झा, सत्यनारायण मंडल र हृदेश त्रिपाठीले धारणा राखेका थिए ।
पछिल्लो समयमा सरकार र प्रमेख तीन दल मोर्चा संगको सहमती अनुसार सविधान संशोधन नगरिकन निर्वाचनको मिती घोषणा तयारीमा लागे पछि मोर्चा त्यस वारेमा आन्तरिक छलफलहरु गर्न थालेका छन । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार सरकारले निर्वाचनको मिती घोषणा गरे तत्काल मधेशी मोर्चा र संघिय गठवन्धनको औपचारिक बैठक गरेर आन्दोलनको घोषणा गर्ने बताए । त्यसका लागी मोर्चा र गठवन्धन दुवै आन्तरिक छलफल जारी राखेको यादवको भनाई छ ।
 
केहि समय अघि मोर्चाको एउटा औपचारिक बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले सरकार मोर्चाको माग सम्बोधन गर्नु भन्दा निर्वाचनको मिती घोषणामा लागेको भन्दा आन्दोलनको मोडालिटी नै प्रस्तुत गरेका थिए । मोर्चा सम्बद्ध स्रोतका अनुसार सरकारले निर्वाचनको मिती घोषणा गरे संगै मधेशमा रहेको सुरक्षा निकाय वाहेकका सवै सरकार कार्यलयहरुलाई काम नगर्ने गरी अवरुद्ध पार्नु पर्ने बताएका थिए ।
 
पछिल्लो समयमा मोर्चाले अनौपचारिक बैठकहरु समेत बाक्लो रुपमा गर्न थालेका छन । रामसपाका महासचिप केशव झाका अनुसार मोर्चाले सरकार र प्रमुख दलहरुको गतिविधी र कामहरुलाइ नजिकवाट नियालीरहेको र निर्वाचनको मिती घोषणा भए तत्काल आन्दोलनको घोषणाको तयारीमा मोर्चा रहेको छ ।

No comments:

Post a Comment