Friday, February 17, 2017

प्रधानमन्त्री र मधेशी मोर्चा विच भोली बैठक

पछिल्लो समयमा निर्वाचनको मिती घोषणा वारेमा विभिन्न कुराहरु आइरहदा भोली शनिवार मधेशी मोर्चा र प्रधानमन्त्री विच बैठक हुदै छ । सविधान संशोधनका लागी सतारुढ दलहरुले आफुहरु संग गरेको ३ बुदे सहमती कार्यन्वयन नगर्दै सरकार निर्वाचनको तयारीमा जुटे पछि मधेशी मोर्चा पछिल्लो समयमा सतारुढ दलहरुप्रति रुष्टता व्यक्त गर्दै आएको छ । मोर्चा आफुहरुको माग सम्बोधन विना नै स्थानिय निकायको पुनर्सरचना गर्न लागेको भन्दै त्यो पनि नमान्ने चेतावनी दिदै आएको छ । यद्यपी पछिल्लो प्रमुख दलका शिर्ष नेताहरुको स्थानिय निर्वाचन वारेमा विभिन्न धारणाहरु सार्वजनिक गर्दै आइरहेका छन । मधेशी मोर्चाका नेताहरु भने सरकारले सविधान संशोधन विना निर्वाचन मिती घोषणा गरे आफुहरु आन्दोलनको तत्काल घोषणा गर्ने चेतावनी दिइरहेका छन ।

पछिल्लो समयमा सदनमा टेवल भएको सविधान संशोधन विद्येयक, स्थानिय निकायको पुर्नसचना र गत साउनमा काग्रेस माओवादी संग भएको ३ बुदे सहमती किन कार्यन्वयन नभएको भन्दै मोर्चाले प्रधानमन्त्री र काग्रेस संग प्रश्न गर्ने तयारी गरेको मोर्चाका नेताहरुले बताएका छन ।

प्रमुख दलहरु निर्वाचनको सन्दर्भमा विभिन्न छलफलहरु तीव्र पारिरहदा मोर्चा पनि पछिल्लो केहि दिन यता अनौपचारिक छलफलहरुलाई तीव्रता दिदै आएको छ । हिजो विहिवार र बुधवार मात्रै तमलोपाको पार्टी कार्यलयमा भएको मोर्चाको अनौपचारिक तहको बैठकले समेत सरकार र प्रमुख दलहरुको पछिल्लो गतिविधी वारेमा छलफल गरेको नेताहरुले बताएका छन । तमलोपा कार्यलयको बैठकमा समेत सरकार निर्वाचन घोषणा गरे मोर्चा तत्कालै आन्द्योलनको घोषणा गर्ने निष्कर्ष निकालेको नेताहरुले बताएका छन । भोली प्रधानमन्त्री संग बैठकमा जानु अघि मोर्चाका शिर्ष नेताहरु समेत पहिला एक पटक बसेर छलफल गर्ने कार्यक्रम रहेको नेताहरुले बताएका छन ।

No comments:

Post a Comment