Thursday, February 16, 2017

मधेशी मोर्चाको शिर्ष बैठक शनिवार बस्दै ।

शनिवार नै प्रधानमन्त्रीसंग समेत मोर्चाको छलफल । मोर्चाले भारतीय राजदुतलाई औपचारिक विदाई गर्ने 
पछिल्लो दुई दिन यता अनौपचारिक बैठकमा रहेको मधेशी मोर्चाले शिर्ष स्तरीय औपचारिक बैठक शनिवार विहान बोलाएका छन । तमलोपा पार्टी कार्यलयमा हिजो र आज बसेको अनौपचारिक बैठकले विभिन्न विषयहरुमा छलफल गरेका थिए । नेताहरुका अनुसार शनिवार बिहान बस्ने मोर्चाको शिर्ष बैठकले वर्तमान परिस्थितीमा विकसित घटनाक्रम वारेमा ठोस धारणा बनाउने छन । स्ववियु निर्वाचनलाई लिएर समेत दुई धारमा देखिएको मोर्चाको अगामी रणनिती पनि शनिवारको शिर्ष बैठकले नै गर्ने नेताहरुले बताएका छन । शनिवार मोर्चाको बैठक विहान बस्न र त्यस लगत्तै १0 बजे प्रधानमन्त्री संग समेत बैठक हुने मोर्चाका नेताहरुले बताएका छन ।

पछिल्लो समयमा प्रमुख तीन दलहरु निर्वाचनको मिती घोषणा गर्ने गृहकार्यमा लागी रहदा मोर्चाले आन्तरिक छलफलहरु तीव्र पारेका छन । शनिवार विहान मोर्चाको बैठक बसेर औपचारिक रुपमै सविधान संशोधन विना घोषणा हुने निर्वाचनमा भाग नलिने निर्णय गर्ने र त्यो प्रधानमन्त्रीलाई जानकारी गराउने रणनिती मोर्चाले लिएको बताइएको छ ।

विहिवार बसेको मोर्चाको अनौपचारिक बैठकमा तमलोपाका हृदेश त्रिपाठी, सदभावनाको तर्फवाट राजाराम पासवान, रामसपाको केशव झा, तमसपाको सत्यनारायण मंडल र नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा उपस्थित थिए ।

भारतीय राजदुतलाई औपचारिक कार्यक्रम गरेर विदाई गर्ने 

आफनो कार्यकाल पुरा गरेर फिर्ता हुन लागेको भारतीय राजदुत रन्जित रेलाई मधेशी मोर्चाले औपचारिक कार्यक्रम गरेर विदाई गर्ने छ । मोर्चाले आउदो २५ तारिखमा काठमाडौको रेडिसन होटलमा उक्त कार्यक्रम गर्न लागेको मोर्चाका नेताहरुले बताएका छन । भारतीय राजदुत रे को विदाई कार्यक्रमका लागी मोर्चाले कार्ड पछाउन लागेको र प्रधानमन्त्री देखि सवै दलहरुका शिर्ष नेताहरुलाइृ उपस्थिती लागी बोलाउने तयारी भएको मोर्चा सम्बद्ध स्रोतको भनाई छ । आफनो कार्यकाल पुरा गरेर नेपालका लागी भारतीय राजदुत यो महिना पछि स्वदेश फर्कदै छन ।

No comments:

Post a Comment