Wednesday, February 15, 2017

मधेशी मोर्चा अनौपचारिक छलफलमा

स्थानिय तह पुर्नसंरचना नमान्ने । स्ववियु वारेमा छलफल चल्दै 

पछिल्लो समयमा विकसित राजनितीक घटनाक्रम वारेमा आन्दोलनरत मधेशी मोर्चा अनौपचारिक तहमा छलफल सुरु गरेको छ । वुधवार तमलोपाको पार्टी कार्यलयमा मोर्चा सम्बद्ध मधेशी पार्टीहरुका काठमाडौमा उपलब्ध नेताहरुको बैठक बसेको थियो । बैठक भोली विहिवार पुन बस्ने नेताहरुले जनाएका छन । खासगरी पछिल्लो समयमा तीन दलहका नेताहरुले निर्वाचनको मिती घोषणा गर्न लागेको चर्चा बाहिर आए संगै मोर्चा अनौपचारिक तहको छलफलमा जुटेको छ । वुधवार तमलोपा पार्टी कार्यलयमा महन्थ ठाकुर, हूदेश त्रिपाठी,वृषेशचन्द्र लाल, अनिल झा, केशव झा, राजाराम पासवान, सत्य नारायण मंडल लगायतका नेताहरु छलफल गरेका थिए ।

तमलोपाको पार्टी कार्यलयमा भएको छलफल वाटै सरकारले गठन गरेको स्थानिय तह पुर्नसंचना आयोग समबन्धी सुझाव समितीसंग मोर्चाको एउटा समुह बैठक गर्न सिंहदरवार पुगेका थिए । सरकारले स्थानिय तहको पुर्नसरचना सम्बन्धी आयोगको रिर्पोटमा सुझाव संकलन गर्न तीन सदस्यीय समिती बनाएको थियो । उक्त समिती संग छलफल गर्न पुगेका मोर्चाका नेताहरु अनिल झा, वृषेशचन्द्र लाल, केशव झा र सत्य नारायण मंडलले मोर्चाले यस विषयमा सैद्धान्तिक असहमती रहेकाले यसलाई पहिला शिर्ष तहमा छलफल गर्नु पर्ने भन्दै आफनो धारणा राखेर आएका थिए ।

मोर्चा सम्बद्ध नेताहरुका अनुसार मोर्चाले स्थानिय तहलाई प्रदेश मातहात राख्ने गरी पहिला निर्णय गरे मात्रै यसको पुर्नसरचना वारेमा धारणा बनाउने जनाउ सरकारको समितीलाई गराएका छन ।
 
स्ववियु वारेमा भोली छलफल हुदै 

सरकार र प्रमुख तीन दलका शिर्ष नेताहरुले वुधवार मात्रै पुर्व घोषीत मिती १४ फागुन मै विद्यार्थीहरुको निर्वाचन स्ूववियुको निर्वाचन गर्ने निर्णय गरे संगै मोर्चा भित्र छलफलको विषय बनेको छ । यस अघि नै मोर्चामा आबद्ध दलहरु विच दुई धार यस सन्दर्भमा देखा परिसकेको छ । मोर्चामा आबद्ध उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल, महेन्द्र यादव नेतृत्वको तराई मधेश सदभावना पार्टी र अनिल झा नेतृत्वको सदभावना पार्टीले स्व्वियु निर्वाचन वहिष्कार गर्ने निर्णय गरिसकेको छ ।  यता तमलोपा, सदभावना, रामसपा लयागतका पार्टीहरु स्ववियु निर्वाचनको प्रचारप्रसारमा समेछ खटीसकेको देखिन्छ । स्ववियु निर्वाचनको सन्दर्भमा मोर्चा भित्र दुइ ओटा धार देखिए पछि मोर्चाले स्ववियु निर्वाचनमा कसरी जाने वा औपचारिक रुपमै वहिष्कार गर्ने छ, त्यो चासोको बिषय बन्न पुगेको छ ।
 
नेताहरुका अनुसार भोली तमलोपाको पार्टी कार्यलयमा पुन ११ बजे  मोर्चाका नेताहरु अनौपचारिकरुपमा बस्दै छ । जुन बैठकले स्ववियु निर्वाचन वारेमा छलफल र एउटा निष्कर्षमा पुग्ने छ ।

No comments:

Post a Comment