Monday, February 13, 2017

अनिल झा नेतृत्वको सदभावना द्धारा स्ववियू निर्वाचन वहिष्कार गर्ने चेतावनी

आसन्न स्ववियु निर्वाचनमा मधेशी मोर्चाका सवै घटकहरु लागी रहदा मोर्चाका एक घटक नेपाल सदभावना पार्टीले आफनो दल स्ववियु निवर्नचनमा भाग नलिने र तराई जिल्लाहरुमा स्ववियु निर्वाचन विथोल्ने चेतावनी दिएको छ । अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीको विद्यार्थी संगठन विद्यार्थी मन्चले एक प्रेस विज्ञप्ति निकाल्दै मधेश आन्दोलनमै रहेकाले र आन्दोलनको माग अनुसार सविधान संशोधन नभएकाले आफुहरु कुनै पनि निर्वाचनमा भाग नलिने र हुन पनि नदिने पार्टीको पुर्व निर्णय अनुसार आफुहरु निर्वाचनको विरुद्धमा निर्णय लिएको जनाएको छ ।

त्रिभुवन विश्वद्यालयले स्ववियु निर्वाचनको मिती घोषणा गरे संगै आन्दोलनरत मधेशी मोर्चा सम्बद्ध पार्टीहरुका विद्यार्थी संगठनहरु निर्वाचनमा लागी परेको वेला मोर्चाको एक घटकले यस्तो धारणा सार्वजनिक गरेका हुन । उक्त पार्टीका महासचिव राजीव झाले अनुसार सरकारी पक्ष रणनिती रुपमा स्ववियु निर्वाचन गराउन लागेकाले आफुहरुले त्यसलाई वहिष्यकार गनेृ निचोड निकालेको बताए ।
 
मधेशमा नयां सविधान विरुद्ध यत्रो आन्दोलन चलीरहदा त्यसको सम्बोधन विना कुनै पनि निर्वाचन नयां सविधानको तहत हुदा भाग लिने नमिल्ने झाको तर्क छ । उनका अनुसार नेपाल सदभावना पार्टीले तराई मधेशका जिल्लाहरुमा रहेको त्रिवीको क्याम्पसहरुमा स्ववियु निर्वाचनको विरुद्धमा प्रतिकारमा समेत उत्रने निर्णय गरेको छ ।
 
केहि दिन अघि मात्रै तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष सर्वेन्द्र नाथ सुक्लाले एक प्रेस विज्ञिप्त निकाल्दै स्ववियु निर्वाचनमा सवै मधेशी विद्यार्थी संगठनहरुसंग मिलेर भाग लिने जनाएको थियो । त्यसैगरी हिजो आइतवार मात्रै राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले स्ववियु निर्वाचनको प्रचारप्रसारमा सवै केन्द्रिय नेताहरुलाइ खटाउने निर्णय सार्वजनिक गरेका थिए ।

No comments:

Post a Comment