Sunday, February 12, 2017

सदभावना पार्टीको महाधिवेशन जेठमा हुने ।

राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले आउदो १ जेठ देखि विरगंजमा राष्टिय महाधिवेशन गर्ने निर्णय गरेको छ । गएको शुक्रवार र शनिवार विरगंजमा भएको सदभावना पार्टीको राष्टिय विस्तारित बैठकले आउदो १ जेठ देखि ३ गते सम्म सदभावना पार्टीको महाधिवेशन गर्ने मिती तय गरेको उक्त पार्टीका प्रवक्ता संतोष मेहताले बताए । महाधिवेशन तयारीका लागी बैठकले विभिन्न ६ ओटा समितीहरु समेत गठन गरेको छ । बैठकले जेठमा महाधिवेशन गर्नु पुर्व गाउ देखि जिल्ला तह सम्मको अधिवेशन गर्ने समयतालिका समेत सार्वजनिक गरेको छ ।

सदभावना प्रवक्ता मेहताका अनुसार विरगंजको विस्तारित बैठकले महाधिवेशन संगै वर्तमान राजनितीक परिवपेक्ष्यमा समेत विभिन्न धारणाहरु बनाएका छन । मधेशी मोर्चाका एक प्रमुख घटक समेत रहेका सदभावनाले मधेशलाई सम्बोधन हुने गरी सविधान संशोधन नहुन्जेल कुनै पनि प्रकारको निर्वाचनमा भाग नलिने र निर्वाचन हुन पनि नदिने निर्णय गरेको छ ।

त्यसैगरी क्यापसहरुमा हुन लागे विद्यार्थीहरुको स्ववियू निर्वाचनमा पार्टीका केन्द्रिय नेताहरुलाई परिचालन गर्ने समेत निर्णय गरेको छ । बैठकमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले पछिल्लो समयमा सरकार र प्रमुख दलहरु संग भएको विभिन्न वार्ता र छलफल वारेमा पार्टीपंक्तिलाई जानकारी गराएका थिए भने तमलोपा संगको चर्चामा रहेको एकिकरणको वारेमा समेत विफ्रिग गरेका थिए ।
 
महतो नेतृत्वको सदभावना पार्टीले यस अघि ०६९ बैशाखमा जनकपुरमा पाचौ महाधिवेशन गरेका थिए ।

No comments:

Post a Comment