Wednesday, February 22, 2017

मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिदै

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।  गत साउनमा काग्रेस र माओवादीको सता गठवन्धनवाट प्रचण्ड प्रधानमन्त्री बन्दा मधेशी मोर्चा संग तिन बुदे सहमती गर्दै सविधान संशोधन गर्ने प्रतिवद्धता जनाएको थियो । त्यही प्रतिवद्धताको आधारमा मोर्चाले प्रचण्डलाई समर्थन गरेका थिए । तर वर्तमान सरकार मोर्चा संगको सहमती वेगर स्थानिय निर्वाचन घोषणा गरे पछि मोर्चाले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिन लागेको मोर्चा सम्बद्ध स्रोतको दावी छ । सम्भवतह भोली नत्र पर्सी सम्ममा बस्न लागेको मोर्चाको औपचारिक बैठकले यस्तो निर्णय औपचारिक रुपमा गर्न लागेको छ । गएको सोमवार अवेर साझ सरकारले निर्वाचनको मिती घोषणा गरे सगै मोर्चाले आन्दोलनको घोषणा गरेको थियो । जस अन्र्तगत आज मधेश बन्दको मोर्चाले घोषणा गरेको थियो । पछिल्लो  समयमा प्रायजसो हरेक दिन बसीरहेको मोर्चाका केहि शिर्ष नेताहरुले अनौपचारिक रुपमा यस्तो निष्कर्ष निकाली सकेको नेताहरुको दावी छ । गएको आइतवार र सोमवार बसेको मोर्चा बैठकमा समेत यस विषयमा विस्तृत छलफल चले पनि केहि शिर्ष नेताहरुले सरकारले भने जस्तो निर्वाचन मिती घोषणा लगत्तै सविधान संशोधन विद्येयक अगाडी वढछ कि वढदैनन भन्नका लागी एक दुई दिन पर्खन आग्रह गरेका थिए ।

तर निर्वाचन मिती घोषणा गरे पछि पुन प्रमुख दलहरु आ आफनै अडानमा कायमै रहेकाले मधेशी मोर्चाका केहि शिर्ष नेताहरु अनौपचारिक तहमा अव बस्ने मोर्चा बैठकवाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्ष निकालेको छ ।

मोर्चाका एक प्रमुख नेता उपेन्द्र यादव दिल्ली गएकाले अन्य शिर्ष नेताहरु यस सन्दर्भमा औपचारिक निर्णय नलिएको मोर्चा सम्बद्ध स्रोतको भनाई छ । यादव आज साझ दिल्ली वाट काठमाडौ फर्केकाले मोर्चाको बैठक भोली नै गर्ने योजनामा मोर्चा छन ।
 
मधेश बन्द सफल भएको मोर्चाको दावी 

सरकारले घोषणा गरेको स्थानिय निर्वाचनको विरुद्धमा मधेशी मोर्चाले आयोजना गरेको एक दिने मधेश पुर्ण रुपमा सफल भएको मोर्चाले जनाएको छ । मोर्चाको सचिवालयको तर्फवाट मनिष कुमार सुमनले एक विज्ञिप्त जारी गर्दै मोर्चाको मधेश बन्द सफल भएको उल्लेख गरेका छन । मोर्चाको जनाए अनुसार जनकपुरमा आन्दोलनकारीहरु माथी एमालेले आक्रमण गरेर दुई जनालाई धाइते बनाएका छन । जसलाई मोर्चाले भत्सर्ना गरेको छ ।
 
एमाले नेता वामदेव गौतह हिजो नै जनकपुर पुगे देखि उनको विरुद्धमा मोर्चाका नेताहरुले प्रर्दशन गर्दै आएका थिए । आज गौतम जनकपुर स्थित एमाले नेता रघुविर महासेठको घरमा बसेको सुचना सार्वजनिक भए पछि आन्दोलनकारीहरु महासेठको घर घेराउ गर्न गए पछि दाहोरो झडप भएको थियो ।
 
मोर्चाले घोषणा गरेको आन्दोलन कार्यक्रम अनुसार भोली देखि मधेशमा १५ दिन सम्म निर्वाचन विरुद्ध झण्डाफोर कार्यक्रम गर्दै छन ।

नेपाल सदभावना पार्टीको महासमिती बैठक बैशाखमा हुने

अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीले आउदो बैशाख ३ गते देखि ५ गते सम्म काठमाडौमा पार्टीको महासमिती बैठक बोलाएको छ ।  विगत तीन दिन सम्म काठमाडौमा भएको नेसपाको पदाधिकारी बैठकले ४ बुदे निर्णय गर्दै मधेशी मोर्चाले घोषणा गरेको आन्दोलनमा सहभागी हुन पार्टीको सम्पुर्ण पंक्तिलाइृ निर्देशन समेत दिएको छ । पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्न काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त पार्टीका अध्यक्ष अनिल झाले आउदो ३ बैशाखमा पार्टीको २८ औ स्थापना दिवस भव्य रुपमा मनाउने जानकारी समेत दिए ।

No comments:

Post a Comment