Tuesday, February 21, 2017

आन्दोलन घोषणा गरे सगै मधेशी मोर्चा आन्तरिक समिकक्षामा

सरकारले स्थानिय निकायको निर्वाचन घोषणा गरे सगै आन्दोलनमा उत्रिएको मधेशी मोर्चा भावी रणनितीको वारेमा विभिन्न विमर्शहरु गर्न थालेका छन । गएको आइतवार र हिजो सोमवार औपचारिक बैठक गर्नु पुर्न अघिल्लो हप्ता पनि मोर्चाको अनौपचारिक बैठकहरु चलेको थियो । र हिजो अवरे राती आन्दोलनको  घोषणा गरे संगै पुन आज मोर्चा भित्रका केहि प्रमुख खेलाडीहरु अनौपचारिक चहमा बस्न थालेका छन । मोर्चा सम्बद्ध स्रोतका अनुसार अहिले उक् से कम एक हप्ता लागातार रुपमा मोर्चाको यस्तो बैठक चल्ने छ । जुन बैठकले मोर्चाको अगामी रणनिती वारेमा विस्तृत अध्यन गर्ने छन । आज पनि तमलोपा अध्यक्ष महन्थ ठाकुर, नेताहरु हृदेश त्रिपाठी, राजकिशोर यादव, केशव झा लगायतका नेताहरुले बैसार तमलोपामा भएको थियो । त्यही बैसारवाट सवै मधेशी अध्यक्षहरु संग सम्पर्क राखेर प्रधाजमन्त्रीको सर्वदलीय बैठक वहिष्कार गरिएको नेताहरुले बताएका छन ।

मोर्चाद्धारा मधेशै भरी मसाल जुलुस प्रर्दशन 

 
मोर्चाले हिजो घोषणा गरे अनुसार आज साझ मधेशका सवै जिल्लाहरुमा मसाल जुलुस सहित प्रर्दशन गरिएको छ । हिजो अवेर साझ बसेको मन्त्रीपरिषद बैठकले स्थानिय निकायको निर्वाचन घोषणा गरे लगत्तै मोर्चाले आज मधेशमा मसालजुलुस प्रर्दशन गर्ने, भोली वुधवार मधेश बन्द गर्ने र त्यस पछिको १५ दिन सम्म निर्वाचन विरुद्धमा झण्डाफोर गर्ने कार्यक्रम सार्वजनिक गरेका थिए ।
 
स्ववियु निर्वाचन पनि अव वहिष्कार गर्ने
 
मोर्चाले निर्वाचनको विरुद्धमा आन्दोलन घोषणा गरे संगै विद्यार्थीहरुको स्ववियु निर्वाचन समेत अव बहिष्कार गर्ने निर्णय गरेको छ । मोर्चा सम्बद्ध विद्यार्थी संगठनहरुको आज बसेको बैठकले स्ववियु निर्वाचन स्थगन गर्न माग गरिएको छ । यस अघि मोर्चा भित्र स्ववियु निर्वाचनलाई लिएर दुई धार देखिएको थियो । फोरम नेपाल, नेपाल सदभावना पार्टी र तराई मधेश सदभावना पार्टीले स्ववियु निर्वाचनमा भाग नलिने निर्णय सार्वजनिक गरे पछि मोर्चा भित्र दुई ओटा धार देखिएको थियो । तर हिजो मोर्चाले आन्दोलन घोषणा गरे पछि आज मोर्चा सम्बद्ध सवै विद्यार्थी संगठनहरुले संयुक्त रुपमा प्रेस विज्ञिप्त जारी गर्दै स्ववियु निर्वाचनको विपक्षमा उभिएको छ ।

No comments:

Post a Comment