Tuesday, January 31, 2017

तमलोपा द्धारा सदभावना संग एकिकरणको मोडल प्रस्ताव ।

पछिल्लो समयमा पुन एकिकरणको वारेमा आन्तरिक गृहकार्यमा रहेको  तराई मधेश लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी विच एकिकरणका लागी एकिकृत पार्टीको संरचना प्रस्ताव तमलोपाले पेश गरेको छ । सम्बद्ध स्रोतका अनुसार तमलोपाले यी दुई पार्टी विचको एकिकरणका लागी तयार पारेको संचरनात्मक मोडेलमा तमलोपा अध्यक्ष महन्थ ठाकुर लाई एकिकृत पार्टीको  अध्यक्ष र राजेन्द्र महतोलाई त्यस पछिको दोस्रो वरियता दिदै सहअध्यक्ष तथा संगठन विभाग प्रमुखको लागी प्रस्ताव गरिएको छ । महतोले भने आफु ठाकुर नेतृत्व स्विकार गर्न तयार रहेको बताए पनि कार्यकारी वा राष्टिय अध्यक्ष आफुलाई वनाएर संगठनको जिम्मेवारी दिनु पर्ने अनौपचारिक संवादहरुमा बताएका थिए । सम्बद्ध स्रोतका अनुसार तमलोपाको प्रस्ताव प्रति महतो अहिले मौन देखिएका छन । महतो कार्यकारी वा राष्टिय अध्यक्ष आफुलाई दिनु पर्नेमा अहिले पनि अडिग रहेको बताइन्छ ।

खासगरी गत बर्षको लामो मधेश आन्दोलन अली मत्थर भए संगै यी दुइ पार्टी विचको एकिकरण पुन आन्तरिक रुपमा थालिएको थियो । जुन दुवै पार्टीहरुका नेताले गोप्य राखेका थिए । गोप्य रुपमै तमलोपा अध्यक्ष ठाकुर र सदभावना अध्यक्ष महतोले दुवै तिरका एक एक जना नेता तोकेर पार्टी एकिकरणका लागी गृहकार्य गर्ने जिम्मेवारी नै तोकेका थिए । तमलोपा वाट वृषेशचन्द्र लाल र सदभावनावाट लक्ष्मणलाल कर्ण रहेको यी कार्यदल त्यती वेला देखि एकिकरणका लागी गृहकार्य गरेर विभिन्न मोडेलहरु दुवै पार्टीहरुका अध्यक्षहरुलाई सुम्पेका थिए ।

गत असारमा तमलोपाले पार्टीको महाधिवेशनमा गइरहदा सदभावना पार्टीले औपचारिक रुपमै तमलोपा संगको एकिकरणको वारेमा मुख खोलेका थिए । तमलोपाको महाधिवेशनमा अतिथीको रुपमा नवलपरासी गएका महतोले त्यही मन्चवाट तमलोपालाई एकिकरण गर्न सार्वजनिक रुपमा प्रस्ताव गरेका थिए । त्यही सेरोफोरोमा चलीरहेको सदभावनाको कार्यसम्पादन समितीको बैठकमा समेत महतोले तमलोपा संगको एकिकरणको गृहकार्य आन्तरिक रुपमा चलीरहेको विफ्रिगं गरेका थिए ।

खासगरी पहिलो सविधानसभा विघटन संगै मधेशी पार्टीहरु विच एकिकरणको मुद्धा उठेको भए पनि नेताहरुको  नेतृत्व टकरावका कारण सम्भव देखिएका छैन । पछिल्लो समयमा तमलोपा र सदभावनाका शिर्ष तहमै गोप्य रुपमा एकिकरणको अभ्यास भईरहेको सम्वद्ध दुवै पार्टी सम्बद्ध उच्च स्रोतको दावी छ ।

यस परिपेक्ष्यमा हालै तमलोपा द्धारा सदभावना पार्टी अध्यक्ष महतोलाई एकिकरणको लागी पठाइएको एकिकृत संरचनालाई कतिपय भित्रियाहरुले महत्वपुर्ण रुपमा ठानेका छन । दुवै पार्टीहरु विच पछिल्लो समयमा चलीरहेको यो अभ्यास अझै केहि समय लिन सक्ने तर पछिल्लो समय दुवै पार्टीका शिर्ष नेताहरु भइरहेको संवाद साकारात्मक रहेको दावी स्रोतको छ । 

1 comment: