Sunday, January 29, 2017

प्रधानमन्त्रीले मधेशी मोर्चालाई छलफलका लागी पुन बोलायो

प्रधानमन्त्री प्रचण्डले मधेशी मोर्चालाई सोमवार विहान ९ वजे छलफलका लागी वोलाएका छन । शनिवार मात्रै मोर्चाको बैठकले २३ गते स्थानिय तहको पुर्नसंरचना आयोगको रिर्पोट विरुद्ध र संशोधनमा भइरहेको ढिलाईको विरुद्धमा प्रर्दशन गर्ने निर्णय गरेको थियो । मोर्चा निर्णय सार्वजनिक भए संगै प्रधानमन्त्रीले मोर्चालाई आइतवार फोन गरेर औपचारिक  छलफलमा डाकेका छन ।

गएको विहिवार मात्रै सरकारले मोर्चाले भन्दै आएको संशोधनको परिमार्जन सम्बन्धी काम गर्ने भनेर एउटा ३ सदस्यीय कमिटी बनाएका थिए । यद्यपी मोर्चा बैठकमा सरकार र प्रमुख दलहरु सुनियोजित रुपमा ३ बुदे सहमती अुसफल गर्न लागेको भन्दै आन्दोलनमा जानु पर्ने आजाव जोडतोडका साथ उठेका थिए ।

वर्तमान सरकार गठन हुदा माओवादी र काग्रेसले मधेशी मोर्चा संग ३ बुदे सहमती गर्दै सविधान संशोधन गनेृ वाचा गरेका थिए । तर पछिल्लो समयमा माओवादी र काग्रेस पनि संशोधन भन्दा पहिला निर्वाचन तिर लम्केको भन्दै मोर्चा संशंकित देखिएका हुन ।

No comments:

Post a Comment