Friday, January 27, 2017

मधेशी पार्टीहरुको एकै दिनमा तीन बैठक । आन्दोलन जाने वारेमा छलफल सुरु

सरकारद्धारा संशोधन परिमार्जन गर्ने तीन सदस्यीय कार्यदल गठन 

सविधान विरुद्ध आन्दोलन गर्दै आइरहेका मधेशी पार्टीहरुको मधेशी मोर्चा, संघिय गठवन्धन र पछिल्लो समयमा कार्यगत एकता गरेको नयां शत्ति संगको बैठक एकै दिन शुक्रवार तीन पटकमा बसेको छ ।  विहान ११ बजे तमलोपा पार्टी कार्यलयमा मधेशी मोर्चाको बैठक बसेको थियो भने दिउसो ३ वजे फोरम नेपालको कार्यलयमा संघिय गठवन्धनको बैठक । गठवन्धनको बैठक सकिने वितिकै फोरमकै पार्टी कार्यलयमा नयां शक्तिका बाबुराम भटराई सहितका नेताहरु संग मोर्चा र गठवन्धनका अध्यक्षहरुको पुन बैठक बसेको थियो ।
 
मधेशी मोर्चाको बैठक

तमलोपा पार्टी कार्यलयमा बसेको शुक्रवार बसेको मोर्चाको बैठकमा तीन ओटा एजेन्डा रहेको नेताहरुले बताएका छन । नेताहरुका अनुसार पहिलो नम्बरमा सरकार भएको तीन बुदे सहमतीको समिकक्षा, दोस्रो स्थानिय तहको पुर्नसंचरना विरुद्ध प्रर्दशन उत्रने र तेस्रो आउदो फागुन सुरु देखि नै पुन आन्दोलनमा होमिने वारेको छलफल । यी तीन ओटै वुद्धाहरु माथीको छलफल शुक्रवार भएको र शनिवार पुन मोर्चाको बैठक गरेर त्यस वारेमा औपचारिक धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालिइएको छ । मोर्चा बैठक सम्बद्ध स्रोतका अनुसार मोर्चाको बैठकमा सरकार गठन गर्ने वेलामा नेताहरुले एक देखि डेढ महिना भित्रै तीन वुदे सहमती कार्यन्वयन गर्ने वाचा गरेका थिए तर सरकार गठन भएको ६ महिना वित्नै लाग्दा पनि सहमतीहरु कुनै पनि कार्यनव्यन नभएको भन्दै माघ सम्मको समयसिमा सरकार दिएर आन्दोलनमा जानु पर्ने ठहर मोर्चाले गरेको छ ।

त्यसै गरी मोर्चाले सुरु देखि नै आफुहरुले विरोध गर्दा गर्दै पनि स्थानिय तहको पुर्नसंरचना अगाडी वढाउने प्रमुख दलहरु अघि सरेकाले त्यस विरुद्ध अव कडा रुपमा प्रस्तुत हुनु पर्ने ठहर बैठकले गरेको बैठकले आउदो हप्ताको कुनै एक दिन काठमाडौ सहित मधेशी भर िउक्त पुर्नर्सरचनाको विरोधमा सशक्त प्रर्दशन गर्नै तयारीमा मोर्चा जुटेको छ । मोर्चा भित्र जारी छलफलको अन्तिम निष्कर्ष भोली पुन बस्ने मोर्चाको बैठकले गर्ने नेताहरुले बताएका छन । त्यस पछि मोर्चाले औपचारिक रुपमा आफना धारणा सार्वजनिक गर्ने छन ।
 
संघिय गठवन्धन बैठक । 

दिउसो तीन वजे फोरम नेपालको पार्टी कार्यलयमा बसेको गठवन्धन बैठकमा पनि मोर्चा बैठककै कुराहरुमा सहमती भएको आदीवासी जनजातीहरु संग गठवन्धन थप वलियो वनाउने निष्कर्ष निकालीएको थियो ।
 
नयां शक्ति सगको बैठक  
सघिय गठवन्धनको बैठक लगत्रै नयां शक्तिका संयोजक बाबुराम भटराई, रामचन्द्र झा, खिमलाल देवकोटा सहितका नेताहरु फोरम कार्यलय पुगेका थिए ।त्यस पछि गठवन्धनका नेताहरु र नयां शक्तिका नेताहरु विच पछिल्लो समयमा संशोधन परिमार्जन वारेमा भएको छलफल वारेमा कुराकानी भएको थियो । नेताहरुका अनुसार संशोधन परिमार्जनका लागी दुवै तर्फवाट चलीरहेको छलफललाई केहि दिन भित्रै टुगो लगाउने कुरा समेत भएको नेताहरुले बताएका छन ।
 
सरकार द्धारा संशोधन परिमार्जन गर्न तीन सदस्यीय कार्यदल गठन  
मधेशी मोर्चा, काग्रेस र माओवादी विचमा भएको निर्णय अनुसार हिजो विहिवार सरकारले अनौपचारिक तहमा तीन सदस्यीय कार्यदल वनाएर संविधान संशोधनको प्रस्तावलाई परिमार्जन गर्ने समिती बनाएको छ । जुन समितीमा माओवादीवाट वर्षमान पुन, काग्रैसका रमेश लेखेक र मधेशी मोर्चाको तर्फवाट लक्ष्मणलाल कर्ण छन । यी तीन सदस्यीय समितीले प्रस्तावीत संशोधन प्रस्तावलाई थप परिमाजएन गर्ने छन । विहिवार सरकारले वनाएको उक्त समितीले शुक्रवार देखि काम थालेको नेताहरुले बताएका छन । शुक्रवार यो समितीको पहिलो बैठक बसेको छ ।
 
मधेशी मोर्चाको बैठकमा समेत यो कुरावारे छलफल भएको नेताहरुले बताएका छन । नेताहरुका अनुसार मोर्चाले समेत परिमार्जन वारेमा एएटा ठोस अवधारणा वनाएर आफना प्रतिनिधी कर्ण मार्फत त्यसमा पठाउने गृहकार्य थालेको छ । 

No comments:

Post a Comment