Thursday, January 26, 2017

संशोधनको परिमार्जन गृहकार्यमा मधेशी मोर्चा र नयां शक्ति

सरकारले सदनमा टेवल गरेको सविधान संशोधन प्रस्तावलाई परिमार्जन गर्नु पर्ने माग गर्दै आइरहेका मधेशी पार्टीहरु त्यसको परिमार्जनमा जुटेको नेताहरु बताउछन । पछिल्लो समयमा सतारुढ गठवन्धनको तर्फवाट प्रधानमन्त्र स्वयंमले पनि संशोधन परिमार्जन गर्ने अर्को संशोधन दर्ता गराउने वताए पछि मोर्चाका नेताहरु यसमा सक्रिय हुन थालेका छन । बाबुराम भटराई नेतृत्वको नयां शक्ति पनि सामेल रहेको जनाइएको छ । सम्बद्ध स्रोतका अनुसार गएको सोमवार र हिजो वुधवार गरी यसमा संग्लन रहेका नेताहरुको दुई चोटी बैठक बसेको र दुई ओटा प्रस्तावमा कामहरु अघि वढीरहेको छ ।

सम्बद्ध स्रोतका अनुसार गएको सोमवार तमलोपाको पार्टी कार्यलयमा र हिजो वुधवार सिंहदरवार स्थित तमलोपाको संदसीय दलको कार्यलयमा भएको यस्तो बैठकमा मोर्चाको तर्फवाट राजेन्द्र श्रेष्ठ, हृदेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, केशव झा लगायतका थिए भने नयां शक्तिको तर्फवाट खिमलल देवकोटा सहभागी थिए ।

नेताहरुका अनुसार पछिल्लो समयमा नयां शिरावाट संशोधनका लागी भईरहेको गृहकार्यमा दुई ओटा प्रस्ताव बनाउने खाका वारेमा छलफल चलीहेको छ । पहिलो हालकै संशोधन प्रस्तावलाई परिर्माजन गर्ने प्रस्ताव र दोस्रो छुटै नयां संशोधनको प्रस्ताव वनाउने काम चलीरहेको छ ।
 
सरकारले सदनमा १४ मंसीरमा संशोधन प्रस्ताव दर्ता गराए संगै आन्दोलनरत मोर्चाले त्यसलाई थप परिमार्जन गर्नु पर्ने माग गर्दै आएका थिए ।
 
यो छलफलमा सहभागी नेताहरुका अनुसार मोर्चा र नयां शक्तिले सयुक्त रुपमा बनाइरहेको प्रस्तावहरु प्रधानमन्त्रीलाई बुझाउने तयारीमा मोर्चा छन ।

No comments:

Post a Comment