Tuesday, January 24, 2017

प्रधानमन्त्री-काग्रेस र मधेशी मोर्चा विच छलफल

सतारुढ घटक माओवादी, नेपाली काग्रेस र मधेशी मोर्चा विच छलफल भएको छ । गएको शनिवार मात्रै प्रमुख दलहरु काग्रेस, एमाले र माओवादीको संयुक्त बैठकले स्थानिय निकायको निर्वाचनमा जाने सहमती गरेको थियो । त्यस पछि विना सविधान संशोधन सतारुढ घटक निर्वाचनमा जान लागेको भन्दै मोर्चाले आफनो पुर्ववत अडान अनुसार निर्वाचन नहुने धारणा राखेका थिए । मंगलवार बसेको माओवादी, काग्रेस र मधेशी मोर्चाको बैठकमा प्रधानमन्त्री प्रचण्डले मोर्चा संगको सहमतीमै निर्वाचनको मिती घोषणा हुने वताएका थिए ।

बैठकमा सहभागी सदभावना नेता लक्ष्मणलाल कर्णका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले चाडै आफु संशोधन विद्येयक र स्थानिय निकायको पुर्नसंरचना रिर्पोट मोर्चाको सहमतीमा परिमार्जन गरेर अघि वढने र त्यस पछि मात्रै निर्वाचनको मिती घोषणा गर्ने बताएका थिए ।

गएको शनिवार मात्रै प्रमुख दलहरुको वैठक पश्चात आइतवार काठमाडौमा एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एक हप्ता भित्रै आफुले निर्वाचन मिती घोषाणा गर्ने केहि दलहरुले नमाने पनि अघिवढने बताएका थिए । त्यस पछि झस्कीएका मोर्चाका नेताहरुले मंगलवारको बैठक प्रचण्ड संग तीनको बैठकको वारेमा समेत जिज्ञासा राखेका थिए ।
 
यद्यपी नेताहरुका अनुसार प्रचण्ड निर्वाचनमा जाने तर त्यस अघि मोर्चा संग भएको सहमती अनुसार सविधान संशोधन र स्थानिय निकायको पुर्नसंरचनालाई समेत सच्याउने आश्वासन मोर्चालाई दिएको छ । 

No comments:

Post a Comment