Monday, January 23, 2017

सदभावना सम्वद्ध मधेशी पार्टीहरु द्धारा गजेन्द्र नारायण सिंह प्रति श्रदान्जली अर्पण

सदभावना पार्टीका संस्थापक स्व गजेन्द्र नारायण सिंहको १५ औ पुण्य तिथीको अवसरमा सदभावना सम्बद्ध पार्टीहरुले विभिन्न कार्यक्रमहरु गरेर श्रदान्जली अर्पण गरेका छन । ०४६ सालको राजनितीक परिर्वतन लगत्तै मधेश केन्द्रित मुद्धाहरु अगाडी वढाउदै सिंहले सदभावना पार्टीको स्थापना गरेका थिए । १५ बर्ष अघि आजकै दिनमा सिंहको मृत्यु भएको थियो । सिंहको मृत्यू संगै छिन्नसभन्न हुन पुगेका सदभावना पार्टीको व्यानरमा अहिले पनि कम्तीमा ५ ओटा पार्टीहरु सक्रिय रहेको देखिन्छ । यद्यपी मुख्य रुपमा राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी र अनिल कुमार झा नेतृत्वको नेपाल सदभावना पार्टीले काठमाडौ सहित मधेशै भरी सिंहको श्रदान्ज्लीमा कार्यक्रमहरु गरेका छन ।

महतो नेतृत्वको सदभावना पार्टीका प्रवक्ता संतोष मेहताका अनुसार काठमाडौ स्थित केन्द्रिय कार्यलयमा लक्ष्मणलाल कर्णको नेतृत्वमा कार्यक्रम गरिएको थियो भने महतोको उपस्थितीमा सर्लाहीमा कार्यक्रम भएको थियो । सिंहको श्रदान्जलीमा उक्त पार्टीले मधेशका सवै जिल्लाहरुमा समेत श्रदान्जली सहित विभिन्न कार्यक्रमहरु गरेको मेहताले बताए ।


त्यसैगरी झा नेतृत्वको नेपाल सदभावना पार्टीले समेत आफनो काठमाडौ स्थित केन्द्रिय कार्यलय सहित मधेशका सवै जिल्लाहरुमा समेत श्रदान्जली सभा लगायत अन्य कार्यक्रमहरु गरेको उक्त पार्टीका अध्यक्ष अनिल कुमार झाले बताए ।




No comments:

Post a Comment