Sunday, January 22, 2017

प्रमुख दलको बैठक प्रति मधेशी मोर्चा संशकित

शनिवार प्रमुख तीनको बैठकले निर्वाचनमा जाने गरेको निर्णय प्रति मधेशी मोर्चा संशकित देखिएका छन । मोर्चाका नेताहरुका अनुुसार प्रधानमन्त्री र सतारुढ गठवन्धन आफहरु संग गरेको ३ बुदे सहमती विपरित संविधान संशोधन नगरिकन नै निर्वाचन घोषणा तर्फ लाग्न खोजेको भन्दै त्यसको आफुहरु प्रतिरोध गर्ने चेतावनी दिएका छन । शनिवार भएको प्रमुख तीनको बैठकले एक हप्ता भित्रै स्थानिय निर्वाचन घोषणा गर्ने सहमती गरेको आशय सहितको समाचारहरु वाहिर आएको थियो । उक्त बैठकमा मोर्चालाइ त्यस वारेमा जानकारी गराउने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई तीन दलको बैठकले दिएको थियो । यद्यपी मोर्चाका नेताहरुका अनुसार आइतवार वेलुका सम्म प्रधानमन्त्रीले त्यसको वारेमा कुनै सुचना दिएका छैनन ।

तमलोपा सहअध्यक्ष हृदेश त्रिपाठीका अनुसार प्रधानमन्त्री र प्रमुख दलहरु त्यस वारेमा आइतवार वेलुकी सम्ममा कुनै सुचना पठाएको छैन । सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले समेत सत्तापक्षले अहिले सम्म त्यसतो कुनै जानकारी नगराएको बताए । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले समेत समाचारमा आफुहरु सुने पनि त्यसतो कुनै सुचना प्रधानमन्त्री कार्यलयवाट नआएको बताए ।

मधेशी मोर्चाका नेताहरु भने आफुहरुको माग अनुसार सविधान संशोधन नगरेर निर्वाचन घोषणा गरे संगै आफुहरु आन्दो्लनमा जाने बताएका छन । सदभावना सहअध्यक्ष कर्णका अनुसार मोर्चाको उच्च शिर्ष तह प्रमुख दलहरुको पछिल्लो गतिविधीलाई नजिकवाट नियाली रहेका छन । कर्ण भन्छन, पहिलो प्रमुख दलहरु र सरकार हाम्रो मागलाई वेवास्ता गरेर निर्वाचन घोषणा त गरोस त्यस पछि हामी आफनो वाटो प्रष्ट पार्ने छौ ।
 
प्रमुख दलहरु संशोधन भन्दा पनि निर्वाचनको विषयलाई प्राथमिकतामा राखेर काम गर्न थालेको भन्दै अघिल्लो हप्तामा मोर्चाका केहि प्रमुख अध्यक्षहरु अनौपचारिक रुपमा बसेर पछिल्लो परिस्थिती वारेमा छलफल गरेका थिए ।
 
मोर्चाका नेताहरु भन्छन, शिर्ष मधेशी नेताहरु आन्दोलनका लागी आन्तरिक छलफल सूरु गरिसकेका छन । 
मधेशी मोर्चा सविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानुृ पर्ने धारणा राख्दै आएका छन ।

No comments:

Post a Comment