Friday, January 20, 2017

फोरम नेपालको राजनिती-समिती बैठक सम्पन्न

सघिय समाजवादी फोरम नेपालको राजनितीक समिती बैठक शुक्रवार सम्पन्न भएको छ । पार्टी कार्यलय तिनकुनेमा बसेको फोरम नेपालको बैठक वर्तमान राजनितीक  सहित पार्टीको अगामी महाधिवेशन सम्पन्न गर्ने वारेमा छलफल गरेको छ । फोरम नेपालका राजनितीक समिती सदस्य सैलेन्द्र साहका अनुसार शुक्रवार बैठकले माघ मसान्त सम्ममा जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने निर्णय गरेको छ । जिल्ला अधिवेशन सकिए लगत्तै फागुन भित्र प्रदेश स्तरीय अधिवेशनहरु सम्पन्न गर्ने रणनिती फोरम नेपालले लिएको छ । हाल मिती नतोकिए पनि चैत भित्रै फोरम नेपालको महाधिवेशन गर्ने तयारी भएको साहको भनाई छ ।

अशोक राई नेतृत्वको जनजाती पार्टी संग फोरम नेपालको एकिकरण भए पछि एकिकृत पार्टीको महाधिवेशन हुन सकेको छैन । दुई वा सो भन्दा वढी पार्टीहरु एकिकरण गर्दा महाधिवेशन गर्नु पर्ने प्रावद्यान छ । आन्दोलन चलीरहेको कारण एकिकृत संघिय समाजवादी फोरम नेपालको महाधिवेशनमा ढिलाई भएको भन्दै पार्टी अहिले महाधिवेशन गर्न अग्रसर भएको नेताहरु बताउछन ।

शुक्रवार सकिएको फोरम नेपालको राजनिती समितीको बैठक लगत्तै शनिवार फोरम नेपाल निर्वाचन समितीको बैठक डाकेका छन । जुन बैठकले फोरमको जिल्ला अधिवेशनहरुको प्रतिनिधीहरु केन्द्रवाट तोक्ने छन ।
 
यसको शुक्रवार बसेको फोरम नेपालको बैठकले संशोधान प्रस्तावलाइृ परिमार्जन गरेर पारित गराउन पहल गर्ने र स्थानिय तहको सम्बन्धी आएको आयोगको प्रतिवेदन नमान्ने औपचारिक निर्णय गरेको उक्त पार्टीका नेता साहले बताए । 

No comments:

Post a Comment