Thursday, January 19, 2017

मधेशी पार्टीहरु र बाबुराम भटराई विच कार्यगत एकता गर्ने सहमती

आन्दोलनरत मधेशी पार्टीहरु र बाबुराम भटराई नेतृत्वको नयां शक्ति विच कार्यगत एकता गर्ने सहमती भएको छ । विहिवार दुवै पक्षको भएको बैठकले अव देखि सहकार्य गरेर अघि वढने सहमती गरेको राष्टिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले बताए । भोली देखि दुवै पक्षको संयुक्त बैठकले सरकारको संविधान संशोधन प्रस्तावमा गर्नु पर्ने परिमार्जनको खाका तयार पार्ने झाले बताए । पछिल्लो केहि समय यता भटराई र मधेशी पार्टीहरुको मोर्चा र गठवन्धन विच लागातार बैठकह चल्दै आएको थियो । सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार दुवै पक्षहरु विच छलफल चलीरहेको र कार्यगत एकता घोषणा वारेमा औपचारिक निर्णय गर्न अझै केहि समय लाग्ने बताए । छलफल सुरु भएको छ, कर्णले भने, केहि समय दुवै पक्षले अझै यसवारेमा बसेर छलफल जारी राख्ने छ ।

गत बर्ष सविधानसभावाट नया. सविधान जारी भए संगै माओवादी पार्टी परित्याग गरेका भटराई मधेशी पार्टीहरुको आन्दोलनमा एक्यवद्धता जनाउदै आएका थिए । यद्यपी नया सविधानमा भटराईले पनि हस्ताक्षर गरेको भन्दै उनको मधेशमा आलोचना हुदै आएको थियो । तर पनि भटराई पार्टी र सांसद दुवै परित्याग गरे संगै मधेशमा विभिन्न ठाउहरु मै पुगेर मधेश आन्दोलन प्रति समर्थन जनाएका थिए ।

भटराई नेतृत्वको नयां शक्तिले औपचारिक रुपमै मधेशी पार्टीहरुको माग अनुसार सविधान संशोधन हुनु पर्नेृ धारणा व्यक्त गर्दै आएका छन । वर्तमान सरकारले सदनमा दोस्रो सविधान संशोधन विद्येयक दर्ता गराए सगै भटराईले त्यसमा थप परिमार्जन गर्नु गर्ने माग गर्दै आएका छन । मधेशी पार्टीहरुका मोर्चा र गठवन्धनले पनि संशोधन प्रस्तावमा परिर्माजन गर्नु पर्ने बताउदै आएका छन ।
 
केहि समय अघि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र भटराईले संयुक्त वित्रिप्त निकालेर सविधान संशोधन वारेमा समान धारणा सार्वजनिक गरेका थिए । त्यस लगत्तै मधेशी मोर्चा र गठवन्धन संग लागातार बैठकहरु गर्दै आएका भटराई विहिवार कार्यगत एकता गर्ने सहमती गरेको छ ।
 
विहिवार दुवै पक्षको बसेको बैठकमा नयां शक्तिवाट भटराई सहित देवेन्द्र पौडेल, गंगा श्रेष्ठ र केशवमान श्रेष्ठ तथा मधेशी पार्टीहरुको तर्फवाट महन्थ ठाकुर,उपेन्द्र यादव, शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण सहितका नेताहरु उपस्थिती थिए ।

No comments:

Post a Comment