Monday, January 16, 2017

मधेशी मोर्चाद्धारा ५ गते वलिदानी दिवस मनाउने निर्णय

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आउदो ५ माघलाई वलिदान दिवस रुपमा मनाउने निणर्य गरेको छ । मोर्चा सचिवालयको सोमवार बसेको बैठकले ५ माघको दिनलाई वलिदानी दिवस मनाउनका लागी जिल्ला जिल्लामा विभिन्न कार्यक्रम गर्न निर्देशन दिएको छ । सदभावना पार्टी कार्यलयमा बसेको मोर्चा सचिवालय बैठकले यस संगै ५ बुदे निर्णय समेत गरेको छ ।


बैठक पछि मोर्चाका सचिवालय सदस्यहरु द्धारा संइुक्त रुपमा जारी गरिएको विज्ञिप्तमा मोर्चाले सरकारलाई शहिद घोषणा, मुद्धा फिर्ता सम्बन्धी वुझाएको विवरण पुर्ण रुपमा कार्यन्वयन गर्न समेत माग गरेको छ । त्यस्तै मोर्चाले न्याय परिषदले गरेको नियुक्ती प्रति समेत असन्तुष्टि जनाएको छ । त्यसैगरी मोर्चाले सविधान संशोधन सम्बन्धी दर्ता भएको विद्ययेक परिमार्जन गरेर पास गर्न समेत भनेको छ ।

मोर्चाको सोमवार बसेको सचिवालय बैठकमा सदभावनाको तर्फवाट मनिष कुमार सुमन, फोरम नेपालको तर्फवाट राम सहाय यादव, तमलोपाको तर्फवाट राकेश मिश्रा, रामसपाको तर्फवाट केशव झा, नेसपाको राजीव झा, तमसपाको सत्य नारायण मंडल र फोरम गणतान्त्रिकको तर्फवाट संजय यादव सहभागी थिए ।

No comments:

Post a Comment