Saturday, January 7, 2017

स्थानिय तहको पुनंसंरचना नमान्ने तमलोपाको भनाई ।

स्थानिय तह पुर्नसंरचना आयोगले सरकारलाई हिजो वुझाएको प्रतिवेदन मधेशलाई मान्य नहुने मधेशी मोर्चाका एक प्रमुख घटक तराईमधेश लोकतान्त्रिक पार्टीले जनाएको छ । आयोगले शुक्रवार प्रधानमन्त्रीलाई आफनो रिर्पोट वुझाएका थिए । शनिवार तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले एक विज्ञिप्त जारी गर्दै संघियताको मर्म विपरित आयोगले स्थानिय निकायलाई पुर्नसंरचना गरेको भन्दै त्यो मधेशले नमान्ने उल्लेख गरेका छन ।

तमलोपाले शनिबार विज्ञप्ति जारी गरेर संघीय राज्य पुनसंरचनाकै मूल सिद्धान्त र जनसंख्याको मूल आधारलाई बेवास्ता गरेर स्थानीय निकायको संरचना प्रस्ताव गरिएको भन्दै विरोध गरेको हो । पार्टीका वरिष्ठ उपाध्यक्ष त्रिपाठीले विज्ञप्ति निकालेर स्थानीय तहको संरचनाबारे सरकारलाई बुझाइएको प्रतिवेदन संविधान र संघीय राज्य पुनसंरचनाको मूल अवधारणा विपरीत रहेको ठहर गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय निकायको संरचनाबारे हाल बुझाइएको प्रतिवेदन संघीय राज्य पुनसंरचनाको मूल अवधारणा र स्वयं नेपालको संविधानको धारा ५६ को ४ र ५ र धारा २९५ को ३ विपरित भएकोले यस्तो संरचनाको खाका मधेसलाई मान्य नभएको प्रष्ट गर्दछौं ।’

शुक्रबार स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ वटा गाउापालिका, नगरपालिकासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
आयोगले काम गर्न सुरु गर्ने वितिकै मधेशी मोर्चाको औपचारिक बैठकले नै संघियताको छिनोफानो नहुन्जेल सम्म आफहरुले स्थानिय निकायको पुनसंरचना आयोगको काम नमान्ने निर्णय गरेको थियो । मोर्चाले मधेशका जिल्लाहरुमा आयोगको काममा अवरोध समेत गरेका थिए । पछि आयोगले मधेशका जिल्लाहरुको सन्दर्भमा काठमाडौमै निर्णय गरेका थिए । आयोगले काठमाडौमा डाकेको सांसदहरुको उक्त बैठकलाई समेत मोर्चाका सांसदहरुले वहिष्कार गरेका थिए ।

No comments:

Post a Comment