Friday, January 6, 2017

मधेशी मोर्चा र सरकार संशोधन विद्येयक टेवल गर्न सहमत

आन्दोलनरत मधेशी मोर्चा र सतारुढ घटक माओवादी तथा काग्रेस आउदो आइतवार संशा्ेधन विद्येयक सदनमा टेवल गर्न सहमत भएका छन । विहिवार वेलुकी प्रधानमन्त्री निवास वालुवाटारमा भएको मोर्चा र सतारुढ घटकहरुको बैठकमा त्यस्तो सहमती भएको नेताहरुले बताएका छन । मधेशी मोर्चाले संशोधन विद्येयक सदनमा टेवल गर्न सतारुढ घटकहरु उदासिन देखिएको निष्कर्ष निकाले पछि सतारुढ दलहरु मधेशी मोर्चा संग विहिवार छलफल गरेका थिए ।

छलफलमा सहभागी नेताहरुका अनुसार विहिवारको संयुक्त बैठकमा मोर्चाका नेताहरुले सवोर््च्च अदालतको आदेश पछि सरकारले सदनमा दर्ता गराएको विदेयक किन टेवल नगरेको भन्दै प्रश्न तेर्साएका थिए । त्यस पछि प्रधानमन्त्री प्रचण्ड र काग्रेस नेता रामचन्द्र पौडेल दुवैले आउदो आइतवार संशोधन विद्येयक अगाडी वढाउने प्रतिवद्धता जनाएका थिए ।

विहिवारको बैठकमा प्रचण्ड,काग्रेस नेता पौडेल सहित मोर्चाका शिर्ष नेताहरु सहभागी थिए ।

No comments:

Post a Comment