Wednesday, January 4, 2017

मधेशी मोर्चा र संघिय गठवन्धनको एकै दिनमा छुटा-छुटै बैठक

मोर्चाको बैठक
आन्दोलनरत मधेशी मोर्चा र संघिय गठवन्धनको बैठक वुधवार एकै दिनमा छुटा छुटै बसेको छ । पछिल्लो समयमा सरकारले ल्याएको संशोधन विद्येयकको सन्दभृमा सार्वेच्चले घारणा दिए पछि आन्दोलनरत दुवै मोर्चाको एकै दिन बसेको हो । भित्रियाहरुका अनुसार मंगलवार केहि मधेशी पार्टीहरुका अध्यक्षहरुले मोर्चाको बैठक वुधवार २ वजे गर्ने भने पछि फारेम नेपालका अध्यक्ष यादवले पछि गठबन्धनको बैठक भएको धेरै दिन भइसकेको भन्दै वुधवार १२ वजे नै डाकेका थिए ।

बुधवार पहिलो बसेको गठवन्धन बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर सहभागी भए पनि पछि दिउसो तमलोपा पार्टी कार्यल्यमा बसेको मोर्चा बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी भएनन । मोर्चाको बैठकमा फोरम नेपालको तर्फवाट महासचिव रामसहाय यादव सहभागी भएका थिए ।

गठबन्धनकै बैठकका कारण दिउसो ढिला सुरु भएको मोर्चाको बैठकमा केहि नेताहरुले यस वारेमा प्रश्न समेत तेर्साएका थिए । यद्यपी नेताहरुले अहिलेको जटील राजनितीक माहौलमा यस्ता कुरालाई वढी नउचाल्न सवै पक्षमा आग्रह गरेक उक्त बैठक स्रोतको दावी छ ।

गठबन्धनको बैठक

वुधवार एकै दिनमा बसेको मोर्चा र गठवन्धनको दुवै वैठकले भन्ने समान धारण सार्वजनिक गरेको थियो । गठवन्धन र मोर्चा दुवैले सर्वोच्चको निर्णयलाई स्वागत गर्दै सरकारलाई तत्काल संशोधन विद्येयक अघि वढाउन भनेका छन ।

गठव्न्धन र मोर्चा दुवैको बैठक वुधवार गरेका मधेशी नेताहरु विहिवार प्रधानमन्त्री र काग्रेस सभापतिसंग संयुक्त बैठक गर्दै छन । मोर्चाका नेताहरुका अनुसार सर्वोच्चको निर्णय पश्चात प्रमुख दलहरुले सदन किन यती लामो समयका  लागी स्थगीत गर्यो भनेर आशंका भएकाले सतारुड घटकहरुसंग छलफल गर्न लागेको हो ।

सरकारले दर्ता गराएको संशोधन विद्येयकमा परिमार्जनको माग गर्दै आइरहेका आन्द्योलनरत घटकहरुले पछिल्लो समयमा यसलाई सस्दमा टेवल गर्न जोडतोडका साथ लविंग गरिरहेको देखिन्छ ।

No comments:

Post a Comment