Monday, January 30, 2017

मधेशी मोर्चा र सतारुढ घटक विच तनाव

प्रचण्डलाई प्रधानमन्त्री बन्ने वेला लिखित सहमती गरेर सर्मथन गरेका मधेशी मोर्चा र सतारुढ घटक विच तनाव उत्पन्न भएको छ । मोर्चाले आफुहरु संग गरेको सहमती विपरित सरकारी पक्ष संविधान संशोधन विनै निर्वाचन तिर लागेको भन्दै आन्दोलनमा जाने सुरसार कसे पछि प्रधानमन्त्रीले सोमवार विहान छलफलका लागी मोर्चालाई डाकेका थिए । तर सोमवार विहान वालुवाटारमा मोर्चा, प्रधानमन्त्री र काग्रेस सभापति समेतको संयुक्त बैठकमा मोर्चाले प्रधानमन्त्री र काग्रेस प्रति तीव्र रोष प्रगट गरेको नेताहरुले बताएका छन । त्यस प्रतिउत्तरमा प्रधानमन्त्री र काग्रेस सभापति समेतले मोर्चा माथी प्रश्न तेर्साएको बताइएको छ ।

गएको शनिवार मात्रै मधेशी मोर्चाले बैठक गरेर आउदो २३ गते प्रर्दशन गर्ने निर्णय गरेको थियो । मोर्चा सम्बद्ध स्रोतका अनुसार मधेशी पार्टीहरु सरकारी पक्ष निर्वाचनमा जान लागेको सुचनाकै आधारमा प्रर्दशनमा जाने निर्णय गरेका थिए । सोमवारको वालुवाटार बैठकमा समेत यो प्रसंग दुवै तर्फवाट उठेको बताइएको छ । बैठकमा सहभागी तमलोपा महामन्त्री जंगीलाल रायका अनुसार प्रधानमन्त्री र काग्रेस सभापतिले मोर्चा माथी प्रश्न गरेका थिए भने मोर्चाका नेताहरुले प्रधानमन्त्री संग पछिल्ले विकसित राजनितक घटनाक्रमवारेमा जिज्ञासाहरु राखेका थिए । दुवै तर्फ वाट एक माथी अर्को प्रश्नहरु तेर्सन थाले पछि पछि पुन वैठक गर्ने गरी सोमवार छलफल टुगिएको जनाइएको छ ।

सोमवार वालुवाटारमा भएको छलफलको सूरुमै प्रधानमन्त्रीले संशोधनको लागी वातावरण वन्दै गर्दा सरकारी निर्वाचन आयोगलाई आफना कामहरु अगाडी वढाउन निर्देशन दिन लागेको र त्यसको विरोध नगरिदिन मोर्चा संग आग्रह गरेका थिए ।  प्रतिउत्तरमा तमलोपा अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थनिय तहको वर्तमान पुर्नसंरचना आफुहरुले नमानेको भन्दै त्यसको आधारमा निर्वाचन काम नगर्न चेतावनी दिएका थिए । ठाकुरले मधेशमा आधा संख्यामा तह हुनु पर्ने आफुहरु माग रहेको भन्दै त्यसो नभएको खण्डमा आफुहरुले अस्विकार गर्ने चेतावनी दिएका थिए ।
 
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री र काग्रेस सभापतिलाई सताको दम्भ देखाएर निर्वाचन घोषणा गरे असफल पारिदिने चेतावनी दिएका थिए । बैठक सम्बद्ध स्रोतका अनुसार प्रचण्ड र देउवा दुवै मोर्चाको नियत माथी सोमवार प्रश्न उठाएका थिए । सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार एक दुई दिन भित्रै पुन बसेर छलफल गर्ने आश्वासन प्रधानमन्त्री सोमवारको बैठकको अन्तयमा दिएका थिए । 

No comments:

Post a Comment