Saturday, January 28, 2017

२३ गते मधेशी मोर्चाले प्रर्दशन गर्ने

मधेशी मोर्चाले सविधान संशोधन परिमार्जन सहित पास गराउनका लागी र स्थानिय तहको पुर्नसंरचना सम्बन्धी प्रतिवेदनको विरोध स्वरुप आउदो २३ गते प्रर्दशन गर्ने निर्णय गरेको छ । हिजो र आज गरी बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो । २३ गते मधेशका सवै सदरमुकामहरुमा दिउसो प्रर्दशन गर्ने र वेलुकी कोणसभा स्थानिय तहको पुर्नसंरचना सम्बन्धी प्रतिवेदन जलाएर विरोध गर्ने  निर्णय गरेको छ । हिजो देखि तमलोपा पार्टी कार्यलयमा बसेको मोर्चाको बैठकले यो सहित समसामयीक राजनिती अवस्था वारेमा समेत समिकक्षा गरेका थिए ।

शुक्रवारको मोर्चा बैठकमा सरकारलाई माघ सम्मको अल्टीमेटन दिएर आन्दोलनमा जाने कुरा भए पनि मोर्चाले त्यसतो निर्णय औपचारिक रुपमै अहिले गरेको छैनन । मोर्चा सम्बद्ध रामसपाका महासचिव केशव झाका अनुसार २३ गतेको प्रर्दशन पश्चात मोर्चाले त्यस वारेमा औपचारिक धारणा बनाउने आन्तरिक समझदारी बनेको छ ।

वर्तमान सतारुढ गठवन्धनले सरकार बनाएको बेलामा गरेको ३ बुदे सहमती कार्यन्व्यन नभएको भन्दै मोर्चाभित्र तीव्र असन्तुष्टि चुलिएको छ । पछिल्लो समयमा सरकार द्धारा प्रस्तुत गरिएको संशोधन प्रस्ताव थप किचलो परे पछि मोर्चा अप्ठाएरोमा फसेको देखिन्छ । त्यही मोर्चा आउदो फागुन देखि पुन आन्दोलनमा जाने सक्ने सम्भावना वारेमा मोर्चाक शिर्ष नेताहरु पछिल्लो समयमा कसरतमा जुटेको देखिन्छ ।

No comments:

Post a Comment