Wednesday, January 18, 2017

आज मधेशमा वलिदानी दिवस मनाइयो

१० बर्ष अघि पहिलो मधेश आन्दोलनको क्रममा प्रथम सहिद रमेश महतो मारिएको दिन आज ५ माघमा मधेशै भरी वलिदान दिवस मनाइएको छ । ५ माघ ०६३ मा पहिलो मधेश आन्दोलनको क्रममा रमेश महतो मारिएको सम्झनामा प्रत्येक बर्ष वलिदानी दिवस मनाउन थालिएको छ ।  आन्दोलनरत मधेशी मोर्चाले महतो मारिएको सिरहाको लहान सहित मधेशका सवै जिल्लाहरुमा सहिदहरुप्रति श्रदान्जली अर्पण गरेर वलिदानी दिवस मनाएका छन । त्यसैगरी मधेशमा रहेका विभिन्न संघ संसथा तथा नागरिक समाजको तहवाट समेत विभिन्न कार्यक्रमहरु गरेर वलिदानी दिवस मनाइएको छ । मधेशी मोर्चाका शिर्ष नेताहरुको उपस्थितीमा सिरहाको लहानमा श्रदान्जली सभा आयोजना गरिएको थियो । तमलोपा अध्यक्ष महन्थ  ठाकरले काठमाडौ स्थित तमलोपाकै कार्यलयमा श्रदान्जली सभा गरेर सहिदहरु प्रति श्रदान्जली अर्पण गरेका थिए । सिरहाको लहानमै सिके राउत नेतृत्वको समुहले समेत छुटै श्रदान्जली सभा आयोजना गरेका थिए ।

तत्कालिन पुर्नस्थापित संसदले ०६३ माघ १ गते अन्तरिम सविधान जारी गरे पछि त्यसको विरुद्धमा मधेशमा आन्दोलन उठेको थियो तर त्यही आन्दोलनको क्रममा ५ माघ ०६३ मा सिरहाको लहानमा रमेश महतोको मृत्यू भएको थियो । १ माघ ०६३ मा प्रमुख दलहरुले अन्तरिम संविधान जारी गरे पछि उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालले काठमाडौको माइतीघर मण्डलामा उक्त सविधान जलाएका थिए । प्रहरीले यादव सहितका व्यक्तिहरुलाई पक्राउ गरे पछि त्यसको विरद्धमा मधेशमा आन्दोलन चर्किएको थियो ।

आन्द्योलन चर्कदै जादा महतो सहित ५ दर्जन जती मधेशी नागरिकहरु आन्दोलनमा साहादत्त दिएका थिए भने हजारौको संख्यामा मानिसहरु धाइतेहरु भएका थिए । प्रमुख दलहरु अन्तरिक सविधानमा संघियता उल्लेख गरे पछि आन्दोलन थामथुम भएको थियो । यद्यपी त्यसको एक साल पछि नै पुन मधेशमा दोस्रो आन्दोलन भएको थियो । दोस्रो मधेश आन्द्योलनको क्रममा सरकार संग ८ बुदे सहमती भए पछि फोरम सहितका मधेशी पार्टीहरु पहिलो सविधानसभामा भाग लिएका छन । जुन निर्वाचनवाट फोरम नेपाल, तमलोपा र सदभावना पार्टी वलियो रुपमा पहिलो सविधानसभामा देखिए । तर सविधान नै जारी नगर्दै पहिलो सविधानसभाको सकिए पछि दोस्रो सविधानसभाको निर्वाचनमा भयो जसमा फोरम , तमलोपा सहितका सवै मधेशी पार्टीहरु नराम्ररी पराजय व्योहोरे ।
 
दोस्रो सविधानसभामा मधेशी पार्टीहरु कमजोर भए पछि प्रमुख दलहरु गत वर्ष विगतमा मधेशी मोर्चा संग भएको सहमती वेगर नै नयां सविधान जारी गरे । मधेशी मोर्चा पुन आन्दोलनमा गए । ६ महिना भन्दा लामो बन्द रनाका अवरुद्ध जस्तो कडा आन्दोलनमा उत्रेको मधेशी मोर्चा पछिल्लो समयमा सरकार र प्रमुख दलहरु वार्ता प्क्रियामा सामेल भएका छन । मोर्चाको माग अनुसार सरकारले सविधान संशोधन गर्न प्रस्ताव दर्ता गराएको भन्छन । यद्यपी मोर्चा त्यस प्रति असन्तुष्ट देखिएका छैनन ।

No comments:

Post a Comment