Sunday, August 20, 2017

राजपाद्धारा पदाधिकारी बैठक आब्हान

संशोधनमा मतदान गर्न सवै पार्टीहरुलाई राजपाको लिखित आग्रह 

सरकारले संसदमा पेश गरेको सविद्यान संशोधन विद्येयकको छिनोफानो सोमवार लाग्ने भए पछि राजपाले मंगलवार पदाधिकारी बैठक बोलाएको छ । मधेशको माग सम्बोधन हुनेगरी सविद्यान संशोधन नभएको भन्दै यस अघि भएको दुई चरणको स्थानिय तहको निर्वाचनमा राजपा सामेल भएका थिएन । राजपाको माग सम्बोधनका लागी सरकारले सदनमा पेश गरेको संशोधन विद्येयक सोमवार टुगो लागाउने तयारी सरकारले गरेपछि राजपाले मंगलवार ६ भदौमा पदाधिकारी बैठक गर्ने निष्कर्ष निकालेको हो । उक्त पदाधिकारी बैठकले दुई नम्बर प्रदेशमा हुन गइरुहेको स्थानिय तहको निर्वाचनमा राजपाले भाग लिने वा नलिने कुराको टुगो लगाउने राजपा नेताहरुले दावी गरेको छ ।

Wednesday, July 26, 2017

मधेशको परम्परागत पेशामा पलायनको पहिरो

सामाजिक सम्मान र व्यावसायिक अनुकूलताको अभावमा मधेशको आर्थिक मेरुदण्डको रुपमा रहेका जातिगत पेशाहरूमा पलायनको पहिरो गइरहेको छ ।

तराई–मधेशको अर्थतन्त्रमा देखिएको फेरबदलमा जातीय पेशा परिवर्तनले संकटको अवस्था सिर्जना गरेको छ । जातिगत पेशाबाट मधेशको अर्थतन्त्र थेगिएको थियो । त्यसले जातीय अन्तरनिर्भरता पनि कायम गरेको थियो । जातको जञ्जालले मधेशी समाजमा पछौटेपनको कहर निम्त्याएको स्वीकारोक्ति हुदै गर्ला, तर जातीय पेशाहरूले निर्माण गरेको अर्थतन्त्र, त्यससँग जोडिएको गतिशीलता र अबको तयारीबारे पनि विमर्श आवश्यक छ । हिजो कुनै जातिविशेषले गर्ने कामलाई त्यही समूहले निरन्तरता दिन्थे । त्यो बन्धन खुकुलो हुँदा एक जातिको पेशा–व्यवसायहरूमा अन्य जातिहरूको आगमन पनि बढ्दो छ । यस अर्थमा जातीय पेशाहरूलाई व्यावसायिक अवसरको रूपमा फिंजाउनुपर्ने खाँचो पनि छ ।

Monday, July 24, 2017

राजपाद्धारा पदाधिकारी र केन्द्रिय कार्यसमिती बैठकको एजेन्डावारे आन्तरिक छलफल सुरु

आसन्न पदाधिकारी र केन्द्रिय कार्यसमितीको बैठकको एजेन्डा तय गर्ने गरि राष्टिय जनता पार्टी नेपालका नेतृत्वहरुले पार्टीका विभिन्न तहका नेताहरु संग छलफल सुरु गरेका छन । राजपा अध्यक्ष मण्डलले पार्टी दर्ता भएपछि पहिलो पटक पार्टीको पदाधिकारी र केन्द्रिय कार्यसमितीको बैठक आब्हान गरेको छ । आउदो १८ देखि २० गते सम्म केन्द्रिय कार्यसमितीको बैठक २१ गते देखि बस्दै छ । उक्त दुवै बैठकलागी एजेन्डावारे छलफल गर्न राजपाका अध्यक्षद्धय महन्थ ठाकुर र राजेन्द्र महतोले हिजो र आज गरि महासचिव, सहमहासचिव, कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता मध्ये काठमाडौमा उपलब्धहरु संग बैठक गरेका छन । त्यसैगरी भोली र पर्सी वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष,  र उपाध्यक्षहरु संग छलफल गर्न लागेको राजपाले जनाएको छ । यो दुवै छलफल पछि राजपाका अध्यक्ष मण्डल बसेर पदाधिकारी र केन्द्रिय कार्यसमिती बैठकको एजेन्डा तय गर्ने छन ।

Friday, July 21, 2017

राजपाद्धारा पदाधिकारी र केन्द्रिय कार्यसमितीको बैठक आब्हान

राजपाको अध्यक्ष मण्डलको हिजो देखि सुरु भएको बैठकले शुक्रवार पदाधिकारी बैठक र केन्द्रिय कार्यसमितीको बैठक बोलाउने निर्णय गरेको छ । शुक्रवार बैठक पछि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्धारा जारी गरिएको विज्ञिप्तमा पदाधिकारी बैठक आउदो १८ देखि २० सम्म र केन्द्रिय कार्यसमतीको बैठक २१ गते देखि सुरु गर्ने निर्णय गरिएको छ । बैठकमा जिल्ला तहका अध्यक्ष मण्डलका सदस्यहरुको समेत सहभागीता हुने विज्ञिप्तमा उल्लेख गरिएको छ ।

Thursday, July 20, 2017

राजपाको पदाधिकारी बैठक १४ गते र केन्द्रिय कार्यसमिती बैठक १८ देखि बोलाउने तयारी

निर्वाचनमा आयोगमा राष्टिय जनता पार्टी नेपाल विद्यिवत दर्ता भए अध्यक्ष मण्डलको बैठक विहिवार देखि सुरु भएको छ । गएको शनिवार मात्रै आयोयले राजपा नेपाललाई पार्टी दर्ताको वैद्यानिक जानकारी गराएको थियो । त्यसपछि विहिवार देखि सुरु भएको राजपाको अध्यक्ष मण्डल बैठकले पार्टी दर्ता पछिको कामहरुको वारेमा विस्तृत छलफल सुरु गरेको छ । निर्वाचन आयोगमा पार्टीले पेश गरेको विद्यान, घोषणा पत्रलाई अवको केन्द्रिय कार्यसमितीवाट पास गराउनु गर्ने प्रावद्यान छ । त्यही भएर विहिवार देखि सुरु भएको राजपा बैठक पदाधिकारी बैठक र केन्द्रिय कार्यसमितीको बैठक बोलाउने बारेमा छलफल सुरु गरेको छ । राजपाका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोका अनुसार विहिवारको बैठकमा पदाधिकारी बैठक आउदो १४ गते देखि १७ गते सम्म र केन्द्रिय कार्यसमिती बैठक १८ देखि २७ गते सम्म गर्ने प्रस्ताव गरिएको छ । यद्यपी यसको अन्तिम निर्णय भोली बस्ने अध्यक्ष मण्डलले गर्दै छन । यस अघि पार्टी एकिकरण भए पछि राजपाको विस्तारित केन्द्रिय कार्यसमिती बैठक १९ बैशाखमा परिचात्यमक रुपमा बसेको थियो ।

Tuesday, July 18, 2017

राजपाको ३२ बुदे घोषणा पत्र - स्वायत्ता देखि नागकिता हुदै गैरसरकारी संस्थाको कुरो

६ ओटा मधेशी पार्टीहरुले एकिकरण गरेर निर्माण भएको राष्टिय जनता पार्टी नेपाल हालै निर्वाचन आयोगमा दर्ता भएको छ । राजपा नेपाल दर्ताका लागी हाल तयार पारेको पार्टीको घोषणा पत्रले ३२ कुरामा प्रतिबद्धता व्यक्त गरेको  छ । आयोगमा दर्ता हुनु भन्दा महिनौ आन्तरिक मतभेदका कारण पनि राजपाको विद्यान र घोषणा पत्रलाई चासो पुर्वक हेरिएको थियो । सार्वजनिक रुपमै आएको विवादको कुरा अनुसार राजपाले आफनो घोषणा पत्रमा मधेश आन्द्योलनको रुपमा रघुनाथ राय देखि नेपाद सदभावना परिषद, नेपाल सदभावना पार्टी, फेरम नेपाल देखि तमलोपा सहित फोरम गणतान्त्रिकको अस्तीत्वलाई स्विकार गरेको छ । यसको साथै राजपाले आफनो घोषणा पत्रमा स्वायत्तताको देखि नागरिकता, भाषा, परराष्ट निती, मौलिक हक देखि सुचनाको हक सम्मको कुरा गरेको छ । उत्तरी छिमेकीको वारेमा खासै टिप्पणी नगर्ने गरेको मधेशी पार्टीहरुको परिपाटीलाई तोडदै राजपाले चिनसंगको सम्बन्धलाई अझै व्यहवारिक बनाउनु पर्ने माग गरेको छ । यद्यपी उनले भारसंगको विशेष सम्बन्धलाई प्राथमिकतामा राखेको देखिन्छ ।
पढनुस राजपाको घोषणा पत्रको पुर्ण अंश-

राजविराजमा डोम समुदायको भेला

तराई मधेशको सबै भन्दा पिछडिएको भनिएको डोम समुदायका अगुवाहरुले राजविराजमा भेला गर्दै सरकारी सेवामा आरक्षणको माग गरेको छ । डोम उत्थान समाज सप्तरीका अध्यक्ष युक्ति मरिकको अध्यक्षता भएको उक्त भेलाले डोम समुदायको मागहरुको वारेमा ११ बुदे घोषणा पत्र समेत सार्वजनिक गरेको छ । संविधानमा व्यवस्था भएको दलितको हक, सामाजिक न्यायको हक र छुवाछुत विरुद्धको हक अन्तर्गत ११ वुँदे घोषणा पत्र जारी गरिएको डोम उत्थान समाज सप्तरीले जनाएको छ । डोम उत्थान समाज सप्तरी र दलित जनकल्याण युवा क्लव लहानको संयुक्त आयोजनामा उक्त भेला आयोजना गरिएको थियो ।

Sunday, July 16, 2017

जनकपुर अन्चल अस्पतालमा भइरहेको अनियमिता वारेमा स्थानिय अगुवा युवाहरुको सरोकार

जनकपुर क्षेत्रमा प्रसिद्ध रहेको अन्चल अस्पतालमा भइरहेको अनियमितावारेमा स्थानिय अगुवा युवाहरुले सरोकार देखाएका छन । आम नागरिकको स्वाथ्य जस्तो महत्वपुर्ण क्षेत्रसंग सम्बन्धीत रहेकाले मधेश अधिकार संघर्ष समिती सहितका अगुवा युवाहरुले अस्पतालमा भइरहेको अनियमिततावारेमा चासो पुर्वक अगाडी आएका हुन । केहि समय अघि अस्पतालकै एक कर्मचारीले अन्चल अस्पताल सरकारी भएर पनि निजी क्षेत्रको नसिंगहोम जस्तै रकम विरामीहरु संग असुल गरिरहेको विवरण समाजिक संन्जालमा सार्वजनिक गरेका थिए । अन्चल अस्पतालका कर्मचारी एकानन्द सिंहले उक्त विवरण सार्वजनिक गरे बापत उनलाई अस्पताल प्रशासनले स्पष्टीकरण सोध्नुको साथै उनको करार नियुक्तिलाई कानुनतह १ साउन देखि थप्नु पर्ने म्याद थपेका छैन ।

Saturday, July 15, 2017

निर्वाचन आयोगमा राजपा दर्ता

राष्टिय जनता पार्टी नेपाललाई निर्वाचन आयोगले कानुनतह पार्टीको रुपमा दर्ता गरेको जनाएको छ । शनिवार ३१ असारमा आयोगले राजपालाई नयां पार्टीको रुपमा दर्ता गरेको हो । यस अघि २३ असारमा राजपाका अध्यक्षहरुले आयोग पुगेर पार्टी दर्ताका लागी निवेदन  पेश गरेका थिए । उक्त निवेदनको आधारमा आयोगले पुन पार्टी दर्ताका लागी विभिन्न दस्तावेजहरु माग गरेका थिए । त्यस पछि २८ असारमा राजपाका संयोजक महन्थ ठाकुर आयोग पुगेर नर्या पार्टीको विभिन्न दस्तावेजहरु आयोगलाई हस्तानान्तर गरेका थिए ।  त्यस पछि आयोगले  त्यसलाई छलफल गरेर शनिवार पार्टी गरेको जनाउ राजपाका नेताहरुलाई बोलाएरै गराएका थिए ।

Friday, July 14, 2017

राजपाद्धारा निर्वाचन आयोगमा आवश्यक सम्पुर्ण कागजात पेश ।

आउदो हप्ता आयोगले पार्टी दर्ताको प्रमाण पत्र दिदै 

पार्टी दर्ताका लागी निर्वाचन आयोगमा निदेवदन दिएको राष्टिय जनता पार्टीले आयोगले माग गरे बमोजिमको कागजातहरु पेश गरेका छन । वुधवार राजपाका संयोजक महन्थ ठाकुरको नेतृत्वमा गएको राजपाका नेताहरुले आयोगले माग गरे बमोजिमको दस्तावेजहरु विस्तृत रुपमा बुझाएको हो । राजापाका नेता लक्ष्मणलाल कर्ण भन्छन, कानुनतह पार्टी दर्ताका लागी आवश्यक पर्ने सम्पुर्ण कागजातहरु निर्वाचन आयोगमा पेश भइसकेको छ ।

Tuesday, July 11, 2017

किन हार्‍यो समाजवादी फोरम ?

जितेन्द्र साह-  विराटनगर  
दोस्रो चरणको निर्वाचनमा सहभागी संघीय समाजवादी फोरमले मधेसी बहुल मोरङ, सुनसरी र झापाकै गाउँ एवं नगरमा अपेक्षित परिणाम ल्याउन सकेन । उसले धेरै स्थानमा वडास्तरकै जितमा सन्तोष गर्नुपर्यो । निर्वाचनमा सहभागी हुने नहुने अन्योलका कारणले पर्याप्त गृहकार्य गर्न नसक्नु, एक्कासि आन्दोलन छाडेर चुनावमा जाँदा जनताले विश्वास नगर्नु, स्थानीय समृद्ध भाषाहरूको साटो हिन्दीलाई महत्त्व दिनु र अति जातिवादी सोच उसको हारको कारण मानिएको छ ।

Sunday, July 9, 2017

यस्तो बन्दै राजपा नेपाल पार्टी ।

एक व्यक्ति दुई कार्यकाल भन्दा बढी अध्यक्ष पदमा बस्न पाइने छैन । महाधिवेशन पछि पनि अध्यक्ष मण्डल कायमै रहने । 

६ ओटा मधेशी पाटीृहरुले एकिकरण गरेर बनाएको राष्टिय जनता पार्टी नेपाल अन्न्तह आफनो पार्टीको विद्यँन निर्माण गर्न सफल भएको छ । जसले उक्त पार्टीको अगामी स्वरुपलाई मुर्त रुप दिने छन । लामो आन्तरिक रस्साकस्सी पछि गएको शुक्रवार राजपाका शिर्ष नेताहरुले हस्ताक्षर गरेर निर्वाचन आयोगमा बुझाएको विद्यान अनुसार एकिकृत राजपा अवको एक बर्ष भित्र एकिकरण महाधिवेशन गर्ने छ । उक्त महाधिवेशन सम्मका लागी अन्तरिम भनिएको विद्यान अनुसार राजपा नेपालको निर्णइ गर्ने सम्पुर्ण अधिकार अध्यक्ष मण्डलमा गएको छ । प्रस्तावित विद्यानले राजपाको अध्यक्ष कुनै एक व्यक्तीले दुई कार्यकाल भन्दा वढी गर्न पाउने छैनन । भने महाधिवेशन पश्चात समेत अध्यक्ष मण्डलको संरचनागत ढाचालाई निरन्तरता दिने छन ।

Saturday, July 8, 2017

सप्तरी वाढी पिडितलाई संयुक्त मधेश संर्घष समितीको सहयोग

पछिल्लो एक हप्ता यता सप्तरीमा आएको वाढीले पिडित परिवारलाई जनकपुरमा सक्रिय संयुक्त मधेश संघर्ष समितीले राहत प्रदान गरेका छन । शनिवार समितीका पदाधिकारीहरु आफै सप्तरी पुगेर त्याहाको मैनाकरी र रधुनाथपुरका पिडित परिवारलाई राहत स्वरुप विभिन्न साम्रगीहरु वाडेका थिए । समितीले पछिल्लो केहि समय यता समाजिक सन्जाल मार्फत देश र विदेशमा रहेका आम मधेशी समुदायलाई सप्तरीका वाढी पिडितहरुलाई सहयोग गर्न अपिल गर्दै आएका छन । शनिवार समितीका संयोजक धर्मेन्द्र  साह, सहसंयोजक सरोज मिश्रा सहितको टोली सप्तरी पुगेर र राहत विरतण गरेको समितीका सल्लाहकार मनोज साहले बताए ।

Friday, July 7, 2017

राजपाको निर्वाचन आयोगमा पार्टी दर्ता प्रक्रिया सुरु ।

गएको सोमवार देखि सुरु भएको राजपाको बैठकले अन्नतह शुक्रवार पार्टी दर्ताको प्रक्रिया निर्वाचनमा प्रारम्भ गरेको छ । शुक्रवार दिउसो राजपाका शिर्ष नेताहरु आफै निर्वाचन आयोग पुगेर पार्टी दर्ताका लागी निवेदन र आवश्यक दस्तावेजहरु वुझाएका छन । गएको बैशाख तत्कालिन मधेशी मोर्चाको ७ घटक मध्ये ६ ओटा पार्टीले एकिकरण गर्दै राष्टिय जनता पार्टी नेपालको घोषणा गरेका थिए । त्यस पछि पार्टी विद्यान, घोषणापत्र लगायतका दस्तावेजमा आन्तरिक मतभेद देखिए पछि दर्ता प्रक्रिया लम्बिएको हो । गएको सोमवार सुरु भएको अध्यक्ष मण्डलको बैठक भोली पल्टै मंगलवार पार्टी दर्ताको प्रक्रिया अघि वढाउने निष्कर्ष निकालेका थिए । तर अध्यक्ष मण्डलका केहि सदस्यहरु विद्यान, घोषणापत्र लगायतका कागजातहरु समेटिने कुराहरु माथी आ आफना अडानहरु राख्न थाले पछि उक्त प्रक्रिया शुक्रवार मात्रै सुरु भएको छ ।

Monday, July 3, 2017

पार्टी दर्ता प्रक्रिया अघि वढाउने राजपाको निष्कर्ष

सोमवार देखि सुरु भएको राष्टिय जनता पार्टी नेपालको पहिलो दिनको बैठकले पार्टी दर्ताको प्रक्रिया अघि वढाउने निष्कर्ष निकालेको छ । मधेशी मोर्चामा आबद्ध ६ ओटा पार्टीहरु एकिकरण गर्दै राष्टिय जनता पार्टी, राजपाको घोषणा गरेका थिए । गएको ७ बैशाखमै पार्टी एकिकरणको घोषणा भए पनि हाल सम्म पार्टी दर्ता नहुदा राजपाको शिर्ष नेतृत्वहरुको वारेमा विभिन्न टिप्पणीहरु हुदै आएको थियो । सोमवार देखि सुरु भएको राजपाको बैठकले पहिला पार्टी दर्ताको काम अघि वढाउने र त्यस पछि मात्रै अन्य विषयमा छलफल गर्ने निष्कर्ष निकालेको नेताहरुले बताएका छन । राजपा अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले भने, भोली हामीले पार्टी दर्ता सम्बन्धी सम्पुर्ण दस्तावेजहरुलाई अन्तिम रुप दिदै छौ । भोली मंलगवार विहान ११ बजे पुुन राजपाको बैठक त्यसका लागी बोलाइएको छ ।

Sunday, July 2, 2017

राजपाको बैठक भोली बस्दै ।

दुई नम्बर प्रदेश बाकहेका अन्य सवै क्षेत्रमा स्थानिय तहको निर्वाचन सरकारले गराए पछि राजपा आफनो अगामी रणनिती वारेमा छलफल गर्न बैठक बोलाएको छ । विना संविधान संशोधन आफुहरु निर्वाचनमा नजाने अडानमा रहेको राजपाकै आन्दोलनका कारण सरकारले १ असारमा २ नम्बर प्रदेशको निर्वाचन असोजमा सार्ने निर्णय गरेको दावी गर्दै आइरहेका छन । यद्यपी राजपाले निर्वाचन सार्ने आफुहरुको माग नभएको भन्दै सरकार दाबीलाई अस्विकार गर्दै आएका छन । सरकारले राजपाको समर्थन विनै मधेशका जिल्लाहरु समेत पर्ने प्रदेशहरु १ र ५ नम्बरमा निर्वाचन गराए पछि २ नम्बर प्रदेशको निर्वाचन र राजपाको अगामी रणनितीलाई चतर्फी चासो पुर्वक हेरिएको छ । दोस्रो चरणको निर्वाचन १४ असारमा सम्पन्न भए पछि राजपाले पहिलो पटक बैठक बोलाएको छ ।

Friday, June 30, 2017

रक्षात्मक राजपा

निर्वाचन वहिष्कार सहित आन्दोलनमा उत्रेको राष्ट्रिय जनता पार्टी प्रतिरक्षात्मक अवस्थामा पुगेको छ । 

१ असारमा सरकारले २ नम्बर प्रदेशको निर्वाचन २ असोजमा गर्ने निर्णय गर्दै पूर्वनिर्धारित २ गतेको मनोनयन दुई दिन पछि सार्यो । त्यसप्रति पनि असन्तुष्ट हुदै राजपा नेताहरु ३ असारमा आन्दोलन गर्न भनेर मधेस लागे । त्यसै दिन नवलपरासीमा चुनाव विरोधी सभा गरिरह“दा वातावरण तनावग्रस्त भयो र प्रहरीले रबरको गोली चलाउनुपर्ने अवस्था आयो । उक्त घटनापछि धेरैले ४ असारको मनोनयन प्रभावित हुने आकलन गरेका थिए । तर उक्त मनोनयनमा राजपाकै नेताहरुकै सक्रियता देखियो । रुपन्देहीमा सर्वेन्द्रनाथ सुक्ला, कमलेश्वर पुरी र कपिलवस्तूमा वेजेश गुप्ता निर्वाचन प्रचारमै खटिए ।

Monday, June 26, 2017

पानको शान

मिथीलाको पहिचान झल्काउने पान बेचेर तरक्की गरेका जनकपुरका एक स्थानिय व्यापारीको कथा ।  


जनकपुरमा थुप्रै पान पसल छन् तर कैलाश पान पसल सबैभन्दा बढी ग्राहक आउने थलो हो । जनकपुरको जनक चौकमा अवस्थित यो पान पसल जनकपुरीयाहरुको लागि मात्र नभई पानका पारखीहरु माझ निकै प्रचलित छ ।  आफ्नै नामबाट पान पसल चलाएका कैलाश साहलाई पानले दामसंगै प्रसिद्धि दिएको छ । ५३ बर्षीय साह प्रत्येक दिन विहानै ७ बजे पान पसल खोल्छन् । त्यसपछि दिनभरी पान लगाउनबाट फुर्सद हुदैंन उनलाई ।  सरकारी कर्मचारी, व्यापारी, कलाकार, पत्रकार, नेता सबैखाले पानका शौखिन ग्राहकहरुले साहको हातबाट लगाइने पान खान पसल धाउने गर्छन् । विहे र विभिन्न पार्टीहरुमा समेत साहको पसलबाट विशेष रुपमा पान पठाउन अर्डर दिने गरिन्छ ।

Friday, June 16, 2017

निर्वाचन सार्ने सरकारको निर्णय राजपाद्धारा अस्विकार ।

आन्द्योलन जारी राख्ने । 

सरकारले प्रदेश नम्बर २ को निर्वाचन सारेर असोजमा गर्ने गरेको निर्णयलाई राष्टिय जनता पार्टी नेपालले अस्विकार गरेको छ । राजपाको शुक्रवार बसेको बैठकले सरकारको निर्णय अस्विकार गर्दै घोषीत आन्दोलनका कार्यक्रम यथावत राख्दै आउदो ४ गते मधेश थरुहट बन्दको आब्हान समेत गरेको छ । सरकारले २ नम्बर प्रदेशको निर्वाचन सार्दै अन्य प्रदेशका २ असारको उम्मेदवारी मनोयनलाई ४ असारमा गर्ने निर्णय समेत गरेको थियो । राजपाको बैठकले मधेशका पुर्व र पश्चिमका थरुहट सहित लिम्बुवान क्षेत्रमा समेत निर्वाचन सारेर सविधान संशोधन हुनु पर्ने निष्कर्ष निकालेको छ ।

Tuesday, June 13, 2017

दोस्रो चरणको निर्वाचन विरुद्ध राजपाको आमहडताल सुरु

आफुहरुको माग सम्बोधन नगरी सरकार र प्रमुख दलहरु स्थानिय तहको निर्वाचन गराउन लागेको भन्दै राष्टिय जनता पार्टी नेपालले मंगलवार देखि तराई मधेश सहितका क्षेत्रमा आमहडताल सुरु गरेको छ । गएको आइतवार राजपाले आन्दोलन घोषणा गर्दै स्थानिय तहको आसन्न दोस्रो चरणको निर्वाचनमा समेत भाग नलिने र त्यसको विरुद्धमा आन्दोलन गर्ने जनाएको थियो । घोषीत आन्दोलनको कार्यक्रम अनुसार राजपाका नेताहरुले मंगलवार विहानै देखि आमहडताल गराउन उत्रिएका थिए । तराई मधेशको पुर्व विराटनगर देखि पश्चिममा नेपालगंन्ज सम्म बन्दको प्रभाव परेको राजपाले जनाएको छ ।

Monday, June 12, 2017

राजपाका पाच ओटा अध्यक्ष भोली देखि मधेशमा आन्दोलनको कमाण्ड गर्ने

सोमवार मधेशमा राजपाद्धारा मसाल जुलुस । भोली देखि ४ दिने आम हडताल 

स्थानिय तहको दोस्रो चरणको निर्वाचन विरुद्ध आन्दोलनको घोषणा गरेको राष्टिय जनता पार्टी नेपाल आफना ५ जना अध्यक्षहरुलाई भोली देखि मधेशमा आन्दोलनको नेतृत्व गर्न खटाउदै छन । आइतवार राजपाले घोषणा गरेको आन्दोलन कार्यक्रम अनुसार भोली मंगलवार देखि ४ दिने आम हडतालत तराई मधेश क्षेत्रमा हुदै छ । निर्वाचनको उम्मेदवारी मनोयन कार्यक्रमलाई लक्षित गरेर घोषणा गरिएको ४ दिने आम हडताल अघि सोमवार राजपाले तराई मधेशका सवै सदरमुकामहरुमा मसाल जुलुस निकालेका थिए । मसाल जुलुसमा रानपाका नेताहरुले राष्टिय झण्डा समेत बोकेका थिए ।

Sunday, June 11, 2017

राजपाद्धारा दोस्रो चरणको निर्वाचन लक्षित बन्द हडताल घोषणा

राजपा सहितको संघिय गठवन्धनले आफुहरुको माग पुरा नभएको भन्दै दोस्रो चरणको स्थानिय निर्वाचनमा समेत भाग नलिने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन । आइतवार पत्रकार सम्मेलन गरेर राजपा र गठवन्धनका संयोजक महन्थ ठाकुरले सतारुढ पक्षहरु संगको पछिल्लो संवाद असफल भएको भन्दै आन्दोलनमा जान लागेको जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा ठाकुरको हस्ताक्षरमा जारी गरिएको गठवन्धनको विज्ञिप्त अनुसार दोस्रो चरणको निर्वाचनको उम्मेदवारी मनोयन देखि मतदान सम्मका कार्यक्रमहरु लाई लक्षित गरेर बन्द, हडताल घोषणा गरिएको छ ।

Thursday, June 8, 2017

आन्दोलनका लागी परिचालन समिती गठन गर्न संघिय गठवन्धनको निर्देशन

राजपा सहितको संघिय गठवन्धनले निर्वाचनलाई लक्षित गरेर आन्दोलन गर्न स्थानिय स्तरमा परिचालन समिती गठन गर्न निर्देशन दिएको छ । २५ जेठ विहिवार राजपा र गठवन्धनको घोषीत विरोध कार्यक्रम सकिए लगत्तै संयोजक महन्थ ठाकुरले एक विज्ञिप्त निकाल्दै स्थानिय तहमा वडा सम्म र निर्वाचनका लागी लागी सरकारले निर्धारण गरेको वुथ केन्द्रित आन्द्योदन परिचालन समिती गठन गर्न निर्देशन दिएको छ ।

संशोधन बिना निर्वाचन अस्वीकार – महन्थ ठाकुर

जनकपुर -  राजपाका  संयोजक महन्थ ठाकुरले संविधान संशोधन नहुन्जेल राष्ट्रिय जनता पार्टी नेपालले कुनै पनि निर्वाचन स्वीकार नगर्ने बताएका छन । गएको मंगलवार मात्रै प्रधानमन्त्रीको निर्वाचनमा ३ बुदे सहमती गरेर भाग लिएको राजपा माथी विभिन्न आशंकाहरु व्यक्त भइरहदा ठाकुरले यस्तो बताएका हुन ।
ठाकुरले आफुहरुको माग बमोजिम सविधान संशोधन नगरिकन मधेश तराईमा चुनाव गराउन खोजीए आफुहरुको त्यसमा अवरोध समेत खडा गर्ने चेतावनी दिए ।

Tuesday, June 6, 2017

सतारुढ गठवन्धनद्धारा राजपा र फोरम नेपाल संग पुन तीन बुदे सहमती ।

नेपाली काग्रेस र मओवादी केन्द्रको वर्तमान सतारुढ गठबन्धनले मधेशी पार्टीहरु संग पुन तीन बुदे सहमती गरेको छ । गठवन्धनको तर्फवाट नेपाली काग्रेसको सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा मंगलवार बन्न लाग्दा यस्तो सहमती भएको छ । यही गठबन्धनले गएको साउनमा समेत मधेशी मोर्चा र संघिय गठवन्धनसंग तीन बुदे सहमती गरेको थियो । त्यती वेला प्रचण्ड प्रधानमन्त्री बन्न लागेका थिए । मंगलवार पुन सतारुढ गठवन्धनले गएको साउनमा भएको ३ बुदे सहमती कार्यन्वयन र स्थानिय तहको संख्या वढाउने गरी नयां सहमती गरेको हो ।

Monday, June 5, 2017

राजपा आन्तरिक छलफलमा

नेपाली काग्रेसको सभापति शेरबहादुर देउवा भोली प्रधानमन्त्री बन्ने लगभग पक्का भइसकेको अवस्थामा राष्टिय जनता पार्टी कसरी अघि वढने वारेमा आन्तरिक छलफल गरिररहेको जनाएको छ । पछिल्लो समयमा पार्टी दर्ता देखि दोस्रो चरणको निर्वाचन सम्मको सन्दर्भमा राजपाले लिने निर्णयलाई चौतर्फी जिज्ञासाका साथ हेरिएको छ । गएको शनिवार काग्रेसका सभापति सहितका शिर्ष नेताहरुले राजपालाई औपचारिक रुपमै डाकेर समर्थन गर्न र निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए । यद्यपी राजपाले आफुहरुको माग सम्बोधन नहुन्जेल सम्म आफुहरु समर्थन गर्न अगाडी नवढने र निर्वाचनमा समेत नजाने बताएका थिए । यद्यपी अनौपचारिक तहमा सहमतीको प्रयास विभिन्न तहमा भइरहेको नेताहरुले बताएका छन । हिजो आइतवार मात्रै काग्रेस सभापति देउवाले राजपाका संयोजक महन्थ ठाकुरसंग फोनमा कुराकानी गरेका थिए भने नेता विमलेन्द्र निघिले भेटेरै छलफल गरेका थिए ।

Sunday, June 4, 2017

मधेसको माहोल

राजनीतिक दलहरूबीच दोस्रो चरणको निर्वाचनका लागि सहमति नबन्दा मधेश अन्योलता छाएको छ । 

जनकपुर - जनकपुरको रामानन्द चोकमा लहरै रहेका चिया पसलहरूमा अचेल झन् भीडभाड छ । बिहानदेखि बेलुकीसम्म हुने जमघटमा मुख्य चर्चाको विषय हुन्छ, दोस्रो चरणको निर्वाचन, राजपाको आन्दोलन, उपेन्द्र यादवको निर्वाचनमा सहभागिता र प्रमुख दलहरूबीच  काठमाडौमा हुने छलफल र वार्ता ।

चुनाव होला कि नहोला ? राजपाले चुनावमा सहभागी हुन्छ कि हुदैन ? आदि यस्तै विषयहरूमा ‘चिया गफ’ चलिरहेको हुन्छ । चिया गफमा रमाइरहेका युवा मनोज साह निर्वाचन र राजपाको आन्दोलन दुवैप्रति संशय व्यक्त गर्दै थिए । कतारको एउटा कन्स्ट्रक्सन कम्पनीमा फाइनान्स म्यानेजरको रूपमा कार्यरत साह पछिल्लो एक महिनादेखि बिदामा घर आएका छन् । उनी भन्छन्, ‘मधेश आन्दोलनलाई राजनीतिक रूपमा सम्बोधन नगरी प्रमुख दलहरूले पेलेर अघि बढे चुनाव हिंसात्मक हुन सक्छ ।’

३१ वैशाखमा तीन वटा प्रदेशमा निर्वाचन सम्पन्न भइसकेको छ भने दोस्रो चरणको निर्वाचन ३१ जेठबाट सरेर ९ असार हुँदै १४ असारमा हुने भएको छ । पटक पटक चुनाव सर्दै गरेको र दलहरूवीच सहमति नभइसकेको अवस्थामा जनकपुरमा अधिकांश एउटै प्रश्न गर्छन्, के दोस्रो चरणको निर्वाचन मधेशमा होला ?

Sunday, May 21, 2017

प्रधानमन्त्री विरुद्ध जनकपुरमा कालो झण्डा

संघिय गठवन्धनको बैठक भोली बस्दै । 

प्रधानमन्त्री पुष्पकमल दहाल विरुद्ध जनकपुरमा युवाहरुले कालो झण्डा सहित विरोध प्रर्दशन गरेका छन । आइतवार एउटा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री जनकपुर पुगेको वेला मधेश अघिकार संघर्ष समिती सहितका केहि युवा संगठनहरुले मधेशलाई धोका दिएको भन्दै कालो झण्डा देखाएर विरोध गरेका थिए । कालो झण्डा सहित विरोधमा उत्रेका संघर्ष समितीका संयोजक सरोज मिश्रा सहित ९ जनालाई स्थानिय प्रहरीले प्रकाउ समेत गरेका थिए । प्रकाउ परेका युवाहरुलाई केहि घण्टा पछि रिहा गरेका थिए ।

Friday, May 19, 2017

ठाकुर, यादव र गच्छदार विच संवाद सुरु

पछिल्लो समयमा एक आपसमा तिक्क्तापुर्ण अभिव्यक्ति दिदै आएको शिर्ष नेताहरु आपसी संवाद सुचारु गरेका छन । खासगरी संघिय गठवन्धनको नेतृत्व हेरफेर पछि महन्थ ठाकुर र राजपा नेताहरु तथा फोरम नेपालका अधयक्ष उपेन्द्र यादव विच वढी विवाद देखिएका थिए । पछिल्लो समयमा सवै मधेशी शक्तिहरु एक मत भएर अघि वढनु पर्ने आवाज मधेशका विभिन्न सरोकारवालाहरु मार्फत व्यक्त हुदै आएका थिए । ठाकुर समेतको सक्रियतामा संवादको अभ्यास थालीएको नेताहरुको दावी छ । पछिल्लो समयमा उपेन्द्र यादव र विजग गच्छदार संग संवाद सुचारु गरेर सौभाद्र वातावरणको निर्माणका लागी ठाकुरले राजपाका तीन जना अध्यक्षलाई नै खटाएको दावी राजपा सम्बद्ध नेताको भनाई छ । त्यही तीन जनाको गृहकार्य पश्चात शुक्रवार विहान ठाकुर र यादव विच एक्ला एक्लै कुराकानी भएको थियो । उक्त छलफलमा गच्छदारलाई समेत डाकिएको भए पनि उनी संग दिउसो पुन ठाकुर र यादव स्थानिय विकास मन्त्रालय पुगेर छलफल गरेका थिए । उक्त छलफलमा पनि तीन जना अध्यक्षहरु मात्रै थिए ।

Thursday, May 18, 2017

महन्थ ठाकुर, उपेन्द्र यादव र विजय गच्छदार विच भोली संयुक्त बैठक बस्दै

भोली नै मधेशी मोर्चा र संघिय गठवन्धनको समेत बैठक बोलाउने तयारी 

सतारुढ दलहरुले मधेशी पार्टीहरु संग गरेको सहमती विपरित संविधान संशोधनको सम्भावना अन्तय गरे पछि मधेशका तीन ओटै शिर्ष नेताहरु भोली संयुक्र रुपमा छलफल गर्दै छन । पछिल्लो समयमा एक आपसमै तिक्क्ताहरु व्यक्त गर्दै आएका मधेशी शिर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र विजय गच्दार विच भोली बैठक बस्दै छ । तीन शिर्ष नेताहरुले विना संशोधन सरकारले दोस्रो चरणको निर्वाचनमा अघि वढन थाले पछि मधेशी शक्तिहरु आपसमा एक भएर कसरी अगाडी वढने भन्ने वारेमा रणनिती बनाउन लागेका छन । खासगरी पछिल्लो समयमा मधेशी मोर्चा सम्बद्ध ६ ओटा पार्टीहरु एक भए पनि उपेन्द्र यादव संगको सम्बन्ध चिसिएको जस्तो देखिएको थियो । पछि संघिय गठवन्धनको नेतृत्व ठाकुरलाई सुम्पिए पछि यादव चिढिएका मात्रै थिएन वरु राजपाका नेताहरुप्रति विभिन्न कटाक्षहरु समेत गर्न भ्याएका थिए । राजपाका नेताहरुले यादवलाई निशाना पारेर केहि अभिव्यक्ति दिएपछि मधेशी शक्तिहरु एक आपसमा टाढिएका थिए ।

Wednesday, May 17, 2017

राजपाद्धारा काग्रेस र प्रधानमन्त्रीसंग छलफल

दोस्रो चरणको निर्वाचनमा राजपा विना संशोधन जान लागेको आश्य सहितका विभिन्न समाचारहरु सार्वजनिक हुन थाले पछि राजपाले नेपाली काग्रेस र प्रधानमन्त्रीलाइृ त्यसवारेमा आफनो औपचारिक धारणा सुनाएका छन । वुधवार काग्रेसका सभापति सहितका शिर्ष नेताहरु संग सिंहदरवार र प्रधानमन्त्रीसंग वालुवाटारमा भेटेर राजपाका अध्यक्षहरुले विना संशोधन आफुहरु निर्वाचनमा नजाजे आफनो औपचारिक धारणा सुनाएका थिए । राजपाका नेता राजकिशोर यादव भन्छन - हाम्रो वारेमा भ्रममा नपर्नुस, हामीले आफनो औपचारिक धारणा काग्रेस र प्रधानमन्त्रीलाई आज दिएर आएका छौ । दुइ दिन अगाडी मात्रै प्रधानमन्त्री पुष्पकमल दहालले राजपाका अध्यक्षहरुलाई वोलाएर संविधान संशोधन गर्न नसकेको गुनासा पोख्दै दोस्रो चरणको निर्वाचनमा सहयोग गरिदिन आग्रह गरेका थिए ।

Tuesday, May 16, 2017

राजपाका अध्यक्षहरु काग्रेस सभापति र प्रधानमन्त्रीलाई वुधवार भेटदै

                                                                                                                  फाइल फोटो
सोमवार प्रधानमन्त्रीले राजपाका अध्यक्षहरुलाई वोलाएर आफनो धारणा सुनाए पछि राजपाका नेताहरु त्यस माथी छलफल गरेर भोली वुधवार काग्रेस सभापति र प्रधानमन्त्रीलाई भेटदै छन ।  पहिलो चरणको निर्वाचन आइतवार सम्पन्न भएसंगै सोमवार विहानै प्रधानमन्त्री पुष्पकमल दहालले राजपाका अध्यक्षहरुलाइ डाकेर आफुले संशोधन चाह्दा चाह्दै पनि गर्न नसकेको गुनासो पोखेका थिए । प्रचण्डले मन्त्रीपरिषदवाट हुनै सवै कामहरु यही हप्ता गरिदिने र त्यसकै आधारमा दोस्रो चरणको निर्वाचनमा राजपालाई भाग लिन आग्रह गरेका थिए । प्रधानमन्त्रीको प्रस्ताव पछि राजपाका अध्यक्षहरुले आफुहरु छलफल गरेको जवाफ दिने बताएका थिए । राजपा स्रोतका अनुसार अध्यक्ष मण्डल हिजो दिउसो र आज गरी त्यसमाथी छलफल गरेका थिए । छलफल पछि भोली वुधवार राजपाका अध्यक्षहरुले नेपाली काग्रेसका सभापति र प्रधानमन्त्री दुवैलाई भेटेर आफनो धारणा सुनाउने सम्बद्ध स्रोतको भनाई छ ।

Monday, May 15, 2017

राजपा र प्रधानमन्त्री विच छलफल

राजपाद्धारा मधेशमा मोटरसाइकल जुलुस 

पहिलो चरणको निर्वाचन भएको भोली पल्टै प्रधानमन्त्री प्रचण्डले नवगठित राष्टिय जनता पार्टी राजपा संग छलफल गरेको  छ । विना सविधान संशोधन दोस्रो चरणको निर्वाचनमा भाग नलिने वताउदै आएका राजपा संग प्रधानमन्त्री वर्तमान सरकार गठन भएको वेला भएको सहमती सहित दोस्रो चरणको निर्वाचन सम्बन्धमा समेत छलफल गरेका थिए । प्रधानमन्त्री निवास वालुवाटार बैठकमा भएको उक्त छलफलमा प्रधानमन्त्री र राजपाको तर्फवाट अध्यक्षहरु मात्रै सहभागी थिए । राजपाका एक अध्यक्ष शरदसिंह भण्डारीले प्रधानमन्त्री संग आफुहरु बैशाखमा भएको भ्रद सहमती प्रति ध्यानाकर्षण गराएको बताए ।

Sunday, May 14, 2017

स्थानिय तहको निर्वाचन विरुद्ध मधेशमा प्रर्दशन

पहाडी भेगमा स्थानिय तहको पहिलो चरणको निर्वाचन भइरहदा तराई मधेशमा त्यसको विरुद्धमा प्रर्दशनहरु भएको छ । जनकपुरमा आन्दोलनको क्रममा सक्रिय रहेका युवाहरुको विभिन्न समुहहरुले आइतवार संयुक्त रुपमा चक्का जाम गरेका थिए । यता विना सविधान संशोधन निर्वाचनमा नजाजे बताउदै आएको नवगठित राजपालले समेत निर्वाचनको विरोधका कार्यक्रमहरु गरेका थिए ।

Friday, May 12, 2017

३ जेठमा राजपा दर्ता हुने ।

नवगठित राजपा पार्टी आउदो ३ जेठमा निर्वाचन आयोगमा दर्ता हुदै छ । ६ ओटा मधेशी पाटीहरु द्धारा एकिकरण पश्चात बनेको नया पार्टी राजपाको विद्यान र घोषणा पत्रहरु तयार भए पछि नेताहरु दर्ताको प्रक्रिया अघि वढाएका हुन । नवगठित राजपाको सचिवालयले विदान सहित अन्य सवै डकुमेन्टहरु तयार पारे पछि अध्यक्षहरु मण्डलले त्यसलाई दर्ताको प्रक्रियामा अघि वढाउन निर्देशन गरेको छ । शुक्रवार नेताहरु वृषेशचन्द्र लाल, केशव झा, मनिष सुमन, सीपी सिंह सहितको टोली निर्वाचन आयोग पुगेर राजपाले तयार पारेको विद्यान देखि घोषणा पत्र सहितका कागजातहरु प्रमुख निर्वाचन आयुक्तलाई देखाएका थिए ।

Thursday, May 11, 2017

राजपाको विद्यान र निती कार्यक्रम तयार

६ ओटा मधेशी पार्टीको एकिकरण पश्चात बनेको नवगठित राष्टिय जनता पार्टीले आफनो विद्यान र निती कार्यक्रम तयार पारेको जनाएको छ । गएको १९ बैशाखमा काठमाडौमा बसेको एकिकृत पार्टीको प्रथम विस्तारित बैठकले पार्टी संरचनागत संस्थागत कामहरु गर्ने जिम्मा अध्यक्षहरुलाई दिएको थियो । अध्यक्ष मण्डलले सचिवालय नयां पार्टीको दर्ताका लागी आवश्यक पर्ने विद्यान, घोषणा पत्र देखि अन्य कागजातहरु तयार पार्न निर्देशन दिएको थियो । राजपाको सचिवालय पछिल्लो केहि हप्ता यता त्यसमा काम गर्दै आएका थिए । सचिवालयका अनुसार विहिवार विद्यान सहित घोषणा पत्र लगायतका सवै कागजातहरुको अन्तिम रुप तयार भएको छ । भोली शुक्रवार सचिवालयले उक्त सवै कुरा अध्यक्ष मण्डललाई सुम्पने तयारी गरेको राजपाका नेताहरुले बताएका छन ।

Tuesday, May 9, 2017

संघिय गठवन्धन र प्रमुख दलहरु विच छलफल

नवगठित राजपा सहितको संघिय गठवन्धन र प्रमुख दलहरुका शिर्ष नेताहरु विच मंगलवार छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दहाल संग् वालुवाटार छलफल गर्न पुगेका गठवन्धन नेताहरु संग उक्त वार्तामा नेपाली काग्रेस र एमालेका समेत शिर्ष नेताहरु सहभागी थिए । विना सविधान संशोधन निर्वाचनमा नजाजे अडानमा रहेको गठवन्धन अगामी रणनिती वनाउनु पुर्व एकचोटी प्रधानमन्त्रीसंग छलफल गर्ने निष्कर्ष सोमवार निकालेका थिए । गठवन्धनले सरकार र सतारुढ दलहरुले आफुहरु संग गरेको वाचा अनुसार विना संशोधन नै निर्वाचन गराउन लागेको भन्दै धोका दिएको चेतावनी पछिल्लो समयमा दिदै आएका छन ।

Monday, May 8, 2017

संघिय गठवन्धनले भोली प्रधानमन्त्रीसंग छलफल गर्ने

विना संविधान संशोधन निर्वाचनमा भाग नलिने बताउदै आएका संघिय गठवन्धनले भोली मंगलवार प्रधानमन्त्री संग छलफल गर्ने भएको छ । पछिल्लो समयमा सरकारले आफुहरु संगको सहमती कार्यन्वयन नगरेको भन्दै आन्दोलनको चेतावनी दिदै आएको गठवन्धनको वैठक हिजो र आज गरी बसेको थियो । बैठकमा आन्दोलन घोषणा गर्नु पुर्व एक चोटी प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निष्कर्ष नेताहरुले निकालेको बताएका छन । राजपा नेता बृषेशचन्द्र लालका अनुसार मंगलवार गठवन्धनले प्रधानमन्त्रीलाई भेटेर विना सविधान संशोधन निर्वाचन नगराउन आग्रह गरिने छन । लाल भन्छन, हामीले एकचोटी उहालाई भनी दिने कुरा गरेका छौ । त्यस पछि मात्रै गठवन्धनले आफनो रणनितीलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन ।

Sunday, May 7, 2017

संघिय गठवन्धनको बैठक सुरु

उपेन्द्र यादवलाई संघिय गठवन्धनको संयोजकवाट निष्कासित गरेर महन्थ ठाकुरलाई संयोजकको जिम्मा दिए पछि गठवन्धनको बैठक सुरु भएको छ । विजुलीवजार स्थित राजपामा एकिकृत भएको तमलोपाको पार्टी कार्यलयमा आइतवार देखि महन्थ ठाकुरको अध्यक्षतामा बैठक सुरु भएको छ । हिजो शनिवार मात्रै गठवन्धनका नेताहरुको भेलाले उपेन्द्र यादव गठवन्धनको पुर्व निर्णय विपरित माग सम्बोधन नहुदै निर्वाचनमा भाग लिएको भन्दै यादवलाई कारवाही स्वरुप निष्कासित गर्दै ठाकुरलाई जिम्मा दिएको थियो । यद्यपी यादवले आफुलाई त्यसवारेमा अहिले सम्म कुनै जानकारी नै नभएको भन्दै त्यसको प्रतिवाद गर्दै आएका छन । ठाकुर संयोजक चयन भएसंगै गठवन्धनको तर्फवाट शनिवार नै विज्ञिप्ती जारी गर्दै सशोधन विना निर्वाचन नजाने भन्दै आन्दोलन घोषणा गर्ने चेतावनी दिएका थिए ।

Saturday, May 6, 2017

संघिय गठवन्धनको संयोजकमा महन्थ ठाकुर ।

निर्वाचनम भाग लिएको भन्दै उपेन्द्र यादवलाई गठवन्धनद्धारा कारवाही 

मधेशी मोर्चा सहितको जनजातीहरुको संघिय गठवन्धनले उपेन्द्र यादवलाई गठवन्धनको पुर्व निर्णय विपरित निर्वाचनमा भाग लिएको भन्दै कारवाही गर्दै राष्टिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई गठवन्धनको पनि जिम्मेवारी दिएको छ । विजुलीबजार स्थित पहिला तमलोपाको पार्टी कार्यलय रहेको स्थानमा आज बसेको गठवन्धनको बैठकले यस्तो निर्णय गरेको छ ।

Friday, May 5, 2017

राष्टपति र प्रधानमन्त्रीद्धारा राजपा संग छलफल

राष्टपति विद्ययादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दहाल नवगठित राष्टिय जनता पार्टी नेपालका नेताहरु संग छलफल गरेका छन । मधेशी मोर्चामा आबद्ध ६ ओटा पार्टीहरु द्धारा एकिकरण गरेर राजपा गठन भए पछि प्रधानमन्त्री र राष्टपतिले नवगठित पार्टीको धारणा र यी नेताहरुले पहिला देखि नै उठाउदै आएको सविधान संशोधन देखि स्थानिय निर्वाचन वारे छलफल गरेको नेताहरुले बताएका छन । मंगलवार राजपाको पहिलो बैठकमा निर्वाचनमा जान सक्ने नेतृत्वको सम्भावनाहरु प्रति केन्द्रिय सदस्यहरुले कडा आलोचना मात्रै होईन कि उपेन्द्र यादवको नेतृत्वको फोरम निर्वाचनमा गएको प्रति समेत कडा टिप्पणीहरु गरेका थिए । राजपाको मंगलवार बैठक सकिए लगतै वुधवार साझ प्रधानमन्त्रीले राजपाका अध्यक्ष मण्डलसंग छलफल गरेका थिए भने शुक्रवार साझ राष्टपति भण्डारीले छलफल गरेका छन ।

Wednesday, May 3, 2017

संशोधन नभए दोस्रो चरणको निर्वाचनमा नजाने उपेन्द्र यादवको भनाई

पहिलो चरणको निर्वाचनका लागी हिजो भएको उम्मेदवार मनोयनमा भाग लिएको प्रति विभिन्न टिकाटिप्पणी भइरहदा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले आफु संग गरेको वाचा अनुरुप सविधान संशोधन नभए दोस्रो चरणको निर्वाचनमा आफु भाग नलिने प्रष्टाएका छन । वुधवार दिउसो पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरेर यादवले प्रधानमन्त्रीले आफुलाई पहिलो चरणको निर्वाचन लगत्तै संशोधन गराउने आश्वासन दिएकाले आफु निर्वाचनमा भाग लिएको दावी गरे । यादव भने, यदी उहाहरुले वाचा अनुरुप संशोधन गर्न सक्नु भएन भने आफुहरु दोस्रो चरणको निर्वाचनमा भाग लिन्नौ र त्यसतो अवस्थामा पहिलो चरणमा भएको निर्वाचनको पनि कुनै अर्थ रहने छैनै । म यो कुरा प्रधानमन्त्रीलाई समेत प्रष्ट रुपमा भनीसकेका छौ, यादव भने, त्यती वेला हाम्रो पार्टी पुन आन्द्योलनमा उत्रन बाध्य हुनेछ ।
पत्रकार सम्मेलनमा वाडिएको प्रेस विज्ञिप्त

Tuesday, May 2, 2017

राजपाको पहिलो बैठक सम्पन्न

एकिकृत नयां पार्टीको संस्थागत गर्ने वारेमा ३ बुदे निर्णय 

मधेशी मोर्चा सम्बद्ध ६ ओटा पार्टीद्धारा घोषणा गरिएको एकिकरण पश्चात एकिकृत पहिलो बैठक मंगलवार सम्पन्न भएको छ । काठमाडौको कालिकास्थान स्थित अमृतभोग प्यालेसमा आयोजना गरिएको राजपाको पहिलो बैठकले ३ बुदे निर्णय समेत गरेको छ । एकिकरण पश्चात घोषणा गरिएको नर्या पार्टीको कानुनी प्रावद्यान बमोजिम ३ ओटा निर्णय गर्दै राजपाको अव दर्ता प्रक्रिया अघि वढने छ ।

Monday, May 1, 2017

राजपाको पहिलो बैठक भोली बस्दै

मधेशी मोर्चा सम्बद्ध ६ ओटा पार्टीहरु द्धारा एकिकरण गरेर घोषणा गरिएको राष्टिय जनता पार्टीको पहिलो बैठक भोली देखि बस्दै छ । काठमाडौको कालिकास्थान स्थित अमृतभोग पार्टी प्यालेसमा भोली ११ बजे देखि बैठक सूरु हुने नेता लक्ष्मणलाल कर्णले बताए । एकिकृत भए पछिको केन्द्रिय कार्यसमितीको संयुक्त र छुटा छुटै बैठकले एकिकृत भएको नर्या पार्टीको वारेमा औपचारिक निर्णय गनु पर्ने छ, जुन पार्टी दर्ताका लागी निर्वाचन आयोगमा पेश गर्नु पर्ने कानुनी प्रावद्यान छ ।

Sunday, April 30, 2017

कसरी भयो मधेशी मिलाप ?

सधै आपसी मतभेदमा रुमल्लिएको मधेश राजनितीमा मधेशी मोर्चा सम्बद्ध ६ पार्टीको एकिकरणले नया तरङ पैदा गरेको छ । कसरी सम्भव  भयो  यो एकीकरण ? 

६ बैशाख, अबेर राती मधेशी मोर्चाका पांच अध्यक्ष ( तमलोपा–महन्थ ठाकुर, सद्भावना–राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टी–शरदसिंह भण्डारी, तराई मधेस सद्भावना पार्टी–महेन्द्र यादव, फोरम गणतान्त्रिक–राजकिशोर यादव) ले एउटै पार्टी बनाउने निर्णय गरे । र, ७ बैसाखमा घोषणाको कार्यक्रम तय गरियो । 

७ बैसाख विहानैदेखि पांच अध्यक्षहरुले नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झालाई पनि नवोदित पार्टीमा मिसिन आग्रह गरे । तर झाले तत्कालका लागि उक्त एकीकरणमा सहभागी नहुने जवाफ फर्काए ।

घोषणा कार्यक्रम निर्धारित समयभन्दा दुई घण्टा ढिलो शुरु भयो । पांचै जना अध्यक्षले कार्यक्रममा बोले । पुछारमा तमलोपाका ठाकुर बोल्दै थिए । त्यही बेला झा टुप्लुक्क सभास्थल झुल्किए । हृदयेस त्रिपाठी र वशेषचन्द्रलालले उनलाई मञ्चमा डोराएर लगे भने राजकिशोर यादवले फुलमाला लगाइ दिए । केही घण्टा अघि एकीकरणमा तत्काल सामेल नहुने अडानमा रहेका झा किन एकाएक फेरिए । नेपाल सद्भावना पार्टीका महासचिव राजीव झा भन्छन्–‘आम मधेसी जनता र कार्यकर्ताको दवाब थेग्न नसकेपछि एकीकरणमा सहभागी भयौं ।’

Tuesday, April 25, 2017

राष्टिय जनता पार्टीको दर्ता वारेमा निर्वाचन आयोग संग छलफल

६ ओटा मधेशी पार्टीहरु द्धारा एकिकरण मार्फत घोषणा गरिएको नयां पार्टीको अधिकारिक दर्ता वारेमा राजपाका नेताहरु मंगलवार आयोगका पदाधिकारीहरु संग छलफल गरेका छन । लक्ष्मणलाल कर्णको नेतृत्वको गएको राजपाका नेताहरुको टोलीले पार्टी दर्ता प्रक्रिया देखि निर्वाचनका लागी लिने चुनाव चिन्ह सम्मको वारेमा आयोग संग जानकारी लिएका थिए ।

Monday, April 24, 2017

यसरी हुदैछ संस्थागत नयां एकिकृत मधेशी पार्टी - राष्टिय जनता पार्टी

गएको ७ बैशाखमा ६ ओटा मधेशी पार्टीहरु द्धारा एकिकरण गर्दै घोषणा गरिएको नयां पार्टी राष्टिय जनता पार्टी अव कसरी संस्थागत हुने छ ? यस अघि छुटा छुटै संरचनामा रहेको यी ६ ओटै पार्टीहरु कसरी एउटै पार्टीको रुपमा समायोजन हुदै छ ? यो तपाई हामी सवैको चासोको विषय हुन ? मधेश देखि काठमाडौ सम्म सवैलाई आश्चर्यचकित हुने गरि ६ बैशाखको अवेर राती मधेशी मोर्चामा आबद्ध ६ ओटा पार्टीका अध्यक्षहरु एकता गर्ने निर्णय गरे । र ७ बैशाखको दिउसो काठमाडौमा एएटा विशेष समारोहको आयोजना गरेर एकताको घोषणा गर्दै नयां पार्टी राष्टिय जनता पार्टीको घोषणा गरेका थिए । जसको चुनाव चिन्ह देखि झन्डा सहित सवै कुराहरु नयां राखिएको छ ।

Thursday, April 20, 2017

मधेशी मोर्चाका छ घटक द्धारा एकिकरण - नयां पार्टी घोषणा

नयां पार्टीको नाम राष्टिय जनता पार्टी 

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका ६ घटकले पार्टी एकिकरण गर्दै नयां पार्टीको घोषणा गरेका हुन । महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र यादव, राजकिशोर यादव र अनिल झाले पार्टी एकिकरण गर्दै नयां पार्टी राष्टिय जनता पार्टीको घोषणा गरेका हुन । मोर्चामा अहिले सम्म सात ओटा दलहरु थियो । उपेन्द्र यादव वाहेक अन्य पार्टीहरुले पछिल्लो केहि समय यता एकिकरणका लागी बाक्लो दौडधुपमा थियो । त्यही दौडधुपका परिणाम स्वरुप हिजो वुधवार अवेर राती सम्म शिर्ष मधेशी नेताहरुको बैठकले पार्टी एकिकरणको टुगो लगाएका थिए । वुधवार अवेर राती टुगो लागेको मधेशी पाटीृहरुको एकता विहिवार दिउसो राजधानीमा घोषणा गरिएको हो ।

पार्टीको नाममा ‘राष्ट्रिय जनता पार्टी’

Wednesday, April 19, 2017

थरुहट- थारुवान सयुक्त संघर्ष समितिद्धारा पनि निर्वाचन लक्षित बन्द हडताल घोषणा

मधेशी मोर्चा र संघिय गठवन्धनले निर्वाचल लक्षित बन्द हडताल घोषणा गरे संगै पश्चिम तराईमा सक्रिय थारु सम्बन्धीत संघ संस्थाहरुले समेत बन्द हडताल सहितका विरोध कार्यक्रम सार्वजनिक गरेका छन । मोर्चा र गठवन्धन झै थरुहट थारुवान संयुक्त समितीले सरकारद्धारा ल्याएको सविधान संशोधनलाई अमान्य भनेको छ ।
पढ्नुस् प्रेस विज्ञप्ती

Tuesday, April 18, 2017

राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी र राजकुमार लेखी विच एकिकरण

राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी र थारु अभियानी राजकुमार लेखीको नेतृत्वमा रहेको नागरिक समाजवादी पार्टी विच मंगलवार एकिकरण भएको छ । एमाले पृष्टभुमि भएका लेखी थारु कल्याणकारीणी सभाका पुर्व अध्यक्ष समेत हुन । कुनै वेला मधेश आन्दोलन र मधेशी पार्टीहरुको कटर आलोचक रुपमा आफुलाई प्रस्तुत गरेका लेखी थारु कल्याणकारी सभाको अध्यक्ष वाट निर्वतमान भए पछि आफनै नेतृत्वमा थारु केन्द्रित पार्टी खोलेका थिए । तर पछिल्लो समयमा ३ प्रतिशतको थ्रेसहोल्ड लागु गर्ने प्रावद्यान संसदले ल्याए पछि साना पार्टीहरु एकिकृत हुने थाले र त्यसको कसरत स्वरुप एकिकरणको दौडधुप बाक्लीएको देखिन्छ ।