Tuesday, December 27, 2016

तमलोपाद्धारा नवौ बार्षीकोत्सको उपलक्ष्यमा संकल्प दिवस

आन्दोलनरत मधेशी मोर्चाको एक घटक तराई मधेश लोकतान्त्रिक पार्टी, तमलोपाले आफनो नवौ बार्षीकोत्सव मनाएको छ । पार्टी आन्दोलनमा रहेको भन्दै गत बर्ष झै यस बर्ष पनि तमलोपाले यस अवसरमा कुनै औपचारिक कार्यक्रम नगरी पार्टीका केन्द्रिय द्खि स्थानिय तहलाई संकल्प दिवसको रुपमा मनाएको छ । तमलोपाका प्रवक्ता विमल श्रीवास्तवका अनुसार केन्द्रीय अध्यक्ष महन्थ ठाकुर सहितका नेताहरु काठमाडौ स्थित पार्टी कार्यलयमा संकल्प लिएका छन भन्ने जिल्ला जिल्लामा स्थानिय पार्टी कमिटीहरुले कार्यक्रम गरेर जिल्लाका नेताहरुले समेत सकंल्प लिएका छन ।

विस ०६४ सालमा नेपाली काग्रेसवाट विद्रोह गरेर महन्थ ठाकुरले तराई मधेश लोकतान्त्रिक पार्टीको गठन गरेका थिए । १३ पुष ०६४ मा घोषणा गरिएको तमलोपाले हरेक बर्ष १३ पुषलाई आफनो बार्षीकोत्वसको रुपमा मनाउने गर्छन ।
 
पार्टी गठन भए सगै दोस्रो मधेश आन्दोलन हुदै पहिलो सविधानसभामा गएको तमलोपा पहिलो सविधानसभामा पाचौ शक्तिको रुपमा उदाएको थियो । यद्यपी दोस्रो सविधानसभाको निर्वाचनमा यो पार्टी पनि नराम्ररी पराजय व्योहोर्न पुग्यो ।
 
पछिल्लो समयमा प्रमुख दलहरु सविधान जारी गरे पछि तमलोपा सहितको मधेशी मोर्चा त्यस विरुद्ध आन्द्योलन गर्दै आइरहेका छन ।

No comments:

Post a Comment