Tuesday, December 27, 2016

सतारुढ दलद्धारा मधेशी मोर्चा सामु निर्वाचनको प्रस्ताव

सतारुढ घटकहरु नेपाली काग्रेस र माओवादी पार्टीले संयुक्त रुपमा मधेशी मोर्चा सामु स्थानिय निकायको निर्वाचनमा जानका लागी सहमती दिन प्रस्ताव गरेका छन । मंगलवार प्रधानमन्त्री निवासमा भएको मधेशी मोर्चा र काग्रेस माओवादीको संयुक्त बैठकमा प्रमुख दुई घटकले यस्तो प्रस्ताव राखेको मोर्चाले जनाएको छ । बैकमा सहभागी तमसपाका नेता राम नरेश रायका अनुसार काग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड दुवैले निर्वाचनमा जानका लागी मोर्चासंग सहमती खोजेको थियो ।


यद्यपी मोर्चाका नेताहरुले आफुहरुको माग सम्बनेधन हुने गरी सविधान संशोधन नहुन्जेल आफुहरु निर्वाचनमा जान नसक्ने प्रष्टाएका थिए । सरकारले सदनमा सविधान संशोधन प्रस्ताव दर्ता गराए पछि प्रमुख विपक्षी एमालेले सदन अवरुद्ध गर्नुको साथै अन्दोलन गर्दै आइरहेका छन । यद्यपी सतारुढ घटकहरुले निर्वाचनका लागी विद्येयकहरुको संगै संशोधन विद्येयक पनि आफुहरु अघि वढाउने आश्वासन मोर्चालाई दिएका थिए । प्रमुख विपक्षीले संशोधनको विरुद्धमा उभिए पछि सतारुढ घटककहरु पछिल्लो समयमा दबाब झेल्दै आएका छन ।

मोर्चाका नेताहरुका अनुसार सताड काग्रेस माओवादीले निर्वाचनको मिती नै पहिलो घा्षणा गरेर विद्य्ेयकहरु अघि वढाउने योजना मा्ेर्चालाई सुनाएका थिए । जसमा मोर्चाले पनि समर्थन गरोस भन्ने उनीहरु चाहना थियो । यद्यपी मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतले त्यसलाई अस्विकार गरेका छन । मोर्चाले मिती घो्षणा हुनु भन्दा पुर्व सविधान संशोधन हुनु पर्ने आफनो अडान सतारुढ दलहरुलाई सुनाएका छन ।

No comments:

Post a Comment