Sunday, December 25, 2016

चिनको मधेश चासो

भू–राजनीतिक उतारचढावका कारण पछिल्ला केही वर्षमा मधेशमा उत्तरी छिमेकी चीनको पनि चासो बढ्दै गएको छ । 

गत वर्ष नयाँ संविधानप्रति असन्तुष्टि राख्दै मधेशवादी दलहरू आन्दोलनमा रहँदा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागका सहायक मन्त्री डोउ यिनयोङ नेतृत्वको पा“च सदस्यीय टोली काठमाडौं आयो । विभिन्न राजनीतिक शक्तिका अलावा मधेश केन्द्रित दलका नेतास“ग पनि भेट्ने चाहना राख्यो । काठमाडौंमा भएको भेटमा मधेशी नेताहरूसग संघीयताबारे गहिरो चासो राख्नुका साथै मधेश केन्द्रित दलहरूबारे पनि जिज्ञासा राखे चिनिया नेताले ।
 
प्रमुख दलहरू संविधान जारी गर्ने दिशामा बढेपछि मधेश केन्द्रित दलहरूले भारतसग जोडिएका नाकामा धर्ना थालेका थिए । काठमाडौं र पहाडलाई निशाना बनाएर ती धर्ना भएका थिए, जसले मधेशी दल र भारतप्रति तीव्र आक्रोस पैदा भएको थियो । मधेशी दलका कार्यकर्ताले अझ अगाडि बढेर तराईका मुख्य सहरहरूमा चीनको झण्डा नै जलाउन थाले । पहाडमा ‘ब्याक अफ इन्डिया’नारा लाग्दै गर्दा तराईमा ‘गो ब्याक चाइना’ लेखिएको प्लेकार्ड बोकेर चीन विरोधी प्रदर्शनसमेत भए । काठमाडौंस्थित चिनियाँ दूतावासले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासग त्यसबारे लिखित जानकारी मात्र मागेन, शीर्ष नेताहरूसग छलफल नै गर्न खोज्यो ।

मधेशी मोर्चाको बैठकमा यस विषयमा विवाद पनि भयो । आन्दोलन उत्कर्षमा रहेका बेला सप्तरीमा सम्पन्न मोर्चाको बैठकले चीनको झण्डा जलाइएकोमा आपत्ति नै जनायो । तथापि, पर्सा, सप्तरी, सुनसरीलगायत जिल्लामा चिनिया  झण्डा जलाउनेमा मोर्चाकै स्थानीय नेताहरू संलग्न थिए । चीनले मधेशी मोर्चा र नेपाल सरकारसँग पनि यस विषयमा गम्भीर चासो राखेपछि मधेश केन्द्रित दलका नेता केही सजग भने भए ।

वीरगन्जमा चीनको झण्डा जलाउने जुलुसको नेतृत्व गरेका फोरम गणतान्त्रिकका स्थानीय नेता सञ्जय यादव भन्छन्, ‘त्यस घटनापछि सरकारी पक्ष, मोर्चा नेतृत्व र चिनियाँ दुतावासले यति चासो देखाए कि हामी पनि डरायौं ।’सोही प्रकरणमा मुद्दा खेपिरहेका छन् यादव । प्रहरी र प्रशासनले उक्त घटना वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले गर्न लगाएको स्वीकार्न दबाब दिएको दाबी गर्छन् । प्रहरीले नै लेखेर ल्याएको बयानमा हस्ताक्षर गर्न दबाब दिइएको उनको भनाइ छ । तर, उनले स्वीकारेनन् ।
 
वीरगन्जबाटै सुरु भएको थियो, चीनको झण्डा जलाउने क्रम । चिनिया“ दूतावासले मोर्चामा आवद्ध दलहरूका अध्यक्षहरूको नाममै पत्र काटेर छलफलका लागि डाकेको थियो । तर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबाहेकले त्यसबारे चिनियाँ दूतावासलाई जवाफ दिएनन् । दूतावासमा भएको छलफलमा यादवसँग मोर्चाका अन्य दलसम्बद्ध दोस्रो तहका दुई नेता गएका थिए । चिनियाँ सरोकारपछि यादवले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उक्त काम गराएको बताउ“दै मोर्चा भित्र तीव्र असन्तुष्टि पोखे ।
 
सुनसरीमा चीनको झण्डा जलाएकामा मुद्दा खेपिरहेका सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहताको भनाइमा काठमाडौंलगायत पहाडमा मधेश आन्दोलनलाई बदनाम गराउने उद्देश्यका साथ भारतको विरोध गरिएपछि मधेशमा चीनविरोधी मनोविज्ञान निर्माण भएको थियो । उनका अनुसार सरकारले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने बताएपछि मधेशमा चीनविरोधी भावना बलियो भएर झण्डा जलाउने सम्मका क्रियाकलाप भएका हुन् ।
 
मधेश केन्द्रित दलहरू मधेशप्रति चीनको दृष्टिकोण बदल्ने कोशिसमा छन् । चीनले मधेशका मागप्रति सकारात्मक दृष्टिकोण राखोस् भन्ने उनीहरूको चाहना देखिन्छ । गत चैतमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली चीन भ्रमणमा जानुअघि मधेशी मोर्चाका नेताहरूले काठमाडौंमा चिनियाँ राजदूतलाई सामूहिक रूपमै भेटेर आफ्ना समस्याबारे अवगत गराउ“दै ज्ञापन पत्र दिएका थिए । चिनिया“ अधिकारीले ओलीसँग मधेशको विषय पनि उठाउन् भन्ने चाहना उनीहरूको देखिन्थ्यो । चीनबाट हरेक वर्ष उच्च राजनीतिक तहकोे नेपाल भ्रमण हुने गरेको छ । दुई वर्षयता त्यस्ता भ्रमण टोलीले मधेश केन्द्रित दलहरूसँग पनि भेटघाट र छलफल गर्न थालेका छन् ।

मधेश राजनीति र चिनियाँ चासो
 
डोउको टोलीसगको छलफलमा बसेका तमलोपा पूर्वमहामन्त्री गोविन्द चौधरी भन्छन्, ‘पछिल्लो समयमा मधेशी पार्टीहरू पनि महवपूर्ण राजनीतिक शक्तिका रूपमा देखिएकाले चीनले तिनीहरूसँग सम्बन्ध बढाउन खोजेको देखिन्छ ।’ मधेश आन्दोलन चलिरहँदा चीन भ्रमणमा गएका थिए, तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ता । उनका अनुसार पहिलो र दोस्रो मधेश आन्दोलनका बेला चीनले खासै चासो देखाएको थिएन । तेस्रो आन्दोलनमा भने चिनिया“ चासो सतहमै आयो ।
 
‘नयादिल्लीको जस्तो बेइजिङको राजनीतिक तहबाट खासै केही कुरा नआए भए पनि बौद्धिक वर्गले मधेश आन्दोलन र नयाँ संविधानविरुद्ध प्रकट भएको विरोधबारे चासो लिएको देखियो,’ गुप्ता भन्छन् । उनको भनाइमा भारतले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमार्फत तराईमा चीनको झण्डा जलाएर चीनविरोधी मनोविज्ञान निर्माण गर्न खोजेको बेइजिङको बुझाइ छ । 
 
पहिलो र दोस्रो आन्दोलनपछि मधेशको राजनीतिले राष्ट्रिय÷अन्तर्राष्ट्रिय पहिचान पाएको हो । मधेश केन्द्रित दलहरूलाई सुरुदेखि नै भारतपरस्त भएको आरोप लाग्दै आएको छ । तर, मधेशका आन्दोलनले उठाएका मुद्दाहरूमा दक्षिणी छिमेकी भारतमात्र होइन, पश्चिमा मुलुक र चीनको पनि चासो ह्वात्तै बढेको देखिन्छ ।
 
त्यसको उदाहरण हो, फागुन ०६५ मा फोरम नेपालको वीरगन्ज महाधिवेशन । पहिलो सविधानसभा निर्वाचनबाट चौथो राष्ट्रिय शक्तिको रूपमा उदाएपछि फोरम नेपालको राजनीतिक उचाइ ह्वात्तै बढेको थियो । उक्त महाधिवेशनमा सीपीसीको दक्षिण एसिया तथा एसिया–प्यासिफिक मामिला प्रमुख आई पिङले नै सहभागिता जनाएका थिए, जसले राजनीतिक बहसको रूप पाएको थियो ।
 
फोरम नेपालका तत्कालीन सह–अध्यक्ष गुप्ताका अनुसार मधेश आन्दोलनपछि पहिलोपटक भएको फोरम नेपालको महाधिवेशनमा छलफल नै गरेर भारत, चीन र सार्क राष्ट्रका प्रतिनिधिहरू बोलाउने निर्णय भएको थियो । संविधानसभा निर्वाचनपछिको सरकारमा प्रमुख साझेदार थियो फोरम नेपाल । र, अध्यक्ष उपेन्द्र यादव परराष्ट्रमन्त्री ।
 
महाधिवेशनमा भारतले भने सामान्य तहका प्रतिनिधि पठाएको थियो । त्यतिबेला चिनिया“ पक्षले मधेशको राजनीतिबारे खासै चासो र सरोकार राखेको थिएन । सीपीसी नेता आईले महाधिवेशनको सफलताको शुभकामना मात्र दिएका थिए । यद्यपि, उक्त सहभागितालाई भारतले गम्भीर रूपमा लियो र यादवलाई चीनपरस्त मान्न थाल्यो ।

बेइजिङको बुझाइ
 
गुप्ताको बुझाइमा पछिल्लो समयमा चीनको प्राज्ञिक वृत्तले मधेशबारे बाक्लै अध्ययन र बहस थालेको छ । बेइजिङ भ्रमण क्रममा राजनीतिक र प्राज्ञिक क्षेत्रका व्यक्तिहरूसँग छलफल गरेका उनी भन्छन्, ‘मधेशी दलहरू भारतको इसारामा चल्ने गरेको चिनियाँ बुझाइ छ ।’ पछिल्लो मधेश आन्दोलनमा चीनको झण्डा नै जलाइएपछि त भारत मधेशमा चीनविरोधी भावना फैलाउन उद्यत देखिएको चिनियाँ विश्लेषण रहेको गुप्ता बताउ“छन् ।
 
पहिलो संविधानसभा निर्वाचनको सेरोफेरोमा संघीयताको बहस सुरु भएसँगै दुवै छिमेकीको चासो बलियो रूपमा प्रकट हुन थालेको छ । हुन त, पहिलो मधेश आन्दोलनलगत्तै चिनियाँ प्राध्यापक वाङ होङवेईले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले नेपालको तराईलाई अस्वाभाविक रूपमा अस्थिर बनाउन खोजेको कडा टिप्पणी गरेका थिए । चीनको नेपाल नीतिमा प्रभाव पार्ने हैसियत भएका होङवेईले दिएको एउटा अन्तरवार्तामा तराईमा अन्तर्राष्ट्रिय चलखेल बढ्दै गए चीन चुप लागेर नबस्नेसम्म बताएका थिए ।
 
पहिलो संविधानसभाको अन्त्यतिर वीरगन्जमा भारतीय महावाणिज्य दूतावासले मधेशी नेताहरूलाई आन्दोलनका लागि उक्साएको भनिएको बैठकबारे पनि चीनले चासो लिएको थियो । नेपालको संघीयताप्रति पनि चीनले घरिघरि असन्तुष्टि व्यक्त गर्दै आएको छ ।
 
गत वर्ष मधेश आन्दोलनकै बेला चीन भ्रमणमा गएका वीरगन्जका एमालेनेता अरविन्द सिंहका अनुसार चीनका विभिन्न समूहले नेपाललाई भारतीय प्रभावबाट मुक्त भएर आत्मनिर्भर बन्न सुझाउँछन् । सिंह भन्छन्, ‘म चीन भ्रमणमा जाँदा उनीहरूले नाकाबन्दीलाई लिएर बढी चासो र सरोकार राखेको पाएँ ।’ चिनियाँहरू नेपालमा भारतको अनावश्यक भूमिकाका कारण संशकित देखिएको उनको भनाइ छ ।
यो रिर्पोट अन्नपुर्ण टुडेवाट साभार गरिएको छ । तलको लिकंमा गएर समेत हेर्नुस यो समाचार http://www.annapurnapost.com/news/61369

No comments:

Post a Comment