Saturday, December 24, 2016

गृहमन्त्री विमलेन्द्र निघि भन्छन- संशोधन प्रस्तावमा मधेशी मोर्चा सहमत छ ।

सदनमा दर्ता भएको सविधान संशोधन प्रस्तावलाई लिएर विभिन्न टिकाटिप्पणीहरु चलीरहदा सरकारका गृहमन्त्री तथा काग्रेसका नेता विमलेन्द्र निघिले हालको संशोधन प्रस्ताव प्रति मधेशी मोर्चा सहमत रहेको बताएको छ । शनिवार दलानसंग कुरा गर्दै मन्त्री निघिले सरकारले सदनमा दर्ता गराएको संशोधन प्रस्ताव मधेशी मोर्चाले स्विकार गरेको दावी गरे । यद्यपी अहिले सम्म मोर्चाले औपचारिक रुपमा त्यसतो कुनै धारणा सार्वजनिक गरेको छैन । दुइ दिन अगाडी मात्रै मधेशी मोर्चा सहितको संघिय गठवन्धनको बैठकले सरकारले संशोधन परिमार्जन गरेमा आफुहरुले त्यसलाई सघाउने धारणा सार्वजनिक गरेको थियो ।
 
यस अघि मधेशी मोर्चाको बैठकले समेत यथास्थितीमा सरकारको संशोधन प्रस्ताव मान्न नसकिने निर्णय गरेको थियो । मधेशी मोर्चा संगको अनौपचारिक संवादमा सामेल गृहमन्त्री निघिले दलानसंग गरेको कुराकानीको क्रममा आफुहरुले हालको संशोधन प्रस्ताव दर्ता गराउनु पुर्व नै मधेशी मोर्चाले देखाएको समेत खुलाए । यो संशोधन प्रस्ताव मोर्चाकै सहमतीमा आएको छ, निघिले भने, यसलाई उहाहरुले अस्विकार गर्न मिल्दैनन ।

निघिले संशोधनको विषयलाई लिएर एमालेले अवरुद्ध गरिरहेको सदन पनि चाडै खुल्ने विश्वास व्यक्त गरे । एमालेले अहिले ससदीय प्रक्रिया नै अवरद्ध पारिरहेको बताउदै निघिले प्रक्रियामा गएर एमालेले आफनो असहमती जनाउने सक्ने तर यसलाई प्रक्रियामै लान रोक्न  नमिल्ने तर्क गरे ।

पछिल्लो समयमा मधेशी मोर्चाका नेताहरुले ३ बुदे सहमती कार्यन्वयनको सन्दर्भमा सरकार प्रति रुष्ट देखिरहदा निधिले चाही सरकार ३ बुदे कार्यन्वयन जसरी पनि गरी छाडने विश्वास व्यक्त गरे ।
 
निघिका अनुसार मधेश आन्द्योलनमा लगाइएका्े मुद्धा फिर्ताको पक्रिया समेत दुवै पक्षको सहभागीतामा अगाडी वढीरहेको र सहिद घोषणा तथा संशोधन सम्बन्धी काम समेत अघि वढीरहेको जिकिर गरे । उनले भने, मुद्धा फिर्तामा केहि कानुनी प्रक्रियाका कारण जटिलता देखिए पनि यो काम मोर्चाकै अधिवक्ताहरुको सहयोगमा अघि वढीरहेको छ ।

No comments:

Post a Comment