Thursday, December 22, 2016

संघिय गठवन्धनले वृहत अन्तक्रियाहरु गर्ने ।

मधेशी मोर्चा सहितको संघिय गठवन्धनले संघियताको सवालमा काठमाडौ सहित राज्य पुर्नसंचना आयोगले सिफरिसग गरेको १० ओटै प्रदेशमा अन्तक्रिया गर्ने निर्णय गरेको छ । विहिवार बसेको गठवन्धन बैठकले एक हप्ता भित्र काठमाडौमा र त्यस पछि १० ओटै प्रदेशमा अन्तक्रिया गरेर आन्दोलनको माहौल बनाउने निर्णय गरिएको वैठक पछि गठवन्धनका संयोजक उपेन्द्र यादवले निकालेको विज्ञिप्तमा उल्लेख गरिएको छ ।

फोरम नेपालको पार्टी कार्यलयमा गठवन्धनका संयोजक यादवको अध्यक्षतामा बसेको बैठकले ३ बुदे सहमती कार्यन्वयनमा सरकारी पक्ष उदासिन रहेको ठहर गर्दै एमालेले सम्प्रदायिकता भडकाउन लागी परेको गम्भिर आरो्प लगाएको छ । बैठकमा पछिल्लो राजनितीक घटनाक्रमको वारेमा छलफल भएको गठवन्धनका नेताहरुले बताएका छन ।

बैठकमा एमालेले रणनिती रुपमा संघियतालाई समाप्त पार्ने खेल खेलीरहेको निष्कर्ष नेताहरुले निकालृका थिए । बैठक पछि गठवन्धनका संयोजक यादवले जारी गरेको विज्ञिप्तमा समेत एमाले माथी विभिन्न आरोपहरु लगाएका छन । 

गठवन्धनले सरकारले आफुहरु संग गरेको ३ बुदे सहमती अनुसार अविलम्ब संशोधन प्रस्ताव परिमार्जन गरेर प्रक्रिया अघि वढाउन माग गरिएको छ ।

No comments:

Post a Comment