Saturday, December 17, 2016

सतारुढ गठवन्धन र मधेशी मोर्चा विच छलफल

सतारुढ गठवन्धनमा आबद्ध माओवादी र नेपाली काग्रेसका शिर्ष नेताहरुले शनिवार मधेशी मोर्चा संग छलफल गरेका छन । पछिल्लो समयमा सतारुढ गठवन्धन प्रति मोर्चा असन्तुष्टि जनाए पछि सतारुढ गठवन्धनले मोर्चा संग छलफल गरेको हो । शुक्रवार मोर्चाका नेता महन्थ ठाकुरले प्रधानमन्त्री प्रचण्ड संग भेटेर पछिल्लो राजनितीक घटनाक्रम प्रति चासा्ेहरु राखेका थिए ।

प्रमुख दलहरुले मोर्चाको माग सम्बोधन हुने गरी सविधान संशोधनलाई थाती राखेर निर्वाचनमा जान लागेको वारेमा समाचारहरु आए पछि मधेशी मोर्चाले त्यस प्रति आपति जनाएका थिए । अघिल्लो मंगलवार काग्रेस, मोओवादी र एमालेका अध्यक्षहरुको बैठकले त्यस्तो सहमती  गरेको समाचारहरु आएको थियो ।

मधेशी मोर्चाले आफुहरुको माग अनुसार सविधान संशोधन नभए सम्म आफुहरुले तराई मधेशमा निर्वाचन हुन नदिने बताउदै आएका छन । प्रमुख दलहरुले पछिल्ले समयमा निर्वाचनलाई लिएर विभिन्न् अनौपचारिक छलफलहरु अगाडी वढाउन थाले पछि मोर्चाले त्यसलाई गम्भिरता पुर्वक नियाली रहेको नेताहरु बताउछन ।
 
यद्यपी शनिवार सतारुढ दलहरु र मोर्चाको बैठकमा प्रधानमन्त्रीले अव संशोधन प्रक्रिया अगाडी वढाउने आश्वासन मोर्चालाई दिएको छ ।

No comments:

Post a Comment