Wednesday, December 14, 2016

मधेशी मोर्चाले प्रधानमन्त्रीसंग छलफल गर्ने ।

प्रमुख तीन दलले पुरानै संरचना अनुसार स्थानिय निकायको निर्वाचन आउदो बैशाखमा गर्ने अनौपचारिक निर्णय गरेका वारेमा मधेशी मोर्चाले प्रधानमन्त्री प्रचण्डसंग छलफल गर्ने निष्कर्ष निकालेको छ । मगलवार प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक वारेमा आएको विभिन्न समाचारहरु प्रति मोर्चाका शिर्ष नेताहरुले आफनो ध्यानाकर्षण भएको बताउदै पहिला सरकारसंग यसवारेमा कुरा गरेर मात्रै अगाडीको कदम चाल्ने बताएका छन । वुधवार तराई मधेश लोकतान्त्रिक पाटीको कार्यलयमा भएको मोर्चाका केहि नेताहरुको अनौपचारिक छलफलले प्रधानमन्त्री प्रचण्ड संग एक दुइ दिन भित्रै यसवारेमा कुराकानी गर्ने निचोड निकालेका छन ।


वुधवार दिउसो तमलोपा पार्टी कार्यलयमा मोर्चाका नेताहरु महन्थ ठाकुर, राजकिशोर यादव, हृदेश त्रिपाठी, मनिष सुमन, केशव झा लगायतका नेताहरु विचमा अनौपचारिक छलफल भएको थियो ।


छलफलमा मोर्चाका सवै शिर्ष नेताहरु अहिले काठमाडौमा नभएकाले पहिला तमलोपा अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री प्रचण्ड संग गर्न भनेका छन । त्यस पछि सवै नेताहरु काठमाडौ आएपछि मोर्चाको औपचारिक बैठक गर्ने कुरा भएको छ ।

मंगलवार तीन दलका शिर्ष नेताहरुको बैठकमा सविधान संशोधनको प्रस्तावलाई तत्काल थाती राखेर स्थानिय निकायको निर्वाचनमा जाने सहमती भएको भन्ने समाचारलाई मोर्चाका नेताहरु षडयन्त्रको रुपमा चित्रितित गरेका छन ।

मोर्चा संग भएको सहमती अनुसार सरकारले सविधान संशोधन विनै स्थानिय निकायको निर्वाचनमा गए भन्ने मोर्चाले के गर्लान भन्नेमा चौतर्फी जिज्ञासाहरु देखिन्छ । यद्यपी मोर्चाका न्ेताहरुका अनुसार पहिला प्रधानमन्त्री संग मोर्चाले छलफल गरे पछि मात्रै कुनै ठोस निष्कर्षमा पुग्ने छ । यद्यपी यस अघि मोर्चाको बैठकले मधेश आन्द्योलनलाई सम्बोधन हुने गरी सविधान संशोधन नभए सम्म कुनै पनि प्रकारको निर्वाचन हुन नदिने निर्णय औपचारिक रुपमै गरेका थिए ।

No comments:

Post a Comment