Saturday, December 10, 2016

संशोधन प्रस्ताव प्रति मोर्चाको साकारात्मक संकेत

सरकारले सदनमा दर्ता गराएको सविधान संशोधन प्रस्तावलाई यथासिथतीमा नमान्ने निर्णय गरेको मधेशी मोर्चाले संवाद मार्पत परिमार्जन गरे आफुहरु त्यसलाई सघाउन तयार रहेको निष्कर्ष निकालेको छ । शनिवार तमलोपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसको मोर्चाको बैठकले संशोधन प्रस्ताव प्रति साकारात्मक धारणा बनाउदै हाल एमालेले गरिरहेको आन्द्योलन र थारुहरुले गरीरहेको आन्दोलनको समिकक्षा समेत गरेका थिए । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवका अनुसार सतारुढ दलहरुले दर्ता भएको संशोधन प्रस्ताव आपसी समझदारीमा छलफल र सहमतीमा परिमार्जन गर्न तयार मोर्चाले त्यसलाई सघाउने निर्णय गरेको छ । यसको साथै एमालेले ५ नम्बर प्रदेश टुक्राउने निर्णयको विरुद्धमा गरिरहेको आन्द्योलनलाई सम्प्रदायिक सोचका साथ चालिएको कदम भएको ठहर गरेको छ । साथै पश्चिममा कैलाली र कन्चनरपुरका लागी थारु हरुले गरिरहेको आन्दोलन प्रति मोर्चाले समर्थन समेत जनाएको छ ।

यस अघि १४ मंसीरमा सरकारले सदनमा संशोधन विद्येयक दर्ता गराएको थियो । १५ मंसीरमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विज्ञिप्त निकाल्दै उक्त संशोधन प्रस्ताव मान्य नहुने बताएका थिए । पछि मोर्चाको बैठकले समेत यथास्थ्तिीमा संशा्ेधन प्रस्ताव मान्न नसकिने निर्णय गरेको थियो ।

पछिल्लो समयमा प्रधानमन्त्री संग पुन छलफल गरेका मधेशी नेताहरुले सरकारलाई संशोधन प्रस्तावमा परिमार्जन गर्न आग्रह गरिएको बताइएको थियो , त्यस पछि स्व्यंम प्रधानमन्त्रीले परिमार्जन गर्न सकिने अभिव्यक्ति सार्वजनिक रुपमै गरेका  थिए । सम्बद्ध स्रोतका अनुसार सरकारले ल्इाएको संशोधन प्रस्तावमा मोर्चाको आग्रह अनुसार सतारुढ दलहरुले परिमार्जन गर्ने गरी अनौपचारिक संवाद थाले पछि मोर्चाले शनिवार पछिल्लो निर्णय लिएको हो ।

No comments:

Post a Comment