Friday, December 9, 2016

भ्रष्टाचारी जिवनाथ चौधरीको अर्को करामत

जिवनाथ चौधरी
विशेष अदालतद्धारा भ्रष्टाचारी ठहर भईसकेका जनकपुरका नामुद डन जिविसकै अनुदानमा चल्ने एउटा संस्थाको अध्यक्षको हैसियतामा अर्को हप्ता जनकपुरमा साहित्यक सम्मेलनको आयोजन गर्दै छ । एक बर्ष अघि नै विशेष अदालतले चौधरी जिल्ला विकास समिती धनुषाको रकम भ्रष्टाचार गरेको ठहर गरेको थियो । तर चौधरी जिविस धनुषाकै अनुदानवाट चल्ने मैथिली विकास कोषका अध्यक्ष पछिल्लो समयमा छन । चौधरी जिविसका पुर्व सहलेखापाल हुन । उनी भ्रष्टाचारमा मुछिए पछि उनको पद निलम्बनमा परेको थियो ।

जनकपुरमा नामुद डनका रुपमा परिचित चौधरी अनेकन हिसांत्मक घटनाहरुमा समेत मुछिएका हुन । चौधरी जिविसमै हुदा त्यस क्षेत्रका  साहित्यकार र संचारकर्मीहरुलाई प्रभावित पार्ने गरी मैथली विकास कोषको स्थापन गरेका थिए । जसले त्यस क्षेत्रका नाम चलेका साहित्यकारहरुको कृतिहरु मुख्यत प्रकाशित गर्ने गर्थे । उनको स्थापनामा भुमिका रहेकाले नै होला त्यस संस्थावाट नाम चलेका साहित्यकारहरुको पुस्तक विमोचन हुदा चौधरी विशिष्ट अतिथीको रुपमा सधै मन्चमा देखिने गर्थे ।

मैथिली विकास कोषको अध्यक्ष भए पछि चौधरी पुन जिविसको पैसामा चलखे्ल गर्न मौका पाएका हुन । भ्रष्टाचारको आरोपमा निलम्बनमा परे पनि सरकारी बजेट र कोषको रकम चलाउने उनी छुट पाइरहेको जनकपुरमा बारम्बार चर्चाको विषय बन्न पाउछन । नियमतः भ्रष्टाचारको अभियोगी सार्वजनिक पद धारण गर्न नमिल्ने भएपनि जनकपुरका दबंग व्यापारी समेत रहेका चौधरीले नियम कानुन मिचेर सरकारी बजेट दुरुपयोगलाई निरन्तरता दिई रहेको स्थानिय युवाहरुको आरोप छ ।  एक अभियुक्तलाई एति धेरै बलशाली र समाजसेवीको क्षवि दिलाउनका लागि सक्दो सहयोग गर्नेमा यस क्षेत्रका प्रभावशाली राजनीतिज्ञ देखी लिएर केही सञ्चारकर्मी, तथाकथित समाजसेवी, सरकारी निकायका कर्मचारी सहितका व्यक्तिहरु रहेका छन् ।


मैथिली विकास कोषलाई जिविसले सार्वजनिक सहयोगका कार्यहरु सम्पन्न गर्ने उद्देश्यका साथ पांच लाखको दरले बजेट उपलब्ध गराउंदै आएको छ । तर, गत वर्षहरुमा डा. धिरेन्द्र साहित्यीक पुरस्कार सहित विभिन्न अन्य पुरस्कारहरुमा एक लाख र कार्यक्रम व्यवस्थापनको नाममा हजारौं खर्च गरि रकम हिनामिना गर्दै आएका चौधरी र उनको कार्यसमितिका पदाधिकारीहरुले यस वर्ष साहित्य कला उत्सवको आयोजना गरि बजेट पचाउने नयाँ जुक्ती निकालेको उनी निकटस्तहरु बताउछन ।

यस वर्ष कोषद्धारा मंसिर २६,२७ र २८ गते साहित्य कला उत्सवको आयोजना जनकपुरमा गर्न लागिएको हो । जसको खर्च करिब ११ लाख हुन आउने चौधरीलेनै जानकारी गराएका छन् । यसवर्ष जिविसबाट ६ लाख र अन्य कोषको तर्फबाट रकम जुटाएर कार्यक्रम गर्न लागिएको उनले बताएका छन् । साहित्यकला उत्सवको उद्घाटन वर्तमान सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले गर्ने भएका छन् । त्यसैगरी तीन दिवसीय कार्यक्रममा विभिन्न सेसनहरु आयोजना गरिएको छ । जस अन्र्तगत संघीयता र मिथिला विषयमा प्रदीप गिरी, चित्रलेखा यादव, रामचन्द्र झा, सि.पी.गजुरेल, अशोक राई, वृषेशचन्द्र लाल, प्रदीप ज्ञवाली, सि.के. लाल, प्रभु साह विषयविज्ञको रुपमा रहेका छन् भने कार्यक्रम संचालन रमेश रञ्जन झाले गर्ने छन् । त्यसैगरी नेपालको भाषानीति र मैथिली विषयमा विषयविज्ञहरु डा. रामावतार यादव, डा. अभी सुवेदी, डा.अमरकान्त झा, खगेन्द्र संग्रौला, घनश्याम भुषाल, परमेश्वर कापडि, रोशन जनकपुरी रहेका छन् भने कार्यक्रम संचालक धीरेन्द्र प्रेमर्षि छन् ।

मिथिलाको राजनीतिक साँस्कृतिक संकट र निकास विषयमा डा. विजय कुमार सिंह, डा. भोगेन्द्र झा, शीतल झा, महेन्द्र कुमार मिश्र, रामरीझन यादव, प्रवीण नारायण चौधरी रहेका छन् संचालन श्यामसुन्दर शशिले गर्नेछन् । मिथिला चित्रकलामा आधुनिक चेतना र व्यवसायीकता विषयमा एस.सी.सुमन, श्यामसुन्दर यादव, रामपुजन ठाकुर, चन्दा साह, अजित कुमार साह, मिथिला देवी यादव विषयविज्ञ छन् भने जय निशांतले कार्यक्रम संचालन गर्ने छन् ।

मिथिलामा जातिगत विभाजनको प्रभाव र विकल्प विषयमा रामचरित्र साह, तुलानारायण साह, दीपेन्द्र झा, रामसरोज यादव, शत्रुधन महतो, रणधीर चौधरी, रामचन्द्र मण्डल, मनिषचन्द्र, अमरेन्द्र यादव छन् र कार्यक्रम संचालक जय निशांन्त छन् । मैथिली साहित्य लेखनमा नारी हस्ताक्षर विषयमा मीना ठाकुर डा. श्यामा महतो, मिनाक्षी झा, करुणा झा, रुपा झा छन् भने विजेता चौधरी संचालिका छन् । मैथिली कविताको स्वर र शिल्प विषयमा डा. तारानन्दन वियोगी, डा. पशुपतिनाथ झा, उदयचन्द्र झा विनोद, अयोध्यानाथ चौधरी, धमेन्द्र झा विह्वल, देबेन्द्र मिश्र छन् र कार्यक्रम संचालक अजीत कुमार आजाद छन् ।

मैथिली संगीतमा लोकलय, निजत्व र आधुनिकता विषयमा सियाराम सरस, सुनिल कुमार मल्लिक, कुञ्ज विहारी मिश्र, रामा मण्डल,आभाष लाभ, मैथिल प्रशान्त छन् संचालक अशोक दत्त छन् । त्यसैगरी मिथिलामा पर्यटनको सम्भावना विषयमा डा. रेवतीरमण लाल, डा. सुरेन्द्र लाभ, महेन्द्र यादव, रामकुमार शर्मा, राजकिशोर यादव, रामअशिष यादव, नवल किशोर शरण छन् जसमा कार्यक्रम संचालन मनिका झाले गर्ने छिन् । पुस्तक वार्ता विषयमा प्रा.डा. रामावतार यादव, अशोक, प्रदीप विहारी, अवधेश पोखरेल, मनोज झा मुक्ति छन् कार्यक्रम संचालक हिंमाशु चौधरी रहेका छन् । मैथिली साहित्यक समालोचनात्मक प्रवृत्ति विषयमा डा. राजेन्द्र विमल, रामभरोस कापडि भ्रमर, डा. रामानन्द झा रमण, डा. दमननाथ झा, चन्द्रेश रहेका छन् कार्यक्रम संचालक रोशन जनकपुरी रहेका छन् । मैथिली फिल्म निर्माण र व्यवसायीकता विषयमा धमेन्द्र मोरवैता, अमितेश साह, पुर्णेन्दु कुमार झा, नितीश चन्द्र, अविनाश, यादव भट्टराई, रुपेश सिंह रहेका छन् संचालकमा किसलय कृष्ण रहेका छन् ।

मैथिली भाषा विकासमा संचारको भूमिका मैथिली भाषा विकासमा संचारको भूमिका विषयमा गोपाल झा, बृजकुमार यादव, चन्द्र किशोर झा, राजेश कर्ण, अनिल मिश्र, पुरन गुप्ता रहेका छन् र कार्यक्रम संचालक सुजित कुमार झा रहेका छन् । मैथिली रंगमंच दशा दिशा विषयमा महेन्द्र मलंगिया, अशेष मल्ल, कृणाल, रमेश रञ्जन झा, घिमिरे युवराज र परमेश झा रहेका छन् भने कार्यक्रम संचालक अनिलचन्द्र झा छन् अन्तमा कवि गोष्ठी कार्यक्रममा नेपाल र भारतका कविहरु  सहभागि हुने जनाईएको छ ।
- जनकपुर

No comments:

Post a Comment