Wednesday, December 7, 2016

थारुहरु पनि आन्दोलनमा ।

एमाले विरुद्धमा मधेशका विभिन्न  जिल्लाहरुमा विरोध भइरहदा थारु समबद्ध संघ संस्थाहरु पनि आन्दोलनमा उत्रेका छन । प्रमुख दलहरुले नवलपरासीको थारुवाहुल्य क्षेत्र नवलपुरलाई पहाडमा गाभ्न लागेको भन्दै आन्दोलनमा उत्रेका छन भने कैलाली कन्चनपुरका थारुहरु आफुहरुलाई पनि नवलपरासी देखि वर्दीया सम्मकै प्रदेश भित्र राख्नु पर्ने माग गरेका छन । सरकारले संशोधन दर्ता गराए लगत्तै नवलपुरमा थारु कल्याणकारी सभाले आन्दोलन गर्न थालेका छन भने हिजो देखि कैलालीमा समेत थारु समुदायले आन्दोलनका विभिन्न कार्यक्रमहर गर्न थालेका छन । हिजो मंगलवार थारु सम्बद्ध विभिन्न संस्थाहरुले स्थानिय तहमा धनगढीमा सभा गरेका थिए भने आज वुधवार वेलुकि मसाल जुलुस निकाल्दै छन । पर्सी २४ मंसीरमा कैलाली -कन्चनपुर बन्दको घोषणा गरिएको छ । ४ पुषमा नवलपरासीको थारु वाहरल्य क्षेत्र टुक्राएको विरोधमा छुटै बन्द समेत घोषणा भएको छ ।


यता थारु कल्याणकारी सभा नवलपरासीले राजधानीमा पत्रकार सम्मेलन गरेर नवलपरासी जिल्लालाई टुक्र्याएर ४ र ५ नम्बर प्रदेशमा विभाजन गरिएको भन्दै मसाल जुलुसदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरको हो।

थारु कल्याणकारीसभा नवलपरासीका सभापति गणेशमान महतोले ११ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गर्दै भने, ‘वर्तमान संविधानमा उल्लेख गरिएको प्रादेशिक सीमाङ्कनले थारु बाहूल्य नवलपरासीको नवलपुर क्षेत्रलाई नवलपरासी मै राख्न माग गरेको छ ।

थारु कल्याणकारी सभाले सार्वजनिक गरेको आन्दोलन कार्यक्रमहरुमा मंसिर २२ गतेसम्म विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाउने, २३ देखि २६ सम्म गाउँजागरण अभियान सञ्चालन गर्ने, २७ र २८ मा विभिन्न बुद्धिजीवी र नवलपुर क्षेत्रका सांसदहरुसँग अन्तर्क्रिया गर्ने, २९ र ३० गते सरकारी कार्यालय घेराउ गर्ने, पुस १ गते नवलपुर क्षेत्रभरी मसाल जुलुस गर्ने, २ गते पूर्वपश्चिम राजमार्गमा १ घण्टा चक्का जाम र कोणसभा गर्ने, ३ गते २ घण्टा स्थानीय निकाय घेराउ गर्ने, ४ गते १ दिन नवलपुर बन्द गर्नेलगायतका छन्।

थरुहट/थारुवान संयुक्त सङ्घर्ष समिति कैलालीका कार्यबाहक संयोजक कृष्णकुमार चौधरीले कैलाली, कञ्चनपुरसहित नवलपरासीसम्म एउटै प्रदेश नभएकाले आफुहरुले पुन आन्द्योलन गर्न लागेको बताएका छन ।

No comments:

Post a Comment