Monday, December 5, 2016

एमालेलाई प्रतिकार गर्ने निर्णयहरु मधेशमा धमाधम हुदै ।

गत शनिवार कपिलवस्तूमा एमाले अध्यक्ष केपी ओलीको पुतला जलाउदै मधेशीहरु ।
सविधान संशोधनको विरुद्धमा प्रमुख विपक्षी एमाले पश्चिमका भैरहवा, वुटवल सहित अन्य पहाडी भेगमा आन्द्योलन गरीरहदा तराई मधेशका जिल्लाहरुमा एमाले विरुद्ध धमाधम निर्णयहरु हुदै छन । शनिवार कपिलवस्तूको तैलिवहामा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला मधेशी पार्टीहरुमा सम्बद्ध स्थानिय नेता कार्यकर्ताहरुले जलाएका थिए । आइतवार भैरहवामा मधेशी मोर्चाको जिल्ला समितीले पत्रकार सम्मेलन नै गरेर एमालेले गरिरहेको आन्दोलनको प्रतिकामा उत्रने चेतावनी दिएका छन । शनिवार नै पर्साको विरगंजमा बसेको स्थानिय मधेशी मोर्चाको बैठकले पर्सा जिल्लामा एमालेलाई कुनै पनि कार्यक्रम गर्न नदिने भन्दै निघेष गर्ने घोषणा गरेका छन । त्यसैगरी आइतवार सप्तरीमा पनि मधेशी मोर्चाको जिल्ला समितीको बैठकले एमाले विरुद्ध प्रतिकारमा उत्रने निर्णय गरेको मोर्चाका स्थानिय नेताहरु बताउछन ।

सरकारले पश्चिम मधेशका जिल्लाहरुलाई पहाडवाट छुटयाएर प्रदेश सिमाकंनमा पुर्नमार्जन सहितको संशोधन विद्येयक सदनमा दर्ता गराए पछि एमाले त्यसको विरुद्धमा आन्दोलनमा उत्रिएका छन । मधेशी मोर्चाले भन्ने यथास्थितीमा सरकारले ल्याएको् संशोधन विद्येयक नमान्ने निर्णय गरेका छन । यद्यपी एमालेले तराईलाई पहाड वाट अल्गगाएको भन्दै गरीरहेको आन्द्योलनको मधेशमा व्यापक आलोचना हुदै आएको छ । मधेशी मोर्चाले केन्द्रमा एमाले विरुद्धमा अहिले सम्म कुनै औपचारिक निर्णय नलिए पनि मधेशका जिल्लाहरुमा प्रतिक्रिया स्वरुप एमाले विरुद्ध धमाधम निर्णयहरु हुन थालेका छन ।

 
आइतवार भैरहवामा मोर्चाका स्थानिय नेताहरु पत्रकार सम्मेलन गर्दै, उनीहरुले एमाले विरुद्ध प्रतिकार गर्ने चेतावनी दिएका छन ।
मधेशी मोर्चाले सविधानको विरुद्धमा गएको एक बर्ष भन्दा वढी देखि आन्दोलन गर्दै आइरहेका छन । मोर्चा र प्रमुख दलहरु विच मुख्यगरी संघियतमा विवाद नमिल्दा राजनितीक समझदारी दिनप्रति दिन झनै वढदै गइरहेको छ । मधेशी पार्टीहरु तराइ मधेशको सम्पुर्ण भुभागलाई दुई प्रद्ेशमा विभाजन गर्नु पर्ने अडान लिदै आएका छन भने एमाले पहाड तराई मिलाएर प्रदेश बनाउनु पर्ने अडानमा छन ।

No comments:

Post a Comment