Friday, December 16, 2016

मोर्चा र प्रधानमन्त्री बिच भेटघाट ।

पछिल्लो समयमा प्रधानमन्त्रीसंग रुष्ट रहेको मधेशी मोर्चाले शुक्रवार साझ प्रधानमन्त्री प्रचण्ड संग छलफल गरेका छन । गत मंगलवार प्रमुख तीन दलका शिर्ष नेताहरुको विचमा भएको बैठक पश्चात आएको समाचारहरुले आन्दोलनरत पक्षहरु रुष्ट देखिएका छन । प्रधानमन्त्री संग यस विषयमा छलफल गर्ने जिम्मा तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई अनौपचारिक रुपमा मोर्चाका नेताहरुले छलफल गरेर दिएका थिए । वुधवार मोर्चाका नेताहरु अनौपचारिक छलफल गर्दै प्रधानमन्त्रीसंग छलफल गर्ने निचोड निकालेका थिए । मोर्चा सतारुढ नेताहरु प्रति रुष्ट बनेको समाचार आए लगत्तै विहिवार नयां शक्तिका संयोजक बाबुराम भटराईले मोर्चाका नेताहरु संग यस वारेमा समेत छलफल गरेका थिए । हिजो विहिवार भएको दुवै पक्षको छलफल पश्चात अव सहकार्य गरेर अघि वढने सहमती गरेका थिए । त्यही सहमती अनुसार शुक्रवार साझ प्रधानमन्त्रीसंग छलफल गर्न जादा तमलोपा अध्यक्ष ठाकुरले नयां शक्तिका संयोजक भटराईलाई समेत आफना साथमा लगेका छन ।

फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवका अनुसार विहिवार भएको छलफलमा पछिल्लो अवस्था वारेमा प्रधानमन्त्री प्रचण्ड संग छलफल गर्ने जिम्मा भटराई र ठाकुरलाई संयुक्त रुपमा दिइएको थियो । शुक्रवार साझ ५ वजे प्रधानमन्त्री र ठाकुर तथा भटराई विचमा छलफल भएको थियो । सम्बद्ध स्रोतका अनुसार प्रमुख तीनले संशोधनलाई थाती राखेर स्थानिय निकायको निर्वाचन पुरानै संरचना अनुसार गर्न लागेको वारेमा ठाकुर र भटराईले प्रधानमन्त्री संग जिज्ञासा राखेका थिए । यद्यपी मोर्चाको असन्तुष्टि वाहिर आए संगै हिजो विहिवार व्यवस्थापिका संदनले सविधान संशोधनको कार्यसुचि सार्वजनिक गरेका थिए । तर एमालेले विरोध गर्ने जनाए पछि ४ पुष  सम्मका लागी बैठक स्थगीत गरिएको थियो । 

सविधान संशोधनको विद्येयक सरकारले सदनमा दर्ता गराए पनि धुव्रीकृत बन्न पुगेको राजनितीले त्यसको भविष्यलाई दिन प्रति दिन विवादित बनाउदै लगे पछि मार्चाका नेताहरु थप रुष्ट हुदै गएको देखिन्छ । यद्यपी प्रधानमन्त्री र काग्रेसका सभापतिले सशोधन विद्येयक प्रति सार्वजनिक रुपमा साकारात्मक टिप्पणी नै गर्दै आइरहेका छन ।

No comments:

Post a Comment