Sunday, December 4, 2016

संशोधनको सकसमा मधेशी पार्टीहरु ।

गत मंगलवार सरकारले संसदमा संविद्यान संशोधनको लागी विद्येयक दर्ता गराए पछि मधेशी मोर्चाले औपचारिक रुपमा अस्विकार गर्ने निर्णय गर्यो । मधेशी मोर्चाको गएको बुधवार भएको बैठकले आफुहरु संगको विना सहमतीमा ल्याएको संशोधन विद्येयकले समस्या सामाधान नगर्ने भन्दै यथास्थितीमा स्विकार गर्न नसकिने निर्णय गरे । वुधवार मोर्चाको बैठक बस्नु पुर्व नै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी सरकारले मंगलवार सदनमा दर्ता गराएको संशोधन विद्येयक नमान्ने स्पष्ट पारेका थिए । माओवादी काग्रेस गठवन्धनको तर्फवाट गएको १९ साउनमा प्रचण्ड प्रधानमन्त्री बन्दा मधेशी मोर्चा संग तीन बुदे सहमती गर्दै सविधान संशोधन गर्ने वाचा गरेका थिए । त्यस यता सतारुढ गठवन्धन र मोर्चाका नेताहरुविच कयौ चरणमा संशोधन वारेमा छलफलहरु चलेका थिए । यद्यपी पछिल्लो समयमा मधेशी पार्टीहरु रुष्ट हुदै आन्दोलनको चेतावनी दिन थालेका थिए । २९ कार्तिकमा मोर्चा सहितको गठवन्धनले प्रधानमन्त्रीलाई १५ दिने अल्टीमेटन नै दिन पुगे ।

विभिन्न समयसिमाहरुलाइृ नाध्दै आएका प्रचण्डले अन्नतह १४ मंसीरमा सदनमा संशोधन लर्ता गराए । तर रुष्ट देखिएका मोर्चाले त्यसलाई अस्विकार गर्ने निर्णय गरे पछि सरकार पक्ष असहजतामा फसे । अर्को तर्फ संशोधनको विरुद्धमा एमालेको अगुवाई पश्चिमी क्षेत्रका मधेश तथा पहाडमा आन्दोलन हुन थाले पछि अवस्था झन अन्योलग्रस्त बन्न पुगे । मोर्चाले वुधवार संशोधन तत्काल स्विकार गर्ने निर्णय गरे पछि प्रधानमन्त्रीले विहिवारले छलफलका लागी डाके । मोर्चाका नेताहरुले त्याहा पनि आफना धारण राखे र सरकारले ल्याएको संशोधन विद्येयक नमान्ने बताए । 
 
मधेशी मोर्चालाई भारतीय राजदुतको विफ्रिग 

मंगलवार सरकारले सदनमा दर्ता गराएको संशोधन विद्येयक नमान्ने निर्णयय मधेशी मोर्चाले वुधवार दिउसो गरे । विहिवार उनीहरु प्रधानमन्त्री संग छलफल समेत गरे । त्यस पछि शनिवार नेपालका लागी भारतीय राजदुत रन्जित रेले मोर्चाका नेताहरुलाई बोलाएर संशोधन विद्येयक प्रतिको भारतको धारणावारेमा जानकारी गराएका थिए । शनिवार दिउसो नै भारतको विदेश मन्त्रालयले औपचारिक रुपमै सविद्यान संशोधनका लागी दर्ता गराइएको विद्येयक लाइृ साकारात्मक रहेको टिपपणी गरेका छन । मोर्चा सम्बद्ध स्रोतका अनुसार शनिवार विहान भारतीय राजदुतावासमा मधेशी अध्यक्षहरुलाइ त्यसको वारेमा जानकारी गराएका थिए ।
 
भारतीय राजदुत रेले भारतले नेपाल सरकारद्धारा संसदमा पेश गरिएको संशोधन विद्येयकलाई साकारात्मक लिएको औपचारिक धारणा सार्वजनिक गर्न लागेको भन्दै मधेशी मोर्चाको पछिल्लो निर्णयहरुको वारेमा चासो राखेका थिए । सम्बद्ध स्रोतका अनुसार भारतीय राजदुत रे ले पछिल्लो दुई हप्तामा मधेशी नेताहरु संग दुई पटक सामुहिक छलफल गरेका थिए । यस अघि सरकारले संशोधन सदनमा दर्ता गराउनु अघिल्लो हप्ता समेत रे ले मधेशी पार्टीहरुका अध्यक्षहरु संग सामुहिक छलफल गरेका थिए । अघिल्लो पटकको छलफलमा सहभागी भएका फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव भने १८ कार्तिक शनिवार रे संगको सामुहिक छलफलमा सहभागी भएन । यादव काठमाडौ मै रहे पनि कार्यव्यस्ताका कारण आफु जान नसकेको बताएका थिए ।
 
शनिवार विहान भारतीय राजुदत रे संग छलफल गरेका मधेशी मोर्चाका नेताहरु भने वेलुकि प्रचण्डसंग समेत छलफल गर्न वालुवाटार पुगेका थिए । मधेशी नेताहरु वालुवाटार पुग्नु भन्दा अघि प्रचण्डसंग रे ले समेत भेटघाट गरेका थिए ।
 
पछिल्लो समयमा मधेशी मोर्चाका नेताहरुले सरकारले संशोधन विद्येयकमा केहि परिमार्जन गरेर आफहरुको थप कुरा सरकारले समेटे आफुहरुले संधोनलाई समर्थन गर्न सक्ने  बताएका थिए । यद्यपी मोर्चा सम्बद्ध स्रोतका अनुसार सरकारले संशोधन विद्येयकमा परिमार्जन नगरे पनि मोर्चाले आलोचनात्मक सर्मथन गर्दै यसको पक्षमा उभिने संकेत सरोकारवालाहरुलाइ दिइसकेका छन । मोर्चा संशोधन विद्येयक पास हुने सुनिश्चिता खोजीरहेको सम्बद्ध स्रोतको दावी छ ।

No comments:

Post a Comment