Tuesday, December 27, 2016

तमलोपाद्धारा नवौ बार्षीकोत्सको उपलक्ष्यमा संकल्प दिवस

आन्दोलनरत मधेशी मोर्चाको एक घटक तराई मधेश लोकतान्त्रिक पार्टी, तमलोपाले आफनो नवौ बार्षीकोत्सव मनाएको छ । पार्टी आन्दोलनमा रहेको भन्दै गत बर्ष झै यस बर्ष पनि तमलोपाले यस अवसरमा कुनै औपचारिक कार्यक्रम नगरी पार्टीका केन्द्रिय द्खि स्थानिय तहलाई संकल्प दिवसको रुपमा मनाएको छ । तमलोपाका प्रवक्ता विमल श्रीवास्तवका अनुसार केन्द्रीय अध्यक्ष महन्थ ठाकुर सहितका नेताहरु काठमाडौ स्थित पार्टी कार्यलयमा संकल्प लिएका छन भन्ने जिल्ला जिल्लामा स्थानिय पार्टी कमिटीहरुले कार्यक्रम गरेर जिल्लाका नेताहरुले समेत सकंल्प लिएका छन ।

सतारुढ दलद्धारा मधेशी मोर्चा सामु निर्वाचनको प्रस्ताव

सतारुढ घटकहरु नेपाली काग्रेस र माओवादी पार्टीले संयुक्त रुपमा मधेशी मोर्चा सामु स्थानिय निकायको निर्वाचनमा जानका लागी सहमती दिन प्रस्ताव गरेका छन । मंगलवार प्रधानमन्त्री निवासमा भएको मधेशी मोर्चा र काग्रेस माओवादीको संयुक्त बैठकमा प्रमुख दुई घटकले यस्तो प्रस्ताव राखेको मोर्चाले जनाएको छ । बैकमा सहभागी तमसपाका नेता राम नरेश रायका अनुसार काग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड दुवैले निर्वाचनमा जानका लागी मोर्चासंग सहमती खोजेको थियो ।

Sunday, December 25, 2016

चिनको मधेश चासो

भू–राजनीतिक उतारचढावका कारण पछिल्ला केही वर्षमा मधेशमा उत्तरी छिमेकी चीनको पनि चासो बढ्दै गएको छ । 

गत वर्ष नयाँ संविधानप्रति असन्तुष्टि राख्दै मधेशवादी दलहरू आन्दोलनमा रहँदा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागका सहायक मन्त्री डोउ यिनयोङ नेतृत्वको पा“च सदस्यीय टोली काठमाडौं आयो । विभिन्न राजनीतिक शक्तिका अलावा मधेश केन्द्रित दलका नेतास“ग पनि भेट्ने चाहना राख्यो । काठमाडौंमा भएको भेटमा मधेशी नेताहरूसग संघीयताबारे गहिरो चासो राख्नुका साथै मधेश केन्द्रित दलहरूबारे पनि जिज्ञासा राखे चिनिया नेताले ।
 
प्रमुख दलहरू संविधान जारी गर्ने दिशामा बढेपछि मधेश केन्द्रित दलहरूले भारतसग जोडिएका नाकामा धर्ना थालेका थिए । काठमाडौं र पहाडलाई निशाना बनाएर ती धर्ना भएका थिए, जसले मधेशी दल र भारतप्रति तीव्र आक्रोस पैदा भएको थियो । मधेशी दलका कार्यकर्ताले अझ अगाडि बढेर तराईका मुख्य सहरहरूमा चीनको झण्डा नै जलाउन थाले । पहाडमा ‘ब्याक अफ इन्डिया’नारा लाग्दै गर्दा तराईमा ‘गो ब्याक चाइना’ लेखिएको प्लेकार्ड बोकेर चीन विरोधी प्रदर्शनसमेत भए । काठमाडौंस्थित चिनियाँ दूतावासले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासग त्यसबारे लिखित जानकारी मात्र मागेन, शीर्ष नेताहरूसग छलफल नै गर्न खोज्यो ।

Saturday, December 24, 2016

गृहमन्त्री विमलेन्द्र निघि भन्छन- संशोधन प्रस्तावमा मधेशी मोर्चा सहमत छ ।

सदनमा दर्ता भएको सविधान संशोधन प्रस्तावलाई लिएर विभिन्न टिकाटिप्पणीहरु चलीरहदा सरकारका गृहमन्त्री तथा काग्रेसका नेता विमलेन्द्र निघिले हालको संशोधन प्रस्ताव प्रति मधेशी मोर्चा सहमत रहेको बताएको छ । शनिवार दलानसंग कुरा गर्दै मन्त्री निघिले सरकारले सदनमा दर्ता गराएको संशोधन प्रस्ताव मधेशी मोर्चाले स्विकार गरेको दावी गरे । यद्यपी अहिले सम्म मोर्चाले औपचारिक रुपमा त्यसतो कुनै धारणा सार्वजनिक गरेको छैन । दुइ दिन अगाडी मात्रै मधेशी मोर्चा सहितको संघिय गठवन्धनको बैठकले सरकारले संशोधन परिमार्जन गरेमा आफुहरुले त्यसलाई सघाउने धारणा सार्वजनिक गरेको थियो ।
 
यस अघि मधेशी मोर्चाको बैठकले समेत यथास्थितीमा सरकारको संशोधन प्रस्ताव मान्न नसकिने निर्णय गरेको थियो । मधेशी मोर्चा संगको अनौपचारिक संवादमा सामेल गृहमन्त्री निघिले दलानसंग गरेको कुराकानीको क्रममा आफुहरुले हालको संशोधन प्रस्ताव दर्ता गराउनु पुर्व नै मधेशी मोर्चाले देखाएको समेत खुलाए । यो संशोधन प्रस्ताव मोर्चाकै सहमतीमा आएको छ, निघिले भने, यसलाई उहाहरुले अस्विकार गर्न मिल्दैनन ।

Thursday, December 22, 2016

संघिय गठवन्धनले वृहत अन्तक्रियाहरु गर्ने ।

मधेशी मोर्चा सहितको संघिय गठवन्धनले संघियताको सवालमा काठमाडौ सहित राज्य पुर्नसंचना आयोगले सिफरिसग गरेको १० ओटै प्रदेशमा अन्तक्रिया गर्ने निर्णय गरेको छ । विहिवार बसेको गठवन्धन बैठकले एक हप्ता भित्र काठमाडौमा र त्यस पछि १० ओटै प्रदेशमा अन्तक्रिया गरेर आन्दोलनको माहौल बनाउने निर्णय गरिएको वैठक पछि गठवन्धनका संयोजक उपेन्द्र यादवले निकालेको विज्ञिप्तमा उल्लेख गरिएको छ ।

Wednesday, December 21, 2016

मधेसका बुद्धजिवीहरु भन्छन् - ‘संशोधन बेगरको चुनावले द्धन्द’

संविधान संशोधन प्रस्ताव थाती राखेर पुरानै संरचनामा भए पनि  निर्वाचनमा जाने विषयमा तीन दलबीच सहमति प्रयास भइरहेका बेला मधेस मामिलाका जानकार भने यसले मुलुकलाई द्धन्दमा धकेल्ने विचार राख्छन्।

मधेस तथा मुलुकको राजनीतिमा झन्डै पाँच दशकको अनुभव सँगालेका वयोवृद्ध राजनीतिज्ञ खुसीलाल मण्डल भन्छन्, ‘स्थानीय निकायको निर्वाचनले समस्या समाधान गर्छ भनी ठान्नु महाभुल हो । राजनीतिक सहमतिबेगरको निर्वाचनले द्धन्द बढाउने बाहेक केही गर्दैन ।’

Tuesday, December 20, 2016

फोरम नेपाल भित्र फेरी खटपट

संघिय समाजवादी फोरम नेपाल भित्र फेरी विवाद चुलिएको छ । सभासद तथा पार्टीको उपमहासचिव अभिषेक प्रताप शाहले मधेशको पछिल्लो अवस्था वारेमा फेसबुकमा गरेको टिप्पणीले फोरम भित्र चुलिएको मतभेदले सतह नै वनाउन लागेको देखिन्छ । शाहले गरेको टिप्पणी प्रति पार्टी अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टी राख्दै शाहसंग स्पटीकरण सोधे पछि शाहले त्यसलाइ दुर्भाग्यपुर्ण भनेर टिप्पणी गरेका छन ।

Saturday, December 17, 2016

सतारुढ गठवन्धन र मधेशी मोर्चा विच छलफल

सतारुढ गठवन्धनमा आबद्ध माओवादी र नेपाली काग्रेसका शिर्ष नेताहरुले शनिवार मधेशी मोर्चा संग छलफल गरेका छन । पछिल्लो समयमा सतारुढ गठवन्धन प्रति मोर्चा असन्तुष्टि जनाए पछि सतारुढ गठवन्धनले मोर्चा संग छलफल गरेको हो । शुक्रवार मोर्चाका नेता महन्थ ठाकुरले प्रधानमन्त्री प्रचण्ड संग भेटेर पछिल्लो राजनितीक घटनाक्रम प्रति चासा्ेहरु राखेका थिए ।

Friday, December 16, 2016

मोर्चा र प्रधानमन्त्री बिच भेटघाट ।

पछिल्लो समयमा प्रधानमन्त्रीसंग रुष्ट रहेको मधेशी मोर्चाले शुक्रवार साझ प्रधानमन्त्री प्रचण्ड संग छलफल गरेका छन । गत मंगलवार प्रमुख तीन दलका शिर्ष नेताहरुको विचमा भएको बैठक पश्चात आएको समाचारहरुले आन्दोलनरत पक्षहरु रुष्ट देखिएका छन । प्रधानमन्त्री संग यस विषयमा छलफल गर्ने जिम्मा तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई अनौपचारिक रुपमा मोर्चाका नेताहरुले छलफल गरेर दिएका थिए । वुधवार मोर्चाका नेताहरु अनौपचारिक छलफल गर्दै प्रधानमन्त्रीसंग छलफल गर्ने निचोड निकालेका थिए । मोर्चा सतारुढ नेताहरु प्रति रुष्ट बनेको समाचार आए लगत्तै विहिवार नयां शक्तिका संयोजक बाबुराम भटराईले मोर्चाका नेताहरु संग यस वारेमा समेत छलफल गरेका थिए । हिजो विहिवार भएको दुवै पक्षको छलफल पश्चात अव सहकार्य गरेर अघि वढने सहमती गरेका थिए । त्यही सहमती अनुसार शुक्रवार साझ प्रधानमन्त्रीसंग छलफल गर्न जादा तमलोपा अध्यक्ष ठाकुरले नयां शक्तिका संयोजक भटराईलाई समेत आफना साथमा लगेका छन ।

Wednesday, December 14, 2016

मधेशी मोर्चाले प्रधानमन्त्रीसंग छलफल गर्ने ।

प्रमुख तीन दलले पुरानै संरचना अनुसार स्थानिय निकायको निर्वाचन आउदो बैशाखमा गर्ने अनौपचारिक निर्णय गरेका वारेमा मधेशी मोर्चाले प्रधानमन्त्री प्रचण्डसंग छलफल गर्ने निष्कर्ष निकालेको छ । मगलवार प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक वारेमा आएको विभिन्न समाचारहरु प्रति मोर्चाका शिर्ष नेताहरुले आफनो ध्यानाकर्षण भएको बताउदै पहिला सरकारसंग यसवारेमा कुरा गरेर मात्रै अगाडीको कदम चाल्ने बताएका छन । वुधवार तराई मधेश लोकतान्त्रिक पाटीको कार्यलयमा भएको मोर्चाका केहि नेताहरुको अनौपचारिक छलफलले प्रधानमन्त्री प्रचण्ड संग एक दुइ दिन भित्रै यसवारेमा कुराकानी गर्ने निचोड निकालेका छन ।

Tuesday, December 13, 2016

मधेशी मोर्चाको रणनिती - एमालेलाई थप अलग्याउने


१९ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वपक्षीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीमाथि खनिए । त्यसलगत्तै ओलीले बैठकस्थल छाडे । अघिल्लो साता प्रधानमन्त्री पुष्पकमल दाहालले पनि ओलीको सार्वजनिक आलोचना गरे । त्यसयता दाहालको निरन्तर तारो बन्दै आएका छन् ओली । मधेशी मोर्चाको माग सम्बोधनका लागि सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि त कांग्रेस, माओवादी र एमालेबीच दूरी बढेको मात्र होइन, मुठभेडकै दिशामा अगाडि बढेको छ ।

Monday, December 12, 2016

‘सहिद’ को सौदाबाजी

माओवादी–कांग्रेस गठबन्धन सरकारले १९ साउन, ०७३ मा मधेशी मोर्चासँग तीन बुदे सहमति गयोे । संविधान संशोधन, आन्दोलनका क्रममा मारिएकालाई ‘सहिद’ घोषणा र क्षतिपूर्ति, पक्राउ परेकाहरूको मुद्दा फिर्ता, घाइतेहरूको उपचार खर्चको व्यवस्था मिलाउने । यी सहमतिमध्ये संविधान संशोधनको विषय अघि बढाउदा त्यसले राजनीतिक धु्रवीकरण तीव्र पारेको छ भने बाकी सहमति कार्यान्वयनकै प्रक्रियामा छ ।
 
‘सरकारले घाइतेहरूको उपचारका लागि रकम दिने कुरा त ग¥योे तर दिइसकेको छैन’, संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव भन्छन्, ‘प्रक्रिया अघि बढेको भने पनि सहमति कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन प्रक्रियामा ढिलासुस्ती र अलपत्र छ ।’

Saturday, December 10, 2016

संशोधन प्रस्ताव प्रति मोर्चाको साकारात्मक संकेत

सरकारले सदनमा दर्ता गराएको सविधान संशोधन प्रस्तावलाई यथासिथतीमा नमान्ने निर्णय गरेको मधेशी मोर्चाले संवाद मार्पत परिमार्जन गरे आफुहरु त्यसलाई सघाउन तयार रहेको निष्कर्ष निकालेको छ । शनिवार तमलोपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसको मोर्चाको बैठकले संशोधन प्रस्ताव प्रति साकारात्मक धारणा बनाउदै हाल एमालेले गरिरहेको आन्द्योलन र थारुहरुले गरीरहेको आन्दोलनको समिकक्षा समेत गरेका थिए । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवका अनुसार सतारुढ दलहरुले दर्ता भएको संशोधन प्रस्ताव आपसी समझदारीमा छलफल र सहमतीमा परिमार्जन गर्न तयार मोर्चाले त्यसलाई सघाउने निर्णय गरेको छ । यसको साथै एमालेले ५ नम्बर प्रदेश टुक्राउने निर्णयको विरुद्धमा गरिरहेको आन्द्योलनलाई सम्प्रदायिक सोचका साथ चालिएको कदम भएको ठहर गरेको छ । साथै पश्चिममा कैलाली र कन्चनरपुरका लागी थारु हरुले गरिरहेको आन्दोलन प्रति मोर्चाले समर्थन समेत जनाएको छ ।

Friday, December 9, 2016

भ्रष्टाचारी जिवनाथ चौधरीको अर्को करामत

जिवनाथ चौधरी
विशेष अदालतद्धारा भ्रष्टाचारी ठहर भईसकेका जनकपुरका नामुद डन जिविसकै अनुदानमा चल्ने एउटा संस्थाको अध्यक्षको हैसियतामा अर्को हप्ता जनकपुरमा साहित्यक सम्मेलनको आयोजन गर्दै छ । एक बर्ष अघि नै विशेष अदालतले चौधरी जिल्ला विकास समिती धनुषाको रकम भ्रष्टाचार गरेको ठहर गरेको थियो । तर चौधरी जिविस धनुषाकै अनुदानवाट चल्ने मैथिली विकास कोषका अध्यक्ष पछिल्लो समयमा छन । चौधरी जिविसका पुर्व सहलेखापाल हुन । उनी भ्रष्टाचारमा मुछिए पछि उनको पद निलम्बनमा परेको थियो ।

जनकपुरमा नामुद डनका रुपमा परिचित चौधरी अनेकन हिसांत्मक घटनाहरुमा समेत मुछिएका हुन । चौधरी जिविसमै हुदा त्यस क्षेत्रका  साहित्यकार र संचारकर्मीहरुलाई प्रभावित पार्ने गरी मैथली विकास कोषको स्थापन गरेका थिए । जसले त्यस क्षेत्रका नाम चलेका साहित्यकारहरुको कृतिहरु मुख्यत प्रकाशित गर्ने गर्थे । उनको स्थापनामा भुमिका रहेकाले नै होला त्यस संस्थावाट नाम चलेका साहित्यकारहरुको पुस्तक विमोचन हुदा चौधरी विशिष्ट अतिथीको रुपमा सधै मन्चमा देखिने गर्थे ।

Wednesday, December 7, 2016

मधेशी नेतामा मनभेद

मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच बोलचाल छैन । कम्तीमा नौ महिनादेखि यी दुई नेता एकआपसमा बोल्दैनन् । मोर्चाको बैठक, सार्वजनिक अरू कार्यक्रमहरू वा सरकारसँगको वार्तामा पनि यी दुई सँगै देखिन्छन् । तर दुईबीच औपचारिक कुराकानी हुदैन  । कुरै नहुने अवस्था त्यो बखतदेखि सुरु भयो, जुनबेला महतोलाई स्पष्टीकरण सोधियो र सचेत गराइयो । सचेत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गराएको थियो । सन्दर्भ, २०७२ माघ अन्तिम साताको हो ।
 
भर्खरै भारतले लगाएको ६ महिने नाकाबन्दी केही खुकुलो हँुदै थियो । मोर्चाले बन्द, हड्ताल फिर्ता लिए पनि आन्दोलनको स्वरूपमा परिवर्तन गर्दै थियो । अन्य नाका सुचारु भए पनि वीरगन्ज नाका खुलेको थिएन । वीरगन्ज नाकाको आन्दोलनका इन्चार्ज महतो थिए । स्थानीय व्यापारीहरूले अरु नाका खुलेको अवस्थामा वीरगन्ज मात्रै किन बन्द भनेर उनीमाथि दबाब दिंदै थिए । त्यसैबीच बिराटनगर पुगेका महतोले मधेशी मोर्चाका नेताहरूलाई लक्षित गर्दै भने ‘खोल्ने भए सबै नाका खोलौं । वीरगन्ज मात्रै किन बन्द गर्ने ?’
 
महतोको उक्त भनाई आएको भोलिपल्टै वीरगन्ज सुचारु हुन थाल्यो । मोर्चाले औपचारिक निर्णय नगर्दै वीरगन्ज पनि सुचारु हुन थालेपछि नेताहरू महतोसँग खनिए । आधिकारिक निर्णय नभई किन बोलेको ? भनेर उनीमाथि प्रश्न मात्रै सोधिएन, ‘अब उप्रान्त आन्दोलन विरोधी गतिविधि नहोस्’ भनेर लिखित चेतावनी नै दिए । पत्रैबाट चेतावनी दिने कुरामा उपेन्द्रको भूमिका बढी थियो ।

थारुहरु पनि आन्दोलनमा ।

एमाले विरुद्धमा मधेशका विभिन्न  जिल्लाहरुमा विरोध भइरहदा थारु समबद्ध संघ संस्थाहरु पनि आन्दोलनमा उत्रेका छन । प्रमुख दलहरुले नवलपरासीको थारुवाहुल्य क्षेत्र नवलपुरलाई पहाडमा गाभ्न लागेको भन्दै आन्दोलनमा उत्रेका छन भने कैलाली कन्चनपुरका थारुहरु आफुहरुलाई पनि नवलपरासी देखि वर्दीया सम्मकै प्रदेश भित्र राख्नु पर्ने माग गरेका छन । सरकारले संशोधन दर्ता गराए लगत्तै नवलपुरमा थारु कल्याणकारी सभाले आन्दोलन गर्न थालेका छन भने हिजो देखि कैलालीमा समेत थारु समुदायले आन्दोलनका विभिन्न कार्यक्रमहर गर्न थालेका छन । हिजो मंगलवार थारु सम्बद्ध विभिन्न संस्थाहरुले स्थानिय तहमा धनगढीमा सभा गरेका थिए भने आज वुधवार वेलुकि मसाल जुलुस निकाल्दै छन । पर्सी २४ मंसीरमा कैलाली -कन्चनपुर बन्दको घोषणा गरिएको छ । ४ पुषमा नवलपरासीको थारु वाहरल्य क्षेत्र टुक्राएको विरोधमा छुटै बन्द समेत घोषणा भएको छ ।

Monday, December 5, 2016

एमालेलाई प्रतिकार गर्ने निर्णयहरु मधेशमा धमाधम हुदै ।

गत शनिवार कपिलवस्तूमा एमाले अध्यक्ष केपी ओलीको पुतला जलाउदै मधेशीहरु ।
सविधान संशोधनको विरुद्धमा प्रमुख विपक्षी एमाले पश्चिमका भैरहवा, वुटवल सहित अन्य पहाडी भेगमा आन्द्योलन गरीरहदा तराई मधेशका जिल्लाहरुमा एमाले विरुद्ध धमाधम निर्णयहरु हुदै छन । शनिवार कपिलवस्तूको तैलिवहामा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला मधेशी पार्टीहरुमा सम्बद्ध स्थानिय नेता कार्यकर्ताहरुले जलाएका थिए । आइतवार भैरहवामा मधेशी मोर्चाको जिल्ला समितीले पत्रकार सम्मेलन नै गरेर एमालेले गरिरहेको आन्दोलनको प्रतिकामा उत्रने चेतावनी दिएका छन । शनिवार नै पर्साको विरगंजमा बसेको स्थानिय मधेशी मोर्चाको बैठकले पर्सा जिल्लामा एमालेलाई कुनै पनि कार्यक्रम गर्न नदिने भन्दै निघेष गर्ने घोषणा गरेका छन । त्यसैगरी आइतवार सप्तरीमा पनि मधेशी मोर्चाको जिल्ला समितीको बैठकले एमाले विरुद्ध प्रतिकारमा उत्रने निर्णय गरेको मोर्चाका स्थानिय नेताहरु बताउछन ।

Sunday, December 4, 2016

संशोधनको सकसमा मधेशी पार्टीहरु ।

गत मंगलवार सरकारले संसदमा संविद्यान संशोधनको लागी विद्येयक दर्ता गराए पछि मधेशी मोर्चाले औपचारिक रुपमा अस्विकार गर्ने निर्णय गर्यो । मधेशी मोर्चाको गएको बुधवार भएको बैठकले आफुहरु संगको विना सहमतीमा ल्याएको संशोधन विद्येयकले समस्या सामाधान नगर्ने भन्दै यथास्थितीमा स्विकार गर्न नसकिने निर्णय गरे । वुधवार मोर्चाको बैठक बस्नु पुर्व नै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी सरकारले मंगलवार सदनमा दर्ता गराएको संशोधन विद्येयक नमान्ने स्पष्ट पारेका थिए । माओवादी काग्रेस गठवन्धनको तर्फवाट गएको १९ साउनमा प्रचण्ड प्रधानमन्त्री बन्दा मधेशी मोर्चा संग तीन बुदे सहमती गर्दै सविधान संशोधन गर्ने वाचा गरेका थिए । त्यस यता सतारुढ गठवन्धन र मोर्चाका नेताहरुविच कयौ चरणमा संशोधन वारेमा छलफलहरु चलेका थिए । यद्यपी पछिल्लो समयमा मधेशी पार्टीहरु रुष्ट हुदै आन्दोलनको चेतावनी दिन थालेका थिए । २९ कार्तिकमा मोर्चा सहितको गठवन्धनले प्रधानमन्त्रीलाई १५ दिने अल्टीमेटन नै दिन पुगे ।