Tuesday, November 29, 2016

सरकारलाई अझै झकझक्याउछौ - उपेन्द्र यादव

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार बन्दा खेरी सतारुढ गठवन्धनको तर्फवाट काग्रेस माओवादीले मधेशी मोर्चा संग ३ बुदे सहमती गरे । संविधान संशोधन सहितको ३ बुदे कार्यन्वयनमा नआउदा आन्दोलनरत पक्षहरु असन्तुष्टि मात्रै होईन कि पछिल्लो समयमा सरकारलाई १५ दिने अल्टीमेटन नै दिए । सरकारलाई दिएको १५ दिने अल्टीमेटन मंगवार सकिदै छ । सरकारले संशोधन प्रस्ताव ल्याउने छाटकाट देखाएका छैन । त्यो भए अव के गर्छन आन्दोलनरत पार्टीहरु । संघिय गठवन्धनका संयोजक उपेन्द्र यादव संग दलानले गरेको कुराकानी ।

सरकारलाई दिएको अल्टीमेटन त आज सकिदै छ , अव के गर्नु हुन्छ ?

- पहिला त आज सम्मको गतिविधी हेर्छु  । त्यस पछि एकचोटी फेरी सरकारलाई हामीले झकझक्याउछौ । त्यस पछि हामी सवै मोर्चा र गठवन्धन बसेर एउटा निर्णयमा पुग्ने छौ ।

प्रचण्ड प्रधानमन्त्री बने पछि भएका् अनौपचारिक संवाद तपाई पनि सहभागी हुनु भएको हो । खास किन कुरा ब्रिग्यो ?

- कुरा ब्रिग्नुको कारण चाही एमाले र काग्रेस पार्टीले संशोधन नचाहेर हो । काग्रेस संशोधनका् मामलामा अस्पष्ट छ । एमाले विरोध मै अभियान चलाइरहेका छन । अनि माओवादी संग संख्या नै छैनन । माओवादी वा प्रचण्डले चाहदैमा पनि संशोधन हुने अवस्था आएनन । कुरा चाही याहा आएर अडकेको मेरो वुझाई छ ।


प्रचण्ड प्रधानमन्त्री बन्दा कुरा साकारात्मक देखिएको देखिन्थ्यो । आखिर के कुराकानी भएको थियो र के भएन ?


- हैन, मधेशको मुद्धालाई सम्बोधन गर्ने कुरा भएको थियो । अनौपचारिक कुराकानीमा पनि त्यही भएको हो । तर दुर्भाथ्यपुर्ण भनौ । उहाहरुले गर्न सक्नु भएनन । ३ बुदे सहमतीको मुख्य आश्य त्यही थियो । सरकारको तर्फवाट केहि छिनामसिना काम मात्रै भयो । ठोस रुप्मा कुनै पनि कुरा भएन ।

त्यसो भए तपाईहरु अव के गर्नु हुन्छ ?

- हामीहरु संग आन्द्योलनको विकल्प नै छैनन नि ।

कस्तो आन्द्योलन फेरी गर्नु हुन्छ अव ?

- हाम्रो आन्द्योलन चाही शान्तिपुर्ण जनआन्दोलन नै हो । यसको तयारीमा हामी लागी सकेका छौ । केहि समय पछि हामी औपचारिक तहवाट घोषणा गर्ने छौ ।

आन्दोलनमा जाने कुरा गरिरहदा, प्रचण्ड सरकारलाई तपाईहरुले दिनु भएको समर्थन के हुन्छ त ?

- हामी आन्दोलनमा गए पछि यो सर्मथनको के अर्थ रहन्छ र । मलाई लाग्दैन यसको कुनै अर्थ वाकी रहन्छ ।

तपाईहरुले औपचारिक रुपमै समर्थन फिर्ता लिनु हुन्छ कि हुदैन भनेर मैलै जान्न खोजेको ?

- यसवारेमा अहिले सम्म हामी विचमा कुनै छलफल भएको छैन । त्यो त छलफल पछि मात्रै केहि भन्न मिल्लान ।

फेरी वार्ताकै कुरा गरौ, बाहिर आएको कुरा अनुसार यो सवै कुरा संघियतामा नमिलेर भाडियो भन्छन, आखिर त्यही बिग्रया हो त ?

- कुरा बिग्रनुको मुख्य कारण मानसिकता हो । हेर्नुस, शासकिय मानसिकतावाट जव सम्म प्रमुख दलहरु मुक्त हुदै तब सम्म समस्या समाधान हुने छाटकाट छैनन ।

त्यसो भए संशोधनको लफडा चाही लम्बिने भयो त ?

- यो लफडा होईन, खासमा भन्न्े हो भन्ने संविद्यान कार्यन्वयन गर्ने चुनौती हो । यो सविधान यती खराव छ कि यसलाई वोक्नेहरु पनि सिधिने छ । त्यसैले हामीले यसलाई संशोधन मार्फत पुर्नलेखनको अवसर दिएका छौ । यदी त्यो भएन भने यो सविधान समाप्त हुनेछ । मुलुक नयां सविधान लेख्ने वाटोमा अघि वढछ ।

नयां सविधान लेख्ने कुरा कसरी सम्भव होला र ?

- त्यो कुन ठुलो कुरा हो र । यदी वहुसंख्यक जनताको भावनालाई किचोल्नु काम भयो भने जनताले वाटो रोज्लान नि । त्यती वेला मुलुकको राजनितीक कोर्ष अहिले भन्दा भिन्न आउने सम्भावना बन्ने छ ।





No comments:

Post a Comment