Monday, November 28, 2016

संघिय गठवन्धनको बैठक सुरु ।

आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धनको बैठक सोमवार देखि सुरु भएको छ । मंगलवार गठवन्धनले सरकारलाई दिएको १५ दिने अल्टीमेटनको समयसीमा सक्ने भए पछि सोमवार देखि गठवन्धनको बैठक सुरु भएको छ । सोमवार बसेको गठवन्धन बैठकले पछिल्लो राजनितीक अवस्थाको विश्लेषण गर्दै आन्दोलनमा जाने निष्कर्ष निकालेको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले वताए ।

सोमवारको बैठकमा गठवन्धका संयोजक उपेन्द्र यादवले सत्तापक्ष संग भएको पछिल्लो अनौपचारिक कुराकानीको वारेमा जानकारी गराएका थिए । पछिल्लो समयमा यादवले सरकारले ल्याउने भनिएको ४ बुदे संशोधन प्रस्ताव अमान्य हुने बताउदै आएका थिए । दुई हप्ता पछि आइतवार काठमाडौ आएका फोरम नेपाल अध्यक्ष प्रधानमन्त्री प्रचण्ड, काग्रेस सभापति शेरबहादुर देउवा र राष्टपति विद्यादेवी भण्डारीसंग अनौपचारिक छलफल यो दुई दिनमा गरेका छन ।

सोमवारको गठवन्धन बैठकमा यादवले सतापक्षले आफुहरुको माग सम्बोधन गर्न तयार नरहेको आफनो निष्कर्ष रहेको बताएका थिए । त्यस पछि बैठकले गठवन्धनमा आबद्ध सवै अध्यक्षहरु संग सल्लाह गरेर चाडै आन्दोलनको कार्यक्रमहरु सार्वजनिक गर्नु पर्ने निष्कर्ष निकालेका थिए ।
 
बैठक स्रोतका अनुसार बैठकवाटै तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावना अध्यक्ष राजेन्द्र महतो र रामसपाका अध्यक्ष शरदसिंह भण्डारी संग सम्पर्क गरेर चाडै काठमाडौ फर्कन आग्रह गरिएको छ । ठाकुर, महतो र भण्डारी मधेश दौडाहामा छन । उनीहरु संगको कुराकानी पछि आउदो दुई तीन दिन भित्रै सवै अध्यक्षहरुको सहभागीमा पुन गठवन्धनको बैठक गरेर आन्दोलन कार्यक्रम वारेमा निष्कर्ष निकाल्ने बैठकले सहमती गरेका थिए ।

No comments:

Post a Comment