Sunday, November 27, 2016

उपेन्द्र यादव काठमाडौ आए, अन्य मधेशी अध्यक्षहरु मधेश तिर लागे....

दुई हप्ता लामो मधेश केन्द्रित विभिन्न कार्यक्रमहरु फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आइतवार काठमाडौ आएका छन । यता यादव काठमाडौ आए सगै अन्य मधेशी पार्टीहरुका अध्यक्षहरुका भने मधेश तिर लागेका छन । सरकारको तर्फ वाट सतारुढ गठवन्धनले मधेशी पार्टीहरुको सहमतीमा संविद्यान संशोधन दर्ता गराउन अन्तिम कसरत चलीरहेको वेला मधेशी पार्टीहरुका अध्यक्षहरु एक पछि अर्का गरी मधेश झर्न थालेका छन । पछिल्लो समयमा सरकार संग अनौपचारिक तथा औपचारिक संवाद गरेका मधेशी पार्टीहरु सरकार संशोधन प्रति गम्भिर नरहेको बताउदै आन्दोलनमा पुन जाने बताउन थालेका छन । यद्यपी सतारुढ सरकारी पक्षले मोर्चाका अध्यक्षहरु माथी विभिन्न शक्ति केन्द् मार्फत चौतर्फी दबाब सिर्जना गर्न थाले पछि मोर्चाका अध्यक्षहरु यस्तो रणनिती अख्तीयार गरेका छन । मोर्चाले सरकार मधेशका मुद्धा सम्बोधन हुने गरी संशोधन ल्याउन तयार नरहेको बताउदै आएका छन ।

पछिल्लो समयमा सरकारले औपचारिक वार्ताको सुरसार गर्न थाले पछि फोरम नेपालका अध्यक्ष यादव मधेश तिर लागेका थिए । त्यस पछि काठमाडौमा भएको संवादको उनको तर्फवाट फोरम नेपालका नेता राजेन्द्र श्र्ेष्ठ सहभागी हुदै आएका थिए । यादव आइतवार काठमाडौ आएका छन भने अन्य मधेशी अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र यादव लगायतका अध्यक्षहरु मधेश तिर लागेका छन । तमलोपा अध्यक्ष ठाकुर र सदभावना अध्यक्ष महतो पश्चिम मधेश तिर भन छन भने अन्य अध्यक्षहरु पुर्वी मधेशका विभिन्न जिल्लाहरुमा छन । मधेश तिर लागेका अध्यक्षहरु आउदो विहिवार पछि मात्रै काठमाडौ फकर्ने जनाएको छ ।

मधेशी पार्टीहरुको संयुक्त मोर्चा सहितको गठवन्धनले गएको २९ कार्तिकमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिदै १४ मंसीर भित्र पनि संशोधन प्रस्ताव नआए आफुहरु पुन आन्दोलनमा जाने चेतावनी दिएका थिए । उक्त अल्टीमेटन अनुसारको म्याद आज सकिदै छ ।
 
संघिय गठवन्धनको बैठक बस्दै ।
 
आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धनको बैठक आज  सोमवार दिउसो बस्दै छ । फोरम नेपालको पार्टी कार्यलयमा १ बजे बस्ने गठवन्धनको बैठकले संशोधनका लागी सरकारलाई दिएको अल्टीमेटन सकिए पछिको रणनिती बनाउने छ । गठवन्धनले १४ मंसीर भित्र सरकारले आफुहरुको माग अनुसार संशोधन नल्याए आन्दोलनमा जाने चेतावनी दिएका थिए । रामसपाका नेता केशव झाका अनुसार आज देखिको गठवन्धन बैठक आन्द्योलनरत पार्टीहरुको अगामी रणनिती वारेमा छलफल गर्ने छन ।

No comments:

Post a Comment