Wednesday, November 23, 2016

सतारुढ गठवन्धन र आन्दोलनरत पार्टीहरु विच छलफल ।

सतारुढ गठवन्धन र आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धन विच वुधवार छलफल भएको छ । सतारुढ गठवन्धनको तर्फवाट प्रधानमन्त्री प्रचण्डले बोलाएको औपचारिक बैठकमा सरकारद्धारा संसदमा दर्ता गराउने भनिएको संविधान संशोधन विदैयक वारेमा छलफल भएको थियो । पछिल्लो समयमा स.व्द्यिान संशोधनका लागी आन्द्योलनरत घटकहरुले सरकारलाई १५ दिने अल्टीमेटन दिएका थिए । उक्त अल्टीमेटनको समय आउदो हप्ता सकिदै छ । यता सत्तारुढ गठवन्धनले सवै दलहरु संग संवाद गरेर आफुहरुले चाडै संशोधन दर्ता गराउने आश्वासन मोर्चालाई दिदै आएका थिए । तर गएको सोमवार प्रमुख तीनदलको बैठकमा नेकपा एमालेले आफुहरु संशोधनको पक्षमा जान नसक्ने र संशोधन हुन पनि नदिने वताए पनि राजनिती मुठभेड उन्मुख बनेको छ ।

वुधवार विहान प्रधानमन्त्री निवास वालुवाटारमा मोर्चा र सतारुढ गठवन्धन विच भएको छलफलमा सरकारको तर्फवाट प्रचण्डले संशोधन विद्येयक वारेमा मोर्चाको धारणा मागेको थियो । बैठकमा सहभागी फोरम गणतात्रिकका अध्यक्ष राजकिशोर यादवका अनुसार प्रधानमन्त्रीले पर्सी शुक्रवार संशोधन विद्येयक दर्ता गराउने आश्वासन मोर्चालाई दिएको छ । यद्यपी प्रधानमन्त्रीले यस अघि पनि पटक पटक यस्ता आश्वासनहरु दिएका कारण मोर्चाका नेताहरु पर्सी शुक्रवार संशोधन दर्ता हुनेमा विश्वस्त छैनन ।

बैठक पछि संचारकर्मीहरु संग कुरा गर्दै तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपार्ठीले सतारुढ गठवन्धनसंग कुनै सहमती नभई उहाहरुले संशोधन विद्येयक ल्याउन लागेको जानकारी गराएको वताए । बैठकमा मधेशी नेताहरुले वर्तमान सरकार बन्दा सतारुढ पार्टीहरुले गरेको तीन वुदे सहमती अनुसार सरकारले संशोधन विद्येयक नल्याएको भन्दै सरकारको अलोचना गरेका थिए । 
 
रामसपाका महासचिव केशव झाका अनुसार प्रधानमन्त्रीले संशोधन विद्येयक दर्ता वारेमा गराएको जानकारी गराए पछि मोर्चाका नेताहरुले दर्ता गराउन भनेका थिए । पहिला संशोधन दर्ता होस, हामीले त्यसको कन्टेन्ट हेरेर आफनो पोजिसन स्पष्ट पार्ने र्छौ, झाले मोर्चाका नेताहरुको भनाई उद्धृत गर्दै भने ।
बैठकमा फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले चर्चामा रहेको ७ प्रदेशको परिवर्तीत संघियताको खाका आफुहरुले नमान्ने प्रष्टाएका थिए ।


No comments:

Post a Comment