
वुधवार भएको काग्रेस र गठवन्धनको छलफलमा काग्रेसको तर्फवाट सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह र सितादेवी यादव सहभागी थिए भने गठवन्धनको तर्फवाट, उपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, महेन्द्र यादव, ओम गुरुड सहितका नेताहरु सहभागी थिए ।
छलफलमा गठवन्धनको तर्फवाट उपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण सहितका नेताहरुले बोलेका थिए भने काग्रेसको तर्फवाट सभापति देउवा मात्रैले बोलेका थिए । गठवन्धनका नेताहरुले आफुहरुले वर्तमान सत्तारुढ गठवन्धनलाई समर्थन दिदा काग्रेसको भरोसामा दिएको भन्दै प्रचण्डले धाका दिएर पटक पटक धोका दिएको गुनासा पोखेका थिए । प्रचण्डले एमालेलाई देखाएर संशोधन विद्येयक दर्ता नगराईरहेको आरोप लगाउदै गठवन्धनका नेताहरुले काग्रेसलाई एमालेको आड र भरोसाको धेरै अपेक्षा नगर्न बताएका थिए ।
बैठकमा सहभागी रामसपाका नेता केशव झाका अनुसार काग्रेस सभापति देउवाले आफुहरु पार्टीको केहि कार्यक्रममा व्यस्त रहेकाले ३ मंसीर पछि पुन छलफल गरेर विद्येयक ल्याउने वाचा दिएका छन । देउवाले संशोद्यन विना संविद्यान कार्यन्वयनमा आउन नसकिनेमा काग्रेस स्पष्ट रहेको भन्दै संशोधन विद्येयकहरु आफुहरुले जसरी पनि ल्याउने भन्दै शंका नगर्न मोर्चालाई आग्रह गरेका थिए ।
No comments:
Post a Comment