Tuesday, November 15, 2016

मधेश आन्दोलनमा लगाइएको मुद्धाहरु फिर्ता गर्ने गृहकार्य

मंगलवार नेताहरु लक्ष्मणलाल कर्ण र लालबाबु राउतले गृहमन्त्रालयवाट पुन आएको मुद्धा फिर्ता सम्बन्धी कागजातहरु हेर्दै ।
आन्दोलनरत सघिय गठवन्धनले १५ दिने अल्टीमेटन दिए लगत्तै सरकारी पक्षले मन्त्रीपरिषद वाट हुने भनिएको मुद्धा फिर्ताको गृहकार्यमा तीव्रता दिएको छ । आन्दोलनरत पक्षहरुले सरकारकै तर्फवाट हुने कामहरु समेत नभएको भन्दै पछिल्लो समयमा तीव्र असन्तुष्टि पोख्दै आएका थिए । जुन गठवन्धनले सोमवार प्रधानमन्त्रीलाई दिएको ज्ञापन पत्रमा समेत उल्लेख गरिएको थियो । सोमवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको केहि वेरमै गृहमन्त्री विमलेन्द्र निघिले गृहमन्त्रालयमा मुद्धा फिर्ताका लागी गृहकार्य गर्ने जिम्मा दिएका अधिकारीहरु संग छलफल गरेका थिए । त्यस पछि उक्त अधिकारीहरुले तयार पारेको साम्रगी हेरी दिनका लागी र त्यसमा थप सुझाव दिनका लागी मंगलवार उनले मोर्चाका नेता लक्ष्मणलाल कर्ण लाई पठाएका छन । मोर्चाले त्यसलाई हेरेर थप सुझाव सहित पठाए पछि मात्रै मुद्धा फिर्ताको प्रक्रिया अघि वढने वताइन्छ ।

गृहमन्त्री निधिवाट मुद्धा फिर्ताका लागी पाएको विवरण बुझेपछि मोर्चाका नेताहरु कर्ण सहित फोरम नेपालका नेता लालबाबु राउत मंगलवार त्यसको विस्तृत अध्यन गरेका छन । मधेशी मोर्चाले गृहमन्त्रीलाई ५ सय जना माथी मधेश आन्दोलताका मुद्धा लगाएको भन्दै उक्त मुद्धाहरु फिर्ता लिन विस्तृत विवरण पेश गरेका थिए । वर्तमान प्रधानमन्त्री प्रचण्ड नयां सत्ताको कमान समाल्हने वेलामा मोर्चा र सत्तारुढ गठवन्धन विच भएको तीन वुदे सहमती अनुसार मोर्चाले सहिद घोषणा, धाइतेको उपचार खर्च र मुद्धा फिर्ता हुनेहरुको विवरण सरकारलाई बुझाएको थियो ।

मोर्चाले बुझाएको नामावली मध्ये १६ जनालाई बाकी राख्दै सरकारले ५२ जनालाई सहिद घोषणा गरिसकेका छन भने उपचार खर्चको रकम समेत दिने निर्णइ गरीसकेको छ । यद्यपी मोर्चाले सहिद घोषणामा १६ जनालाई नगरेको भन्दै त्यसप्रति लागातार आपत्ति जनाउदै आएका छन । यता मुद्धा फिर्तामा प्रहरी प्रशासनको उच्च तहवाट सरोकारहरु देखिए पछि गृहमन्त्रीले यो प्रक्रिया अघि वढाउन नसकेको आकंलन  वाहिर गरिएको थियो । मोर्चाको मुद्धा फिर्तामा टिकापुर, महोत्तरी लगायतका घटनाहरु समेत समावेश भएकाले प्रहरी अधिकारीहरुले त्यस प्रति आपत्ति जनाएका थिए ।
 
मोर्चाले भने टिकापुर लगायत आन्द्योलनमा भएका सवै घटनाहरु राजनिती चरित्रका भएकाले सवै मुद्धाहरु फिर्ता हुनु पर्ने माग जोडतोडका साथ उठाउदै आएका छन । मुद्धा फिर्ताको विषय वर्तमान सरकार गठन भए संगै पेचिलो रुपम अघि आउदै आएको देखिन्छ । सूरुमा स्वयंम गृहमन्त्री निधिले टिकापुर सहितका सवै मुद्धा फिर्ता हुने दशै अगाडी नै आउने वताएका थिए । तर निधि गर्न सकेनन ।
 
मंगलवार गृहमन्त्रालयको पछिल्लो विवरण अध्यनका लागी पाएका नेता लक्ष्मणलाल कर्णका अनुसार अव हालै गृहमन्त्रालयले मुद्धा फिर्ता सम्बन्धी बनाएको मापदण्ड अनुसार यो प्रक्रिया अगाडी वढनेछ । कर्णका अनुसार मधेश आन्दोलनमा लगाइएको मुद्धाहरु तीन प्रक्रिया मार्फत फिर्ता हुने वारेमा छलफल चलीरहेको छ । यद्यपी गृहमन्त्रालय र मोर्चाको अध्यनहरु कयौन ठाउमा बाझिएको भन्दै फोरम नेपालका नेता लालबाबु राउत यो प्रक्रियामा अझै अल्झनहरु रहेको दावी गरे ।

No comments:

Post a Comment