Monday, November 14, 2016

संघिय गठवन्धनद्धारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण ।

आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धनले वर्तमान सरकार बन्दा खेरी गरिएको तीन वुदे सहमती कार्यन्वयन नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण  गराएको छ । सिंहदरवारमा प्रधानमन्त्री प्रचण्डलाइ भेटेर गठवन्धनका तर्फवाट फोरम अध्यक्ष उपेन्द्र यादवले लिखित रुपमा दुई पेजको स्मरण पत्र बुझाएका छन । गठवन्धनले सोमवार प्रधानमन्त्रीलाई दिएको स्मरण पत्रमा आउदो १५ दिन भित्र तीन वुदे सहमती अनुरुप संविद्यान संशोधनको प्रक्रिया अघि वढाएमा गठवन्धन पुन आन्दोलनमा जाने चेतावनी दिइएको छ ।

प्रधानमन्त्रीलाई स्मरण पत्र बुझाए पछि संचारकर्मीहरु संग कुरा गर्दै फोरम अध्यक्ष यादवले सरकार आफुहरु संग गरेको सहमती कार्यन्वयनमा उदासिनता देखाए पछि आफुहरुले ध्यानाकर्षण गराएको जनाए । पछिल्लो समयमा प्रधानमन्त्रीले कार्तिक मसान्त भित्र सदनमा सविद्याँन संशोधनका लागी विद्येयक दर्ता गराउने अन्तिम तयारी चलीरहेको बताइरदा आन्दोलनरत पक्षहरुले असन्तुष्टि जनाउन थालेका छन ।

प्रधानमन्त्री र सत्तारुढ पक्षहरुवाट संशोद्यनका लागी भईरहेको तयारी प्रति असन्तुष्टि देखिएका आन्दोलनरत नेताहरुले आफुहरु संग भएको सहमती अनुसार संविद्यान संशोधन नभए पुन आन्द्योलनमा जाने बताइरहेका छन । अघिल्लो विहिवार मात्रै मधेशी मोर्चा सहितको संघिय गठवन्धनले बैठक गरेर सत्तापक्षले पुन धोका दिन थालेको निष्कर्ष निकाल्दै आन्दोलनमा जाने वारेमा छलफल गरेका थिए ।
गठवन्धनमा आबद्ध राष्टिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाका अनुसार प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित हुदा मोर्चा सग भएको तीन वुदे सहमतीका कुनै पनि वुदा पुर्ण रुपमा कार्यान्वयनमा नआएकाले गठवन्धनले सरकारलाई ध्यानाकर्षण गराएको जनाए ।
 
मधेशी सभासदद्धारा संसद बैठक वहिष्कार । 

 
सरकारले तीन वुदे सहमती कार्यन्वयन नभएको भन्दै यता संसद बैठक मधेशी पार्टीहरु आबद्ध सासंदहरुले वहिष्कार गरेका छन । सोमवार सदनको बैठक सुचारु भए लगत्तै सदभावना पार्टीका संसदीय दलका नेता लक्ष्मणलाल कर्णले बोल्दै आफुहरु संग भएको सहमती कार्यन्वयन नभएको भन्दै बैठक वहिष्कार गर्न लागेको बताएका थिए ।


No comments:

Post a Comment