Tuesday, November 29, 2016

सरकारलाई अझै झकझक्याउछौ - उपेन्द्र यादव

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार बन्दा खेरी सतारुढ गठवन्धनको तर्फवाट काग्रेस माओवादीले मधेशी मोर्चा संग ३ बुदे सहमती गरे । संविधान संशोधन सहितको ३ बुदे कार्यन्वयनमा नआउदा आन्दोलनरत पक्षहरु असन्तुष्टि मात्रै होईन कि पछिल्लो समयमा सरकारलाई १५ दिने अल्टीमेटन नै दिए । सरकारलाई दिएको १५ दिने अल्टीमेटन मंगवार सकिदै छ । सरकारले संशोधन प्रस्ताव ल्याउने छाटकाट देखाएका छैन । त्यो भए अव के गर्छन आन्दोलनरत पार्टीहरु । संघिय गठवन्धनका संयोजक उपेन्द्र यादव संग दलानले गरेको कुराकानी ।

सरकारलाई दिएको अल्टीमेटन त आज सकिदै छ , अव के गर्नु हुन्छ ?

- पहिला त आज सम्मको गतिविधी हेर्छु  । त्यस पछि एकचोटी फेरी सरकारलाई हामीले झकझक्याउछौ । त्यस पछि हामी सवै मोर्चा र गठवन्धन बसेर एउटा निर्णयमा पुग्ने छौ ।

प्रचण्ड प्रधानमन्त्री बने पछि भएका् अनौपचारिक संवाद तपाई पनि सहभागी हुनु भएको हो । खास किन कुरा ब्रिग्यो ?

- कुरा ब्रिग्नुको कारण चाही एमाले र काग्रेस पार्टीले संशोधन नचाहेर हो । काग्रेस संशोधनका् मामलामा अस्पष्ट छ । एमाले विरोध मै अभियान चलाइरहेका छन । अनि माओवादी संग संख्या नै छैनन । माओवादी वा प्रचण्डले चाहदैमा पनि संशोधन हुने अवस्था आएनन । कुरा चाही याहा आएर अडकेको मेरो वुझाई छ ।

Monday, November 28, 2016

संघिय गठवन्धनको बैठक सुरु ।

आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धनको बैठक सोमवार देखि सुरु भएको छ । मंगलवार गठवन्धनले सरकारलाई दिएको १५ दिने अल्टीमेटनको समयसीमा सक्ने भए पछि सोमवार देखि गठवन्धनको बैठक सुरु भएको छ । सोमवार बसेको गठवन्धन बैठकले पछिल्लो राजनितीक अवस्थाको विश्लेषण गर्दै आन्दोलनमा जाने निष्कर्ष निकालेको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले वताए ।

Sunday, November 27, 2016

उपेन्द्र यादव काठमाडौ आए, अन्य मधेशी अध्यक्षहरु मधेश तिर लागे....

दुई हप्ता लामो मधेश केन्द्रित विभिन्न कार्यक्रमहरु फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आइतवार काठमाडौ आएका छन । यता यादव काठमाडौ आए सगै अन्य मधेशी पार्टीहरुका अध्यक्षहरुका भने मधेश तिर लागेका छन । सरकारको तर्फ वाट सतारुढ गठवन्धनले मधेशी पार्टीहरुको सहमतीमा संविद्यान संशोधन दर्ता गराउन अन्तिम कसरत चलीरहेको वेला मधेशी पार्टीहरुका अध्यक्षहरु एक पछि अर्का गरी मधेश झर्न थालेका छन । पछिल्लो समयमा सरकार संग अनौपचारिक तथा औपचारिक संवाद गरेका मधेशी पार्टीहरु सरकार संशोधन प्रति गम्भिर नरहेको बताउदै आन्दोलनमा पुन जाने बताउन थालेका छन । यद्यपी सतारुढ सरकारी पक्षले मोर्चाका अध्यक्षहरु माथी विभिन्न शक्ति केन्द् मार्फत चौतर्फी दबाब सिर्जना गर्न थाले पछि मोर्चाका अध्यक्षहरु यस्तो रणनिती अख्तीयार गरेका छन । मोर्चाले सरकार मधेशका मुद्धा सम्बोधन हुने गरी संशोधन ल्याउन तयार नरहेको बताउदै आएका छन ।

Wednesday, November 23, 2016

सतारुढ गठवन्धन र आन्दोलनरत पार्टीहरु विच छलफल ।

सतारुढ गठवन्धन र आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धन विच वुधवार छलफल भएको छ । सतारुढ गठवन्धनको तर्फवाट प्रधानमन्त्री प्रचण्डले बोलाएको औपचारिक बैठकमा सरकारद्धारा संसदमा दर्ता गराउने भनिएको संविधान संशोधन विदैयक वारेमा छलफल भएको थियो । पछिल्लो समयमा स.व्द्यिान संशोधनका लागी आन्द्योलनरत घटकहरुले सरकारलाई १५ दिने अल्टीमेटन दिएका थिए । उक्त अल्टीमेटनको समय आउदो हप्ता सकिदै छ । यता सत्तारुढ गठवन्धनले सवै दलहरु संग संवाद गरेर आफुहरुले चाडै संशोधन दर्ता गराउने आश्वासन मोर्चालाई दिदै आएका थिए । तर गएको सोमवार प्रमुख तीनदलको बैठकमा नेकपा एमालेले आफुहरु संशोधनको पक्षमा जान नसक्ने र संशोधन हुन पनि नदिने वताए पनि राजनिती मुठभेड उन्मुख बनेको छ ।

Sunday, November 20, 2016

शान्ति सम्झौतापछि अशान्त मधेश

सरकार र तत्कालिन विद्रोही माओवादीवीच वृहत शान्ति सम्झौता भएपछिका दश वर्ष तराई मधेश अशान्त भयो ।  

२०६३ मंसीर ५ गते विद्राही माओवादीलाई औपचारिक रुपमा शान्ति प्रक्रियामा ल्याउदै गर्दा तराई–मधेशमा भित्रभित्रै असन्तुष्टीको आगो दन्कदै थियो । त्यो समय मधेशको मुलधारमा सद्भावना पार्टी आनन्दीदेवीको वर्चश्व थियो । शान्ति प्रक्रियासंगै अन्तरिम संविधान निर्माण प्रक्रिया बढेको थियो । जसप्रति सद्भावना असन्तुष्ट देखिन्थ्यो । अन्तरिम संविधानको खाकाप्रति उसले ‘नोट अफ डिसेन्ट’ नै लेखेको थियो ।
 
‘प्रमुख दलहरुले माओवादी वाहेक अरुका मागहरुलाई वेवास्ता गरेका कारण असहमति जनाउनुपर्ने अवस्था आयो’, तत्कालीन सद्भावना आनन्दीदेवीका वरिष्ठ उपाध्यक्ष भरतविमल यादव भन्छन्–‘मधेशलाई प्राथामिकतामा नराखेको प्रतिफल यो दश वर्षमा मधेशको असन्तुष्टी चुलीमा पुग्यो । अनेक गतिविधि पनि मौलाए ।’

मधेशमा पत्रिका किन जल्छन् ?

मधेश राज्यसँग जति असन्तुष्ट छ, राजधानी केन्द्रित ठूला मिडियासँग त्यति नै आक्रोशित हुन्छ । त्यो आक्रोश उनीहरू बेलाबखत पत्रिका जलाइदिएर पोख्छन् । आन्दोलनका बेलामा त मधेश झन् उग्र हुन्छ । गतवर्षको मधेश आन्दोलन चर्कदा आन्दोलनकारीहरूले प्रमुख मिडिया हाउसका दैनिक, साप्ताहिक पत्रिकाहरू आन्दोलनको मुख्य प्रभाव क्षेत्रमा पु¥याउन दिएनन् । मिडिया हाउसका गाडी, तोडफोड गरेर पत्रिका जलाउने काम गरे । त्यो बखत सुनसरीदेखि सर्लाहीसम्म राजधानी केन्द्रित प्रमुख पत्रिकामाथि बन्देज नै लाग्यो । आखिर किन जलाइन्छन् पत्रिका ? यसमा सायद थप विमर्श आवश्यक छ ।

Wednesday, November 16, 2016

नेपाली काग्रेस र मधेशी पार्टीहरु बिच छलफल

आन्दोलनरत मधेशी पार्टीहरु र नेपाली काग्रेस विच वुधवार छलफल भएको छ । बुधवार साझ काग्रेसको संसदीय दलमा भएको छलफलमा मधेशी मोर्चा सहितको संघिय गठवन्धनमा आबद्ध दलहरु सहभागी भएका थिए । पछिल्लो समयमा तीन बुदे सहमती कार्यन्वयनमा नआएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका आन्दोलनरत दलका नेताहरुले संविद्यान संशोधनका लागी काग्रेसलाई गम्भिर बन्न आग्रह गरेका थिए । वुधवारको छलफलमा सहभागी तमलोपाका महनमन्त्री जंगीलाल यादवका अनुसार काग्रेसले गठवन्धनको १५ दिने अल्टमिटेनको समयसिमा भित्रै संशोद्यन विद्येयक संसदमा दर्ता गराउने आश्वासन दिएका थिए ।

Tuesday, November 15, 2016

मधेश आन्दोलनमा लगाइएको मुद्धाहरु फिर्ता गर्ने गृहकार्य

मंगलवार नेताहरु लक्ष्मणलाल कर्ण र लालबाबु राउतले गृहमन्त्रालयवाट पुन आएको मुद्धा फिर्ता सम्बन्धी कागजातहरु हेर्दै ।
आन्दोलनरत सघिय गठवन्धनले १५ दिने अल्टीमेटन दिए लगत्तै सरकारी पक्षले मन्त्रीपरिषद वाट हुने भनिएको मुद्धा फिर्ताको गृहकार्यमा तीव्रता दिएको छ । आन्दोलनरत पक्षहरुले सरकारकै तर्फवाट हुने कामहरु समेत नभएको भन्दै पछिल्लो समयमा तीव्र असन्तुष्टि पोख्दै आएका थिए । जुन गठवन्धनले सोमवार प्रधानमन्त्रीलाई दिएको ज्ञापन पत्रमा समेत उल्लेख गरिएको थियो । सोमवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको केहि वेरमै गृहमन्त्री विमलेन्द्र निघिले गृहमन्त्रालयमा मुद्धा फिर्ताका लागी गृहकार्य गर्ने जिम्मा दिएका अधिकारीहरु संग छलफल गरेका थिए । त्यस पछि उक्त अधिकारीहरुले तयार पारेको साम्रगी हेरी दिनका लागी र त्यसमा थप सुझाव दिनका लागी मंगलवार उनले मोर्चाका नेता लक्ष्मणलाल कर्ण लाई पठाएका छन । मोर्चाले त्यसलाई हेरेर थप सुझाव सहित पठाए पछि मात्रै मुद्धा फिर्ताको प्रक्रिया अघि वढने वताइन्छ ।

Monday, November 14, 2016

संविधान संशोधनको चक्रव्युह

सत्ता गठबन्धन, मधेशी मोर्चा र प्रमुख विपक्षी एमालेको अलग–अलग रणनीतिका कारण संविधान संशोधनले नेपाली राजनीतिको चक्रव्युहको रूप लिएको छ ।


१४ कात्तिकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेतासग मसान्तभित्र संविधान संशोधन विधेयक ल्याउने चौथो पटक प्रतिबद्धता गरे । २१ असोजमा सामाजिक सञ्जालमार्फत् अंगिकृत नागरिकलाई राज्यका उपल्लो तहमा पुग्ने मार्ग प्रशस्त गर्ने गरी संविधानमा संशोधन हुन लागेको मस्यौदा सार्वजनिक भएपछि त नेपाली राजनीति नै तरंगित बनेको छ । भलै, सत्ता पक्ष र मोर्चाले त्यसको खण्डन गरेका छन् ।

संघिय गठवन्धनद्धारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण ।

आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धनले वर्तमान सरकार बन्दा खेरी गरिएको तीन वुदे सहमती कार्यन्वयन नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण  गराएको छ । सिंहदरवारमा प्रधानमन्त्री प्रचण्डलाइ भेटेर गठवन्धनका तर्फवाट फोरम अध्यक्ष उपेन्द्र यादवले लिखित रुपमा दुई पेजको स्मरण पत्र बुझाएका छन । गठवन्धनले सोमवार प्रधानमन्त्रीलाई दिएको स्मरण पत्रमा आउदो १५ दिन भित्र तीन वुदे सहमती अनुरुप संविद्यान संशोधनको प्रक्रिया अघि वढाएमा गठवन्धन पुन आन्दोलनमा जाने चेतावनी दिइएको छ ।

Thursday, November 3, 2016

छठ पर्वको हार्दिक शुभकामना ।

तराई मधेशको महान पर्व छठ आज देखि सुरु भएको छ । यस अवसरमा हामी हाम्रा सवै पाठक तथा शुभचिन्तकहरुमा शुभकामना व्यक्त गर्दछौ । दलान नेपाल परिवार.....