Thursday, October 27, 2016

लोकमान वारेमा सघिय गठवन्धनद्धारा तत्काल कुनै निर्णय नलिइने ।

स्थानिय निकाय पुर्नसंरचना आयोगको रिर्पोट नमान्ने, ३ बुदे सहमती प्रति सरकार उदासिन रहेको ठहर । 

आन्दोलनरत मधेशी मोर्चा सहितको संघिय गठवन्धनले अख्तीयार आयोग प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग वारेमा तत्काल कुनै निर्णय नलिने निष्कर्ष निकालेको छ । विहिवार बसेको संघिय गठवन्धनको बैठकले कार्की विरुद्धको महाअभियोग दर्ता हुदा प्रमुख दलहरुले मधेशी पार्टीहरु संग कुनै छलफल नगरेकाले तत्कालै कुनै निर्णयमा नपुग्ने निष्कर्ष निकालेको बैठकमा सहभागी रामसपाका नेता केशव झाले बताए । गठवन्धनले महाअभियोग समितीले लिने निर्णय पश्चत आफनो पोजिसन स्पष्ट पार्ने समेत बैठकले निचोड निकालेको झाले बताए ।

फोरम नेपालको कार्यलयमा बसेको गठवन्धन बैठकले प्रमुख दलहरुको डिजाईन स्थानिय निकाय पुर्नसरचना आयोग रिर्पोट दिन लागेको प्रति समेत कडा आपत्ति जनाएको छ । गठवन्धनले संघियताको सिमाकंन टुगो नलागे सम्म कुनै पनि प्रकार स्थानिय निकायको पुर्नसरंचना आफुहलाई मान्य नहुने भन्दै यथास्थ्तिीमा निर्वाचनमा भाग नलिने र तराई मधेशमा निर्वाचन हुन पनि नदिने निर्णय गरेको छ ।

लामो समय पश्चात बसेको गठवन्धन बैठकले सत्तारुढ गठवन्धनले प्रधानमन्त्रीको निर्वाचनताका गरेको तीन वुदे सहमतीमा समेत उदासिन देखिएको भन्दै त्यसको वारेमा सरकारलाई पुन एकचोटी ध्यानाकर्षण गराउने निर्णय गरेका्े छ । प्रधानमन्त्री स्वयंमले संविद्यान संशोधन काम अघि वढीसकेको बताइरदा आन्दोलनरत गठवन्धनले सरकार र सत्तारुढ गठवन्धन यो प्रक्रिया प्रति उदासिन रहेको आरोप लगाएको छ । आन्दोलनरत मधेशी पार्टीहरुका नेताहरुले प्रधानमन्त्रीले सार्वजनिक रुपमा पछिल्लो समयमा दिएको अभिव्यक्ति अनुसार कुनै काम नभईरहेको भन्दै सरकारी पक्ष गुमराहमा राख्न खाजेको आरोप लगाउदै आएका छन ।
 
आन्दोलनरत पार्टीका नेताहरु छठ पछि आफुहरु आन्दोलनमा जाने चेतावनी पछिल्लो समयमा लागातार दिदै आइरहेका छन ।

No comments:

Post a Comment